Nepal – the country of the Buddha and the Mt. Everest

Peace comes from within. Do not seek it without – Buddha

Archive for November, 2009

कपिलबस्तु दिबस

Posted by Ram Kumar Shrestha on November 1, 2009

*रामकुमार श्रेष्ठ

बुद्धको जन्मस्थल कपिलबस्तुलाई बिस्व सामू अरु बढी परिचित गराउने र बिस्व भरी नै बुद्धको शान्ति सन्देश फैलाउने अभिप्रायले कपिलबस्तु दिबस बिभिन्न कार्यक्रम सहित बिस्वभर मनाउन पहलकदमी गरिएको हो बिभिन्न देशमा छरिएर रहेका नेपाली बुद्धिजिबिहरुद्धारा । यस दिबसले राष्ट्रिय स्तरमा मात्र नभएर अन्तरराष्ट्रिय स्तरमा समेत आफ्नै किसिमका सांकेतिक सन्देशहरु दिन सक्छ । नेपालमा हालसालै पूर्व अनुमान गरिएभन्दा फरक किसिमले बिस्वलाई आस्चर्य चकित तुल्याउदै अत्यन्तै शान्तिपूर्ण तबरबाट स्थापना भएको गणतन्त्रको घोषणा, संयुक्त राष्ट्र संघ अन्तर्गत बिभिन्न देशमा शान्ति स्थापनार्थ नेपालले गर्दै आएको सकृय सहयोग र सहभागिताले नेपाली शान्तिकामी हुन भन्ने राम्रो सन्देश दिएको छ बिस्वलाई । हालै मात्र संयुक्त राष्ट्र संघको सुरक्षा परिषदमा आणबिक हतियार घटाउने सम्बन्धमा प्रस्तुत संकल्प प्रस्ताबलाई सर्ब सम्मतिले अनुमोदन गरेको छ र अमेरिकी राष्ट्रपतिद्धारा अध्यक्षता गरिएको र निशस्त्रिकरणको बिषयमा यसरी समर्पित भएको संयुक्त राष्ट्र संघको सुरक्षा परिषदको इतिहासमा पहिलो घटना हो यो । संसारभरी छरिएर रहेका नेपाली बुद्धिजिबीहरुको पहलकदमीमा हुन लागेको यो कार्यक्रमले यस किसिमका राष्ट्रिय अन्तरराष्ट्रिय घटनाक्रमहरुमा समर्थन जनाउने मात्र नभएर संभब भएसम्म यस किसिमका शान्तिपूर्ण घटना र आन्दोलनहरुलाई समेत कुनै न कुनै रुपमा कुनै न कुनै हदसम्म सांकेतिक रुपमा उत्प्रेरित गर्न सक्छ भन्ने कुरामा आशाबादी हुन सकिन्छ । Read the rest of this entry »

Posted in लेख/ रचना /निबन्ध | 4 Comments »

 
%d bloggers like this: