Nepal – the country of the Buddha and the Mt. Everest

Peace comes from within. Do not seek it without – Buddha

Archive for August, 2009

Science and Religion

Posted by Ram Kumar Shrestha on August 31, 2009

* Albert Einstein

This article appears in Einstein’s Ideas and Opinions, pp.41 – 49. The first section is taken from an address at Princeton Theological Seminary, May 19, 1939. It was published in Out of My Later Years, New York: Philosophical Library, 1950. The second section is from Science, Philosophy and Religion, A Symposium, published by the Conference on Science, Philosophy and Religion in Their Relation to the Democratic Way of Life, Inc., New York, 1941.

1. During the last century, and part of the one before, it was widely held that there was an unreconcilable conflict between knowledge and belief. The opinion prevailed among advanced minds that it was time that belief should be replaced increasingly by knowledge; belief that did not itself rest on knowledge was superstition, and as such had to be opposed. According to this conception, the sole function of education was to open the way to thinking and knowing, and the school, as the outstanding organ for the people’s education, must serve that end exclusively. Read the rest of this entry »

Posted in Article | Leave a Comment »

नेपाली समाजमा विज्ञान र वैज्ञानिक

Posted by Ram Kumar Shrestha on August 29, 2009

*दयानन्द बज्राचार्य

यस वर्ष मेक्सिकोमा सम्पन्न ४०औँ अन्तर्राष्ट्रिय भौतिकशास्त्र फिजिक्स ओलम्पियाडमा नेपालबाट विज्ञानका दुई जना विद्यार्थीले मात्र भाग लिने अवसर पाएका थिए। पाँच जना विद्यार्थीलाई सहभागी गराउन सकिने भए पनि सरकारबाट आर्थिक सहयोग नपाएकाले दुई जनाले मात्र भाग लिएका हुन्। कतिपयलाई लाग्दो हो हाम्रो जस्तो गरिब मुलुकले यस्ता वैज्ञानिक कार्यक्रममा भाग लिन रकम उपलब्ध गराउन नसक्नु वा नचाहनु स्वाभाविकै हो। तर केही दिनअघि मात्र बैंककमा एक एसियाली खेल प्रतियोगितामा ७० लाख रुपियाँ खर्चेर भाग लिन भने हाम्रा १८ खेलाडी र २२ प्रशासकलाई मुलुकको ‘गरिबी’ले रोकेन। यसरी हेर्दा राष्ट्रसँग पैसा नै नभएको त होइन रहेछ भन्ने बुझ्न सकिन्छ। कुरा प्राथमिकताको रहेछ।

बैंककको खेलमा सहभागी ४० मुलुकमध्ये पदक तालिकामा नेपाल पुछारमा परेको थियो। तीन मुलुकको मात्र सहभागिता रहेको एक खेलमा मात्र एक नेपाली खेलाडीले कास्य पदक प्राप्त गर्न सफल भएका थिए । ७० लाख रुपियाँ खर्च गरेर प्राप्त भएको उपलब्धि यही नै थियो। उता विश्वका अति विकसित मुलुकलगायत ८१ राष्ट्रका ३१४ विद्यार्थी सहभागी भएको मेक्सिकोको प्रतियोगितामा नेपालका तर्फबाट भाग लिएका विज्ञानका दुई विद्यार्थीमध्ये रोहन पौडेल फिजिक्स ओलम्पियाडको इतिहासमा नेपालका लागि पहिलोपल्ट कास्य पदक जित्न सफल भए। फिजिक्स ओलम्पियाडमा पदक जित्नु खेलतर्फको ओलम्पिक प्रतियोगितामा पदक जित्नुभन्दा कम कठिन र गौरवको विषय होइन। Read the rest of this entry »

Posted in प्रेरणादायी सामग्रीहरु | Leave a Comment »

Some Video Clips

Posted by Ram Kumar Shrestha on August 16, 2009

Spiritual

Deva Premal

Wisdom of Buddha

Umanga-Maya Mantra

Read the rest of this entry »

Posted in बिबिध, Miscellaneous | Leave a Comment »

कांग्रेसको अघोषित रणनीति र शान्ति प्रकृया

Posted by Ram Kumar Shrestha on August 7, 2009

*रामकुमार श्रेष्ठ

प्रजातन्त्रको पुन:स्थापना पस्चात अधिकांश समय केन्द्रीय भूमिकामा रहेको नेपाली कांग्रेस संबिधान सभाको निर्वाचनपस्चात नराम्रोसंग पाखा लाग्न पुग्यो । स्पस्ट बहुमत पाएको कांग्रेसले जन चाहना र देशको आवश्यकतानुरुपका कार्यहरुलाई प्राथमिकता दिदै संयमताका साथ देशमा केही गरेर देखाउन सकेको भए नेपालको ईतिहासमा कम्युनिस्टहरुको अवस्था कमजोर भै नेकाको एक छत्र शासन चल्ने संभाबनालाई नकार्न मुस्किल पर्थ्यो । किनकि जनता सामान्यत कुन पार्टि अथवा शासन पद्धतितिर बढी झुकाब राख्छन भन्ने कुरा समय, परिस्थिती र अवस्थाले निर्धारण गर्ने कुरा हो । जनताको लागि त्यही पार्टी राम्रो हो जस्ले उनीहरुको लागि केही गर्न सक्छ अथवा गर्न सक्छ कि भन्ने आशा राख्ने ठाउँ रहन्छ । जब उनीहरुको आशामा तुषारापात हुन थाल्दछ त उनीहरुलाई पार्टी परिवर्तन गर्नु कुनै महाभारतको युद्ध हुँदैन । संबिधान सभाको निर्वाचन परिणामले यही वास्तबिकताको पुस्टि गर्छ । सबैलाई आस्चर्य चकित तुल्याउदै जे जस्तो किसिमले अनपेक्षित तबरबाट चुनाव परिणाम देखा पर्‍यो त्यस्को मल जल भनेकै आम नेपालीले देख्दै र भोग्दै आएका प्रजातन्त्रको पुन्:स्थापनापस्चात देखा परेका ठूला पार्टीहरुका बिभिन्न किसिमका सदाबहार गाइजात्रे कृयाकलापहरु हुन भन्ने कुरा बिबादको बिषयभन्दा बाहिरको कुरा भैसक्यो । यहाँ गैर् ह माओबादीहरुले बुझ्नै पर्ने महत्वपूर्ण यथार्तता के हो भने रहरले माओबादीको पछि त्यत्रो जन सागर उर्लेको होइन र माओबादी पक्षधरले पनि बुझ्नै पर्ने कुरा हो – जे जस्ता कारणले जे जसरी जन सागर उनीहरुको पक्षमा उर्लेर आयो, नेका र एमालेका बिगतका सदाबहार गाइजात्रे कृयाकलाप नै त्यस्को मूल कारण भएकोले सो जन लहरको निरन्तरताको लागि देश र जनताको आवश्यकतानुरुपका ठोस कार्यक्रमहरु र नेतृत्वदायी ब्यक्तिहरुमा उदाहरणीय व्यबहार र चरित्र टडकारो रुपमा देखिन नसकेको खण्डमा त्यो संभब हुने छैन किनकि नेका र एमालेभन्दा भिन्न रुपमा एनेकपा (माओबादी) लाई लिने आधार त्यस बेला समाप्त हुनेछ र जनता पुन: नयाँ शक्तिको खोजमा भौतारिन वाध्य हुनेछन । Read the rest of this entry »

Posted in लेख/ रचना /निबन्ध | Leave a Comment »

 
%d bloggers like this: