Nepal – the country of the Buddha and the Mt. Everest

Peace comes from within. Do not seek it without – Buddha

Archive for December, 2009

लामो समयदेखि प्रतिक्षारत मेरो तेश्रो रुवाइ टक्क रोकियो

Posted by Ram Kumar Shrestha on December 30, 2009

*रामकुमार श्रेष्ठ *

(भारतद्धारा गरिएको सीमा अतिक्रमणका बिरुद्ध बिस्वब्यापी रुपमा गरिएको अन लाइन कार्यक्रमको समीक्षा)

श्रद्धेय मित्रहरु,
भारतद्धारा नेपाली भू-भागमा गरिएको अतिक्रमण र नेपालीमाथि गरिएका बिभिन्न किसिमका अमानबीय दुर्व्यबहारका बिरुद्ध यही जून १५, २००९ मा आयोजना गरिएको बिस्वब्यापी कार्यक्रमकै अंशको रुपमा फेसबूक मार्फत समेत अन्तरराष्ट्रिय रुपमा नै यस बिषयलाई अझ बढी लैजाने क्रममा ऐक्यबद्धता जनाएर नागरकीय कर्तब्य निभाउन सकिन्छ कि भन्ने किसिमको मेरो प्रस्ताबमा केही साथीहरुले सहमति जनाएपछि शुरु भएको फेसबूकको कार्यक्रम जे जस्तो तबरबाट सफल भयो, यस्का आधारमा तपसिलका कुराहरु सबैको सामू राख्न चाहन्छु :

सामान्य समिक्षा
१. यस कार्यक्रमको आयोजक नै भनेर भनिने कोही पनि छैनन यद्यपि संचारको माध्यमहरुमा “फेसबूक आयोजक कर्ता” उल्लेख गरेको पनि नपाईने भने होइन । यस कार्यक्रमको आयोजक भनेकै यस्मा कुनै न कुनै रुपमा सहभागी भएर सफल गराउनु हुने सबै नै भएकोले कार्यक्रम सफल गराउनु हुने सबैको तर्फबाट सबैलाई धेरै धेरै धन्यवाद ! Read the rest of this entry »

Advertisements

Posted in बिबिध, लेख/ रचना /निबन्ध | Tagged: , , , , , , | 2 Comments »

भाषा विकृतिको विकराल अवस्था र निराकरणका केही उपायहरु

Posted by Ram Kumar Shrestha on December 16, 2009

* रामकुमार श्रेष्ठ *

बैज्ञानिक उपलब्धिका हरेक ठाउँमा देखिने सकारात्मक र नकारात्मक असरहरुबाट भाषाको क्षेत्र पनि अपबादको रुपमा पर्न नसक्ने देखिन्छ । यो क्षेत्र झन कतै सर्बाधिक असर पारिएको क्षेत्रभित्र नै त पर्ने होइन भनी प्रश्न गर्नु पर्ने अवस्था छ बिद्यमान बस्तुस्थितिको विस्लेषण गर्दा । हामी स्कूल पढने समयमा बिद्यार्थीहरुमा भाषिक बैशिष्ठ्यता विकास गर्नको लागि पत्र पत्रिका बढी पढन सल्लाह दिइने गरिन्थ्यो शिक्षकहरुद्धारा, तर आजकाल शिक्षकहरुले त्यस किसिमको सल्लाह दिनु अघि आँफैले पत्र पत्रिका नपढिकन जुन पायो त्यही पढन दिने हो भने परिणाम सकारात्मकभन्दा बढी नकारात्माक हुन सक्ने संभाबनालाई नकार्न मुस्किल पर्ने देखिन्छ । विज्ञान र प्रविधिको बिकासका कारण प्रेस र अन लाइन क्षेत्रमा पत्र पत्रिकाको संख्यामा जे जसरी उल्लेखनीय प्रगति भएको छ यस्ले नब प्रतिभाहरुका लागि उपयुक्त वातावरणको सिर्जना त गरेको छ नै, तर अधिकांश प्रकाशित सामग्रीहरुमा पाइने प्रचूर व्याकरणीय गल्तीहरुले भने भाषा बिकृतिको भयाबह अवस्थाको गांभीर्यतालाई गंभिर रुपमा समयमा नै ध्यान नदिने हो भने भाषा बिकृतिको स्वरुप कल्पनाभन्दा बाहिर जान सक्ने संभाबनालाई नकार्न नसकिने देखिन्छ । Read the rest of this entry »

Posted in लेख/ रचना /निबन्ध | Leave a Comment »

कलमकर्मी र संचारकर्मीहरुमा बिशेष अनुरोध

Posted by Ram Kumar Shrestha on December 13, 2009

(सन्दर्भ: कपिलबस्तु दिबस)
रामकुमार श्रेष्ठ

आज (29th of November) समय यसो निकालेर फेसबुक सर्सर्ती यात्रा गरें कपिलबस्तु दिबसको हालखबर बुझ्न । केही साथीहरु खुब भिडेको देखें, मेरा केही बिदेशी मित्रहरु नेपाली मित्रहरुभन्दा बढी लागेको देखेर खुशी र दु:ख एकै साथ लाग्यो । खुशी यस अर्थमा कि केही बिदेशी साथीहरु हाम्रो कार्यक्रममा कसरी सहयोग गर्न सकिन्छ भनेर सोधी सोधी आ-आफ्ना साथीहरुलाई समेत यस कार्यक्रममा सहभागी बनाउन तल्लिन छन अनि दु:ख यस अर्थमा कि कतिपय नेपाली मित्रहरु यस किसिमको कार्यक्रमलाई महत्वहीन ठानी रहेछन । यत्ति गर्दैमा के लछारपाटो लगाउन सकिन्छ र भन्ने मानसिकतामा होलान शायद अथबा फेसबुकको आफ्नो दैनिक दिनचर्या जसरी चलिरहेछ त्यस्मा ब्यबधान किन ल्याउने भन्ने सोंचमा होलान । जे होस समुद्रको अस्तित्वको आधार भनेकै पानीको थोपा थोपा हो भन्ने कुरालाई राम्ररी सबैले बुझिदिए समस्या समस्याको रुपमा रहन सक्तैन थियो  ।

कपिलबस्तु दिबसको लागि सोचिएभन्दा धेरै कार्यक्रम आयोजना हुँदै छन बिभिन्न देशहरुमा । सिडनीमा अस्ती २७ तारिखका दिन एउटा कार्यक्रम  संपन्न पनि भैसक्यो । अन लाइन समग्र कपिलबस्तु दिबस कार्यक्रमको एउटा अंश हो र प्रभाबकारी पनि । ट्विटरमा नेपालीहरुको तुलनात्मक रुपमा धेरै नै न्यून सहभागिता देखिन्छ अर्को सामाजिक सन्जाल फेसबुकको तुलनामा । कतिपय कारणले गर्दा यस्तो कार्यक्रमको लागि फेसबुक नै बढी उपयुक्त देखिन्छ । त्यसैले यस्मा सशक्त सहभागिता गराएर बुद्धका शान्तिका सन्देशहरुको प्रचार प्रसार गर्नु, नेपाललाई विश्व सामू अरु बढी परिचित गराउनु, भारतले नक्कली कपिलबस्तु बनाएर कपिलबस्तु भारतमा पर्छ भन्ने जुन भ्रम सिर्जना गरेको छ सो भ्रमबाट बिस्वलाई मुक्त गर्न प्रयास गर्नु, बिस्व शान्ति अभियानमा हातेमालो गर्नु यस कार्यक्रमका मुलभूत उद्धेस्यहरु हुन । Read the rest of this entry »

Posted in लेख/ रचना /निबन्ध | 2 Comments »

 
%d bloggers like this: