Nepal – the country of the Buddha and the Mt. Everest

Peace comes from within. Do not seek it without – Buddha

Archive for July, 2009

शेष घलेको सफल अस्ट्रेलिया यात्रा

Posted by Ram Kumar Shrestha on July 27, 2009

सञ्जीवप्रसाद पाण्डे, मेलबर्न साउन ११


उन्नाइस वर्षअघि उनी मेलबर्नका रेस्टुन्टमा भाँडा माझ्थे। अनि हतारिँदै अर्को होटेलमा पुग्थे। र, भुइँ पुछ्न थाल्थे। अहिले उनी प्रायः बैठकमा हुन्छन्। अस्ट्रेलियाली पत्रकारहरु उनीसँग अन्तर्वार्ता लिन समय मागिरहेका हुन्छन्। उनले केमा लगानी गरे ? के किने ? के योजना बनाउँदैछन् ? भन्नेमा मिडियाको चासो छ। उनको पृष्ठभूमि त झन् तिनीहरुका लागि सनसनीपूर्ण छ- फिल्मी कथाजस्तो। ती हुन्- शेष घले।

अस्ट्रेलियाको प्रतिष्ठित म्यागजिन बीआरडब्ल्युले हरेक वर्ष निकाल्ने दुई सय जना सर्वाधिक धनी अष्ट्रेलियालीहरुको सूचीमा यो वर्ष घलेको नाम थपियो। म्यागजिनका अनुसार यिनी अष्ट्रेलियाका १६४ औं सर्वाधिक धनी व्यक्ति हुन्।

त्यो भयो दुई महिनाअगाडिको प्रसंग। दुई साताअघि फेरि यिनी समाचारको शीर्षक बने। उनले मेलबर्नको मुटुमा करिब आठ रोपनी जग्गा किने। यो खबरले यहाँका मिडियामा फेरि चर्चा पायो। एउटा नेपालीको प्रगतिको कथा मिडियाबाट मात्रै थाहा पाएर चित्त बुझेन र मैले उनको इमेल ठेगाना पत्ता लगाएर लेखें- ‘दाइ तपाईंलाई भेट्न पाए हुन्थ्यो।’ तुरुन्तै जवाफ आयो- ‘भैहाल्छ नि।’ Read the rest of this entry »

Posted in प्रेरणादायी सामग्रीहरु | 1 Comment »

बिना गुरुका नेपाली शाशकहरु

Posted by Ram Kumar Shrestha on July 17, 2009

*रामकुमारश्रेष्ठ

देश बिदेशमा बस्ने नेपालीहरुले यो बर्षको गुरु पूर्णिमालाई स्वत: स्फूर्त रुपमा निकै महत्वका साथ आधुनिक तबरबाटै भने पनि मनाएर चित्त बुझाए । जे जस्तो तबरबाट यस् पून्य दिनलाई मनाएर आफ्नो संस्कृतिजोगाउने र ज्ञानको कदर गर्ने कार्य गरे त्यस्को कदर गरिनै पर्छ । ट्विटरमा खासै नदेखिए तापनि फेसबूकमा भने गुरु पूर्णिमाका सामग्रीहरु प्रचूर मात्रामा देखिएका थिए । मेरो लिस्टमा भएका करीब ६०० साथीहरुले १२ घण्टामा गरेका पोस्टिङ्लाई आधार मान्दा जम्मा २६८ पोस्टिङमा १५% याने कि ४० पोस्टिङ् गुरु पूर्णिमासंग सम्बन्धित र ८५% याने कि २२८ पोस्टिङ् अन्य थिए । बिदेशीहरुलाई यस तथ्यांकमा समाबेश नगराउने हो भने जम्मा १६८ पोस्टिङमा २५% याने कि ३६ गुरु पुर्णिमासंग संबन्धित र ७५% याने कि १३२ अन्य  भएको देखियो । जून १५ देखि गुरु पूर्णिमासम्मको ३ हप्ताको समयाबधिमा निस्चित दिनमा एउटै बिषयबस्तुमा केन्द्रित भएर समग्रीहरु प्रस्तुत गरिएको यो तेश्रो पटक हो । यस अघि पहिलो पटक जून १५ मा भारतद्धारा नेपाली भू-भागमा गरिएको सीमा अतिक्रमणको बिरोधमा र दोश्रो पटक माइकल ज्याक्सनको मृत्‍यु भएको दिन २६ जून मा । १५ असारको दिन पनि सान्दर्भिक सामग्रीहरुको प्राचुर्यता नभएका होइनन । यसरी इन्टरनेट देश बिदेशमा छरिएर रहेका नेपालीहरु बीच राष्ट्रियता, कला, साहित्य एबं आफ्नो बिभिन्न किसिमका संस्कृति जोगाउने राम्रो माध्यम भएको देखिन्छ । राणा, पन्चायत, बहुदलीय प्रजातन्त्र र शिशु गणतन्त्रको शासन सबैद्धारा भोगिदै र टोकिदै आएका नेपाली जनता प्रत्येकको आचार र बिचारको थाहा पाउन पर्ने जति सबै ईतिहास थाहा पाइसकेर वाक्क भैसकेकाहरुकै अनेक चक्रब्यूहका कारण सत्तो श्राप गर्दा गर्दै थकित भैसकेकाहरुकै जनता बन्न परेर नागरिक बन्ने सपना सदा सदाको लागि चकनाचुर हुने त हैन भनी चकित चकित नेपालीले गुरु पूर्णिमाको दिनलाई कुनै पनि राष्ट्रिय स्तरका शाशक बन्न लालायितहरुले कुनै महत्व नै नदिएको देख्नु त स्वाभाबिकै थियो र पनि उनीहरु धन्यवादका पात्र भने यस कारणले भए कि उनीहरुमा अन्तरनिहित देश र जनतालाई संधै कहाली लाग्ने गरी बाँच्न वाध्य पार्ने डरलाग्दो भूतको अथाह श्रोतको खानीयुक्त आचार र बिचारलाई परिवर्तन गरिदिने कुनै गुरु छैन भन्ने यथार्थताको खुलासा गर्न कन्जुस्याइं भने गरेनन ।

Read the rest of this entry »

Posted in लेख/ रचना /निबन्ध | Tagged: , , , , , , , , , , , , | Leave a Comment »

प्रभू आशिर्बाद

Posted by Ram Kumar Shrestha on July 16, 2009

*रामकुमार श्रेष्ठ

Hanuman

प्रिय,

मैले त भनेकै थिएँ नि

कुनै दिन औंसी र पूर्णिमा एकै दिन हुन सक्छ भनेर

तर तिमीले कहिल्यै पत्याइनौ

ल तिमी आँफै हेर त

कसरी आज औंसी र पूर्णिमा संगसंगै भैरहेछ

तिमी भन्छौ कस्तो निस्पस्ट अन्धकार रात

रातो पिरो  दौरा सुरुवाल गुरु भन्दैछ –

टहटह जुन लागेको कस्तो रमाइलो रात

उस्को कुराले तिमी भने “मूर्ख” भन्दै अट्टहास छाड्छौ

ऊ भने झसंग झस्केर आत्मग्लानी पूर्वक

देखाउनकै लागि भने पनि सकी नसकी मुसुक्क हाँस्छ

होइन के हो यस्तो यो ? Read the rest of this entry »

Posted in गीत/कबिता/गजल | 2 Comments »

गणतान्त्रिक नेपालको राजनीतिमा गणितीय खेलको सूत्राधार र यस्का असरहरु

Posted by Ram Kumar Shrestha on July 16, 2009

*रामकुमार श्रेष्ठ

बहुदलीय शासन प्रणाली अन्तर्गत हुने निर्बाचनमा कुनै निस्चित पार्टीले सरकार गठन गर्न आबस्यक बहुमत ल्याउन नसकेको अवस्थामा राजनीतिमा गणितीय खेल शुरु हुन थाल्ने संभाबना बढन थाल्दछ, जस्का कारण अनपेक्षित किसिमका घृणित खेलहरुको समेत मन्चन हुन सक्तछ । यस किसिमको परिस्थितिको सिर्जना बिकसित देशहरुमा कमै हुन्छ भने सामान्यत: गरीब एबं बिकासोन्मुख देशहरुमा बढी हुने संभाबना रहन्छ ती देशहरुमा पाइने फरक फरक राजनीतिक, सामाजिक र आर्थिक अवस्थाहरुहरुको कारणले गर्दा । प्राप्त भौतिक एबं आर्थिक सम्मुन्नतिको आधारमा सम्बन्धित देशको बिस्व रंगमन्चमा आफ्नै किसिमको स्थान निर्धारण हुने र सोही अनुरुप यस्तो परिस्थितिमा वाह्य शक्तिको पनि प्रभाब पर्ने, नपर्ने अथवा के कति पर्न सक्ने भन्ने कुराको समेत निर्धारण हुन सक्दछ । शक्तिशाली राष्ट्रको रुपमा गणना हुँदा हुँदै पनि साधन र श्रोतको अभाबमा कहिलेकांही साधन र श्रोतको लागि भर पर्नु पर्ने देशको दबाबको कारण महत्वपूर्ण निर्णय स्वतन्त्र रुपमा गर्न कठीन पर्ने कुरा केही समय अघि यूक्रेनले ग्याँसको लागि रसियाको दबाबमा पर्न परेको एउटा घटनाले प्रमाणित गरेको छ । बिद्यमान आर्थिक बिप्पन्नता मात्र नभएर यस्को भू-राजनीतिक अवस्थाको कारण पनि नेपालले यहाँ हुन खोज्ने हरेक बिशेष राजनीतिक घटनाक्रममा बाह्य शक्तिहरुको आफ्नै किसिमको चलखेल र दबदबाको सामना गर्न परेको देखिन्छ । त्यो के कस्तो उद्धेस्य प्राप्तीको लागि किन हुन्छ भन्ने कुरा लुक्न नसकेको रहस्य हो यद्यपि त्यस्को लागि शक्ति प्रयोग कर्ता र प्रभाबित दुबै पक्षले स्वीकार गर्ने गरेको भने पाइन्न जुन अस्वाभाबिक होइन पनि । समय, परिस्थिति र अवस्थानुरुप उनीहरुमा देखिने र उनीहरुद्वारा गरिने बिभिन्न किसिमका गतिबिधिका आधारमा यस्लाई बुझ्न र अनुमान गर्न नसकिने भने होइन । Read the rest of this entry »

Posted in लेख/ रचना /निबन्ध | Leave a Comment »

विकासमा मानवीय प्रबृत्तिको भूमिका

Posted by Ram Kumar Shrestha on July 9, 2009

*रामकुमार श्रेष्ठ

विकास संपूर्ण मानव जातिकै चाहना र आवस्यकता भएर पनि चाहनानुरुप यसलाई प्राप्त गर्न भने सकिरहेका छैनन् । हरेक कुराको सकारात्मक र नकारात्मक असरको संभावनाको प्राकृतिक नियमबाट विकासलाई अलग राख्न त सकिन्न नै झन त्यसमाथि कहिलेकांही केही निश्चित ठूला विकास कार्य सन्चालन गर्दा तिनीहरुवाट पर्ने दूरगामी प्रतिकूल वातावरणीय असरहरुको न्यूनिकरणतर्फ त्यति ध्यान नदिइ अवलम्बन गरिनु पर्ने कतिपय नीतिहरु व्याबहारिक रुपमा अवलम्बन नगरिनुले निम्त्याइने विकराल नकारात्मक असरको कारण यदाकदा विकासलाई विनाशको पर्यायवाचीको रुपमा समेत प्रयोग गर्ने गरेको पाइन्छ । विषयवस्तुको प्रकृति अनुसार कहिलेकांही विकासलाई सामान्यत जे जस्तो रुपमा वुझिने गरिन्छ त्योभन्दा भिन्न अर्थमा समेत प्रयोग गरेको पाइन्छ र पनि अधिकांश प्रायःले सामान्यत यसलाई भौतिक समुन्नतिको प्रतिकको रुपमा वुझ्ने गरेका छन् र त्यही भौतिक समुन्नति प्राप्तीमा विश्वका अधिकांश देश जुन तवरबाट चुकिरहेका छन् तिनका केही आधारभूत कारणहरु सूत्रबद्ध गर्न प्रयाश गरिनेछ यस पंक्तिमा । र यो प्रयाश केही हदसम्म आधारित छ विश्वका बिभिन्न देशको भ्रमणका क्रममा प्राप्त ब्याबहारिक अनुभबहरु र विकसित तथा अविकसित देशका जनताहरुमा प्राप्त फरक फरक प्रबृति र संस्कारहरुको अध्ययनको आधारमा । Read the rest of this entry »

Posted in लेख/ रचना /निबन्ध | Leave a Comment »

संकल्प

Posted by Ram Kumar Shrestha on July 9, 2009

*रामकुमार श्रेष्ठ

उफ !

दिन निकै बितिसक्ता पनि

हामी त अझै अलमस्तिएछौं –

आफूले आफैलाई नबुझ्ने गरी;

हामी त आफै हराइ सकेछौं

आफ्नो पहिचान नै गुमाउने गरी ।

समय त आखिर समय न हो

आफ्नो गति लिइ छाड्छ;

त्यस्को गति नबुझ्नु त

हाम्रो  आफ्नै कमजोरी हो

त्यस्को गतिमा आफू समाहित हुन नसक्नु त

हाम्रो आफ्नै लाचारी हो । Read the rest of this entry »

Posted in गीत/कबिता/गजल | Leave a Comment »

एउटा आत्मा कहानि

Posted by Ram Kumar Shrestha on July 9, 2009

*रामकुमार श्रेष्ठ

कामै भए पनि ए साथी हो

सुन न त एउटा आत्मा कहानि

गाइजात्रै गाइजात्रामा एउटा थपनि।

कसैले भनेन-

हिमाल तिम्रो हातबाट गुम्छ,

पहाड तिम्रो हातबाट गुम्छ,

तर ढुक्कसँग भनिदिएँ

अति गर्बसाथ हुँकारीदिएँ-

तराइ तिम्रो हातबाट गुम्छ-

कस्को छ यस्तो स्वच्छ अनि निस्कलंकित मन,

भित्र जे छ त्यही बोलिदिएँ,

मनको कुरा खोलिदिएँ-

राजदूत् होइन मन्त्री हुँ त

केको कुटनीति, भने भन्छन यसलाई सूदनीति ! Read the rest of this entry »

Posted in गीत/कबिता/गजल | Leave a Comment »

राजनीतिक ब्यबसायिकीकरणको अन्त्यको अपरिहार्यता

Posted by Ram Kumar Shrestha on July 9, 2009

*रामकुमारश्रेष्ठ

हुन त सबैले हरेक आफ्ना काम कुरामा देश र जनताको नाम लिने गर्छन् जसरी कि श्राद्धमा पुरेतले हरेक कुरामा मृतकको आवश्यकतासंग जोडी आफ्नो आबस्यक्ता पुरा गरिरहेको हुन्छ । ………. के त्यस्तो ब्यक्ति छ जस्को पछाडि लाग्दा गौरबानुभूती होस, के त्यस्तो ब्यक्ति छ जस्को कुरामा विश्वाश गर्न सकियोस, के त्यस्तो ब्यक्ति छ जस्ले घरको भान्छेले झैं अरुलाई पहिले ख्वाएर पछि आफू खाने उदाहरण दिन सकोस । होइन भने केको लागि किन संधै अन्धभक्त भएर देश र आफ्ना साखा सन्ततिको भबिस्यलाई अन्धकारमा राख्ने गरी आफ्ना सामान्य तुच्छ स्वार्थको लागि मन लागी नलागी नाटक मन्चन गर्नेहरुलाई संधै बेहुला बनाएर आफू जन्ती भै राख्ने हो ? सही छैनन भन्ने बुझ्दा बुझ्दै पनि किन उनीहरुले जे बोले पनि ताली दिने, गर्नु पर्ने काम छाडी छाडी पछि पछि लागिदिने ?

राजनीति समाज परिबर्तनको प्रबल एवं सशक्त उत्प्रेरक वन्नु पर्छ विशेषतः राजनैतिक र आर्थिक समस्याले ग्रस्त समाजमा । राजनीतिकर्मीहरुको सफलता र इमान्दारिता यसै कसीको आधारमा हेरिनु पर्ने हुन्छ र हेरिन्छ पनि । समाज परिबर्तन जटील एबं कठीन प्रकृया र कार्य भएकोले यस्को लागि आफूलाई जटील नभएर सरल र स्वार्थ रहित इमान्दार ब्यक्तिको रुपमा प्रस्तुत नगरेसम्म उपर्युक्त उद्धेश्य परिपूर्तिमा योगदान दिएको देखिनुको अलावा बाधक बनेको महसूस समाजले गर्नु पर्ने परिस्थिति सिर्जना हुन्छ । सबै राजनीतिकर्मीहरु आफूलाई देश र जनताप्रति समर्पित भएको र समाज परिबर्तन नायक बनिरहेको प्रमाणित गर्न भर मग्दूर प्रयाश गर्छन् भलै राजनीतिलाई सबभन्दा राम्रो ब्यवसाय बनाएर समाजलाई यथास्थितिमै राख्ने अथबा अझ पछाडि धकेल्ने गरेका नै किन नहुन । यस प्रबृतिले गर्दा समाज परिबर्तनका आवश्यकता र नाराहरु यथार्थमा रुपान्तरण हुने संभाबनाका ढोकाहरु बन्द प्रायः अबस्थामा पुग्नु कुनै आस्चर्यजनक कुरो होइन । अतः साँच्चै समाजलाई अग्रगामी दिशातिर उन्मुख गराउने नै हो भने राजनीतिलाई सबभन्दा राम्रो ब्यवसाय बनाउनेहरुको पन्जाबाट मुक्ति दिलाउन नसकिएसम्म यस जटील एबं कठीन उद्धेस्य प्राप्ती संभब देखिदैन पनि । Read the rest of this entry »

Posted in लेख/ रचना /निबन्ध | Leave a Comment »

युगान्तकारी युद्ध

Posted by Ram Kumar Shrestha on July 9, 2009

*रामकुमार श्रेष्ठ

cheet

युद्ध लडिरहेका छौ रे तिमी

देशमा आमूल परिवर्तन ल्याउन,

युद्धस्तरमा लाग्ने योद्धाको रुपमा चिनाउन,

तर तिम्रो यो कस्तो युद्ध हो कुन्नि ?

न कसैले  कुनै परिवर्तनको अनुभूति नै गर्न पाउने,

न समाज परिवर्तनका कुनै सम्यन्त्र नै कसैले देख्न पाउने,

खैर केही छैन Read the rest of this entry »

Posted in गीत/कबिता/गजल | 1 Comment »

राष्ट्र प्रमुख र सरकार प्रमुखहरुलाई खुला पत्र

Posted by Ram Kumar Shrestha on July 9, 2009

*रामकुमार श्रेष्ठ

महामहिम रास्ट्रपति राम वरण यादबज्यू,

सम्मामनीय प्रधानमन्त्री पुष्प कमल दहालज्यू,

c/c माननीय अर्थमन्त्री डा. बाबुराम भट्टराईज्यू,

माननीय बिज्ञान तथा प्रबिधी मन्त्री गणेश शाहज्यू,

संभबत नेपालको इतिहासमा मात्र नभएर बिस्वकै इतिहासमा यो पहिलो घटना होला कि राष्ट्र प्रमुख र सरकार प्रमुख एकै पटक दुबै प्राबिधिक क्षेत्रबाट पर्न गएको । यति मात्र नभएर बर्तमान सरकारमा सहभागी कतिपय मन्त्रीहरु समेत प्राबिधिक क्षेत्रबाट परेका छन । जनमानसमा एउटा भनाइ ब्याप्त छ कि पढाईमा अब्बल दर्जामा पर्नेहरु डाक्टर, इन्जिनियर बन्छन, दोश्रो दर्जाका विद्यार्थीहरु प्रशाशक बनी तिनै अब्बल दर्जाका साथीहरुलाई खटन पटन गर्छन् र तेश्रो दर्जाका विद्यार्थीहरु राजनीतिज्ञ बनी देश चलाउँछन त देश कसरी अगाडि बढोस ? के त्यसो भए अब साँच्चै देश अगाडि बढला त ? तहस नहस नै भैसकेको हाम्रो देश के अब सम्हालिएला त ?  बर्तमान सरकारले ध्यान दिनु पर्ने मूलभूत कुराहरुप्रति परिलक्षित हुनेछ यो लेख यस किसिमको भनाइको सम्बन्धमा तर्क बितर्क र बिश्लेषण गर्नुभन्दा पनि । Read the rest of this entry »

Posted in लेख/ रचना /निबन्ध | Leave a Comment »

देवता

Posted by Ram Kumar Shrestha on July 9, 2009

*रामकुमार श्रेष्ठ

ढुंगा खोजे ढुंगा मिल्छ देवता खोजे देवता

सवै नै चाहन्छन् त गर्छ के एउटा ।

जाने चुनाब पनि देवता हो रे वाद पनि देवता

नेता जति जनता भए जनता जति नेता ।

घाम पनि देवता हो रे जुन पनि देवता

देश उँभो लाग्दैन नि भ्रष्टाचारी फेर्दा । Read the rest of this entry »

Posted in गीत/कबिता/गजल | Leave a Comment »

आवश्यकता: सुन्दर सृष्टि गर्ने सुन्दरीको

Posted by Ram Kumar Shrestha on July 2, 2009

* By रामकुमार श्रेष्ठ

tulips_blue_lg_clr

सुन्दरी प्रतियोगितामा बिजयी भएर ताज पहिरी

सिंहासनमा बिराजमान तिमी साँच्चै सुन्दरी छ्यौ रे –

बान्की परेको अनुहार,

छरितो जिउ डाल,

हरिणका जस्ता ठूला ठूला आँखा,

मोतिका दाना जस्ता दाँत,

घायल पार्ने म्रिदु मुस्कान,

सबैलाई लठ्ठ्याउने मिठो बोली,

परिस्थिति अनुसार जबाफ दिने सुन्दर कला, Read the rest of this entry »

Posted in गीत/कबिता/गजल | Leave a Comment »

दृष्टिकोण

Posted by Ram Kumar Shrestha on July 2, 2009

*रामकुमार श्रेष्ठ

असोजको महिना, त्यसैले बिहान बेलुकी जाडो हुनु अस्वाभाबिक होइन । भालेको डाँकसंगैको हो कि होइनको झिसमिसे  उज्यालोसंग कस्ले कस्लाई  उछिन्ने भन्ने प्रतिस्पर्धामा उत्रिसकेका छन गाउँलेहरु – बिशेषत: महिलाहरु रित्ता गाग्रीहरु बोक्दै र अंगारले दाँत माझ्दै धारातिर प्रस्थान गरेर । पुरुषहरु भने आ-आफ्ना आवश्यकतानुसार कोदालो, कोदाली, खुर्पि-ठ्याक बोकेर खेत, बारी, जंगलतिर लाग्न थाली सकेका छन । वाध्यात्मक र परंपरागत तवरले समयसंग जुध्ने भनौं वा खेल्ने तौर तरीका हो यो उनीहरुको ।  बाटोदेखि पंधेरासम्म पधेर्नी गफ बाक्लिने क्रम जारी छ भने यदाकदा खेत, बारी र जंगल जानेहरु वल्लाघर पल्लाघरकाहरु तयार भए नभएको जानकारी लिन सबेरै ठूल्-ठूला स्वरले बोलाँउदै शान्त वातावरण खलबल्याउने परंपरा पनि कहिलेकाँही सक्रिय भैरहेको सुनिन्छ ।

एउटा अलिक सुनसान दोबाटोमा जाडो, हल्ला केहीको पनि पर्बाह नभए झैं गरी एकजना अधबैंसे मानिस सुतिरहेको देखिन्छ । यस्तैमा एउटा जड्याहा खुट्टा लरवराउँदै उस्को नजिक आइपुग्छ र बाटोमा त्यसरी सुतिरहेको मानिसलाई लक्षित गरेर ” यो त झन मभन्दा बढी पो जड्याहा रहेछ त । यति सबेरै ढल्नै पर्ने गरी धोकेछ बजियाले” भन्दै हाँस्दै अगाडि बढछ । केही समयपछि सोही बाटो भएर एउटा चोर आइपुग्छ र सुतिरहेको मान्छे देखेर “बिचरा भर्खरको सिकारु चोर परेछ क्यारे । चोर्दा चोर्दै फेला परेर भक्कुमार गोदाइ खाए जस्तो छ” भन्दै त्यत्तिकै छाडेर जान्छ । त्यस्को लगत्तै केही समयपछि एउटा सन्त सोही बाटो हुँदै जाँदा सुतिरहेको उक्त मान्छेलाई देखेर ” हे भगवान! संयोगले आज कति ठूलो महात्माको दर्शन पाइयो । यस्तो जाडोमा पनि बाटैमा कति गहिरो ध्यानमा लीन भएको होला” भनेर साष्टांग दण्डवत गरी अगाडि बढ्यो ।

Published link: http://www.shrijana.com/000/?p=1715

Facebook

Posted in कथा/लघु कथा | Leave a Comment »

नयाँ बुद्धदेखि बिज्ञानसम्म

Posted by Ram Kumar Shrestha on July 2, 2009

*रामकुमार श्रेष्ठ

(यो लेख बिभिन्न धार्मिक एवं बैज्ञानिक पुस्तक एबं लेखहरुको अध्ययन र केही हदसम्म आफ्नो ब्यक्तिगत अनुभबको आधारमा तयार पारिएको हो । बिषयबस्तुको जटीलताको कारण यो लेख धेरै लामो हुन गएको छ ।)

ऋषिमुनिहरु र बुद्धको तपोभूमिको रुपमा परिचित नेपालको चारकोसे झाडीमा बुद्धत्व प्राप्त गर्न ६ बर्ष तपस्या गर्नु पर्ने बताएर जेठ २ २०६१ देखि करीब एक बर्ष निराहार तपस्यारत रहेर अनायास त्यांहाबाट गायब भई अन्यत्र एकान्तमा तपस्यारत रहन हिडेका ओम नमोबुद्धज्ञान गुरुका रुपमा प्रचारित १६ बर्षे राम बहादुर बम्जन  चर्चा परिचर्चाको विषय बन्न पुगेका छन् । उनको दर्शनार्थ दिनहुँ  हजारौको भीड लाग्ने गरेको पाइन्थ्यो र सर्वसाधारणले ५० मिटरको दूरीको घेराबाट दर्शन गर्न पाउने ब्यबस्था थियो । तामाङको घरमा जन्मे पनि जांडरक्सी माछामासु नखाने कसैसंग झगडा नगर्ने एकान्त स्वभाबका राम बहादुर गाउँकै प्राथमिक विद्यालयमा ५ कक्षासम्म अध्ययन गरेपछि ५ बर्ष गाउँमै बुद्ध धर्म अध्ययन गरी तिब्बती भाषामा प्रवीणता प्रमाणपत्र तहसरह बुद्धशिक्षा प्राप्त गरेपछि पुरानो नाम फेरी पाल्देन लामा राखी बोधगयामा एक महिना जति तपस्या गरेर फर्केपछि यो तपस्या शुरु गरेको बुझिन्छ । तपस्याको लागि जान खोज्दा घर फर्काउन प्रयाश गर्दा उनले पिपलको पात दिएर ६ वर्ष पुगेपछि सो पात हराएमा उनी अदृश्य पनि हुनसक्ने बताएका थिए । करीब एक बर्ष निराहार बसेर बैज्ञानिकपूर्ण आजको युगका लागि चुनौति बनेका सो ब्यक्ति नभएर मूर्ति हुन सक्ने ध्यानाबस्थामा रहंदा २ पटक सर्पद्धारा डसिएको आदि आदि चर्चा परिचर्चा आएर तपस्याको बास्तविक जानकारी अगाडि आउनुपर्ने माग आइरहेको बेला ध्यान र गुफा बस्ने काम तामाङ समुदायमा नौलो नभएको उल्लेख गर्दै राम बहादुरको बारेमा अतिरन्जित  प्रचार गरेर गलत फाइदा उठाउने काम कसैबाट नहोस् भनी  तामाङहरुकै सामुदायिक संस्था नेपाल तामाङ घेदुङले आग्रह गरेको थियो । साथै उक्त संस्थाले धर्म र समुदायको आस्था बिस्वास र श्रद्धामा परीक्षण हुन नसक्ने उल्लेख गर्दै बारामा तपस्यारत बम्जनको परीक्षण नगर्न समेत आग्रह गरेको थियो । हुन त सयौं बर्षदेखि हिमालय एबं अनकण्टार गुफाहरुमा तपस्यारत ऋषिमुनिहरु अद्यापि छन् भन्ने कुराहरु सुन्नमा नआएका होइनन् र यस किसिमका प्रसंगहरु उठाइंदा आजको यस्तो बैज्ञानिक युगमा यी प्रसंगहरु पुरातनबादी सोंच भएको कारण अप्रासंगिक र निरर्थक भएको दाबी गर्नेहरुको नै बाहुल्यता पाइन्छ तर अरुले गर्न सकेको बैज्ञानिक उपलब्धि र उनीहरुको उपब्धिलाई प्रयोग गर्न पाएको आधारमा आफूहरु बैज्ञानिक युगमा भएको गर्व गर्नेहरुले कैयौं बैज्ञानिक उपलब्धिहरु हजारौं बर्ष अगावै प्रकाशमा आइसकेका तथ्यहरुको सुक्ष्मतम अध्ययनको आधारमा गरिएका गणितीय एवं बैज्ञानिक विश्लेषणयुक्त प्रमाणित प्रमाणहरु हुन् अनि तिनै कतिपय पुरातनबादी सोंच भनिने गरिएका कुराहरु बैज्ञानिकहरुको लागि चुनौति एबं मार्ग दर्शक समेत बन्न सक्छ भन्ने यथार्थता अधिकांशको लागि कल्पना बाहिरको कुरा हो । त हाम्रो पुख्र्यौली संपत्तिको रुपमा रहेका यस्ता कुराहरुको बिज्ञानसंग के कसरी तादात्म्यता हुन सक्ला त – प्रयाश गरौं बिभिन्न कोणबाट बैज्ञानिक विश्लेषणको आधारमा  यिनीहरुको बिज्ञानसंगको तादात्म्यता खोज्न । Read the rest of this entry »

Posted in लेख/ रचना /निबन्ध | 2 Comments »

मस्कोदेखि बेइजिङसम्म

Posted by Ram Kumar Shrestha on July 2, 2009

(बिपरीत गोलार्ध – 2)

*रामकुमार श्रेष्ठ

आफ्नो इन्जिनियरिङ्ग अध्ययन सकाएर स्वदेश फर्कन पर्ने बेला भएको र चीन समाजबादी देश भएको कारण तात्कालिन परिस्थिति अनुसार नेपालबाटRam चीन सामान्य अवस्थामा जान संभब नभएकोले बिस्वका सात आस्चर्यमध्यका एक The Great Wall हेर्ने इच्छा पुरा गर्नका खातिर जसरी पनि चीन जाने निर्णय गरेको थिएँ धेरै यूरोपेली मुलुकहरुको यात्रा गरिसकेकोले । यो कुरा हो १९९१ को । चीन भर्खर भर्खर बिस्वको लागि खुला गरिएको र मस्को – बेइजिङ ट्रेन हप्तामा २ वटा मात्र भएकोले मस्कोबाट बेइजिङ जाने टिकट हात पार्नु निकै कठीन काम थियो त्यस बेला यूरोपेलीहरुको लागि अति चल्तिको रुट भएकोले । बिहान सबेरैदेखि टिकटको लागि धाउँदा पनि कैयौं दिनसम्म टिकट हात पार्न नसकेपछि बढी पैसा तिरेर (५० अमेरिकी डलर) एकतर्फी यात्राको लागि एक हप्ता लाग्ने सो यात्राको दुई तर्फी टिकट् हात पारें झण्डै दुई महिनापछिको यात्राको लागि । बढी पैसा तिरेर पनि त्यति सस्तोमा त्यति लामो यात्राको टिकट हात पारेको सुन्दा सबैलाई अच्चम्म लाग्न सक्छ, तर त्यस बेलाको रुसमा हरेक कुरा यति सस्ता हुन्थे कि जसबारे बर्णन गर्ने हो भने बूढा बूढीहरुले उनीहरुको समयको बर्णन गर्दा हामीलाई कथा लागे जस्तै लाग्न सक्छ अन्य ब्यक्तिहरुको लागि । बिपरीत  गोलार्ध – १ को  यात्रा उत्तरी गोलार्धबाट दक्षिणी गोलार्धतर्फको थियो भने यस यात्राको बिशेषता हुनेछ  – पश्चिमी गोलार्धबाट पूर्बी गोलार्धको यात्रा । Read the rest of this entry »

Posted in नियात्रा | Leave a Comment »

 
%d bloggers like this: