Nepal – the country of the Buddha and the Mt. Everest

Peace comes from within. Do not seek it without – Buddha

लामो समयदेखि प्रतिक्षारत मेरो तेश्रो रुवाइ टक्क रोकियो

Posted by Ram Kumar Shrestha on December 30, 2009


*रामकुमार श्रेष्ठ *

(भारतद्धारा गरिएको सीमा अतिक्रमणका बिरुद्ध बिस्वब्यापी रुपमा गरिएको अन लाइन कार्यक्रमको समीक्षा)

श्रद्धेय मित्रहरु,
भारतद्धारा नेपाली भू-भागमा गरिएको अतिक्रमण र नेपालीमाथि गरिएका बिभिन्न किसिमका अमानबीय दुर्व्यबहारका बिरुद्ध यही जून १५, २००९ मा आयोजना गरिएको बिस्वब्यापी कार्यक्रमकै अंशको रुपमा फेसबूक मार्फत समेत अन्तरराष्ट्रिय रुपमा नै यस बिषयलाई अझ बढी लैजाने क्रममा ऐक्यबद्धता जनाएर नागरकीय कर्तब्य निभाउन सकिन्छ कि भन्ने किसिमको मेरो प्रस्ताबमा केही साथीहरुले सहमति जनाएपछि शुरु भएको फेसबूकको कार्यक्रम जे जस्तो तबरबाट सफल भयो, यस्का आधारमा तपसिलका कुराहरु सबैको सामू राख्न चाहन्छु :

सामान्य समिक्षा
१. यस कार्यक्रमको आयोजक नै भनेर भनिने कोही पनि छैनन यद्यपि संचारको माध्यमहरुमा “फेसबूक आयोजक कर्ता” उल्लेख गरेको पनि नपाईने भने होइन । यस कार्यक्रमको आयोजक भनेकै यस्मा कुनै न कुनै रुपमा सहभागी भएर सफल गराउनु हुने सबै नै भएकोले कार्यक्रम सफल गराउनु हुने सबैको तर्फबाट सबैलाई धेरै धेरै धन्यवाद !
२. यसरी बिना आयोजक सन्चालन गरिएको कार्यक्रम जे जस्तो तबरबाट सफल भएको छ यस्ले संसारभर छरिएर रहेका नेपालीहरु नेपाल र नेपालीमाथि भारतद्धारा गरिएका सबै खाले व्यबहारबाट कति मर्माहत भएका छन भन्ने कुरा छर्लंग्याएको छ ।
३. सीमा अतिक्रमण निरीक्षण गर्न गएको २ वटा संसदीय दलले सीमा अतिक्रमण भएको र जनताहरु बिभिन्न किसिमले मारमा परेको भनी भनि सकेको र संसारभर छरिएर रहेका हजारौं नेपालीहरुले ब्यस्त जीबनको बाबजूद जे जस्तो किसिमले भारतीद्धारा गरिएको सीमा अतिक्रमण र नेपालीहरुमाथि गरिएको बिभिन्न किसिमका आमानबीय कृयाकलापको बिरुद्धमा दर्शाइएको सहभागिताले नेपाल र नेपालीलाईभन्दा कुर्सीलाई महत्व दिएर “सीमा मिचिएको छैन” भन्ने आशिर्बादकर्ताको बोलीमा लोली मिसाउनेहरुको नैतीकतामाथि राम्रै धावा बोलेको देखिन्छ यद्यपि नैतीकताको खडेरी परेकाहरुमा त्यस्को प्रभाब शून्य पर्नु अस्वाभाबिक भने होइन नै ।
४. केही बिदेशी मित्रहरुले समेत प्रबाहित सामग्रीहरुमा समर्थनकै रुपमा भने पनि सहभागिता जनाएकोमा धन्यवाद प्रदान गर्दछौं (उनीहरुलाई अंग्रेजीमा छुट्टै पठाउनेछु )।
५. यस कार्यक्रम प्रचार प्रसार गर्न सहयोग पुर्याउनु हुने www.dcnepal.com, www.onlinekhabar.com, www.nagariknews.com, www.nepalarab.com, www.nepalisamachar.com, आदिलाई हार्दिक धन्यवाद । यस कार्यक्रमको लागि प्राप्त कबिता तथा गजलहरु उपलब्ध गराउने बित्तिकै प्रकाशित गरिदिएर कार्यक्रमको सान्दर्भिकतालाई महत्व दिने www.dcnepal.com लाई पुन: हार्दिक धन्यवाद ज्ञापन गर्दै आभार प्रकट गर्न चाहन्छु ! अनलाइन कार्यक्रममा हातेमालो गर्ने माइसंसार (www.mysansar.com) र नेपाल डायरी (www.nepaldiary.com) दुबैप्रति आभार प्रकट गर्दछौं । माइ संसार मार्फत अत्यन्तै सान्दर्भिक थुप्रै पोस्टरहरु तयार भए । ती पोस्टर तयार गर्नु हुने सबैप्रति आभार प्रकट गर्न चाहन्छु ।
६. कतिपय साथीहरुद्धारा उठाइएको यस किसिमको कार्यक्रमलाई दिइनु पर्ने निरन्तरताको प्रश्नले देशप्रतिको प्रेमको भावनालाई उजागार गर्छ र निस्चित रुपमा यस समस्याको समाधान नहुन्जेलसम्म यस किसिमको आबाज मत्थर गर्न सकिन्न र बेला बेलामा समय र परिस्थितिलाई मिलाएर यस किसिमका कार्यक्रमहरुलाई कुनै न कुनै रुपमा निरन्तरता दिइनु पर्ने देखिन्छ ।
७. अन्तमा, शुरुदेखि नै यस कार्यक्रम सफल गर्न निरन्तर सहयोग गर्नु हुने श्रद्धेय दाजु डा कबिताराम श्रेष्ठ, लेख तथा कबिता उपलब्ध गराउनु हुने नबिन गौतम (कोरिया), द्रुस्चन मगर र अन्तिम समयमा गरिएको आग्रहलाई पनि सुन्दर कबिता र गजल उपलब्ध गराएर सहयोग हुने सानु घिमिरे (अस्ट्रेलिया) र साबित्रा काफ्ले (अस्ट्रेलिया) लगायत अन्य सबै सहभागीहरुप्रति आभार प्रकट गर्दछौं ।

कार्यक्रमको बस्तुगत समिक्षा
फेसबूकको मेरो लिस्टमा भएका करीब ५०० जनाको करीब २५ घण्टामा जून १५, २००९ को Global Day of Action Against Indian Aggression in Nepal मा भएको सहभागीतालाई बिस्लेषण गरेर हेर्दा बिदेशीहरुलाई समेत समेटदा ३९२ पोस्टिङ् भएकोमा हाम्रो अभियान अनुरुपका सामग्री करीब ३०% (११६) र नेपालीबाट पोस्टिङ् भएका असान्दर्भिक सामग्री करीब ३५% (१३७) र बिदेशीहरुबाट पनि ३५% (१३९) भएको देखियो । यो नेपालीहरुको मात्र कार्यक्रम भएको कारण बिदेशीहरुको पोस्टिङ्लाई समाबेश नगर्दा जम्मा पोस्टिङ् २५३ मा सान्दर्भिक ४६% अर्थात ११६ र असान्दर्भिक ५४% अर्थात १३७ देखियो र सान्दर्भिक पोस्टिङमा नै सहभागी हुनेको संख्या ३३ जना मात्र देखियो । यस्मा गरिएका पोस्टिङमा प्रतिकृया दिने तथा समर्थन दिनेहरुको भने गणना गरिएको छैन । मैले मेरो लिस्टमा भएका अधिकांश सबैलाई बारंबार जानकारी दिने गरिरहेकोले यो तथ्यांक अन्य ब्यक्तिहरुको संबन्धमा अझ नकारात्मक हुन सक्छ । आफू बेलायतमा भएको कारण बेलायतको समयलाई आधार मानी डा कबिताराम श्रेष्ठ दाजुले १५ जूनको शुरुवात हुने बित्तिकै १२.०७ मा गर्नु भएको पोस्टिङ् “संसारका सबै बिस्तारबाद – मुर्दाबाद !! नेपालमा भारतीय अतिक्रमण – झनै मुर्दाबाद !!!” लाई आधार मानी त्यसपछिको २५ घण्टाका पोस्टिङहरुलाई आधार मानी यो तथ्यांक तयार गरिएको छ । संसारको हरेक ठाउँको समय फरक हुने भएकोले त्योभन्दा अघि र यस्मा समाबेश गरिएको समयभन्दा पछि पनि सान्दर्भिक पोस्टिङहरु प्रशस्त नभएका भने होइनन ।

यसरी हजारौं नेपालीहरुले यस कार्यक्रममा बिभिन्न किसिमबाट सहभागिता दर्शाएको देखिए तापनि हाम्रो प्रयास अनुरुप अन्य सामग्रीहरुलाई ओझेलमा पार्ने गरी कार्यक्रम सफल नभएको स्पस्ट देखिन्छ । “आज कवी, लेखक, रङ्गकर्मीहरुले नेपालको भूमिमा भारतले गरेको अतिक्रमण, नेपाली चेलीहरुलाई गरेको दुर्व्यबहार र नेपाली जनतालाई दिएको यातनाको बिरोधमा भारतीय दुतावास अगाडि धर्ना दिएर र कविता बाचन गरेर बिरोद गर्यौ । यो कार्यक्रम को आयोजना सर्बडा, स्रस्टा चैत्र ३०, शिल्पी नाट्य समूह, नागार्जुण्, ईण्ड्रेडी, कौसिकी आदि ले गरेका थिए – युबराज घिमिरेले यस्तो लेख्नुभा छ । नेपालमा ता गज्जबै भएछ । तर मेरा फेसबुकका लेखक कवी मित्रहरुमा त्यों संवेदनशीलता देखिन । अनेकन झीना मसिना कुराहरु उठी रहे जसले हामीले यसै दिनको लागि भनेर उठाएका Global Day of Action Against Indian Aggression in Nepal भन्ने मुद्दालाई ओझेलमा पारेको आभास हुन्थ्यो । दु:ख लागिरहेछ । धेरै कम साथीहरूले मात्र यो अभियानमा सहभागिता जनाए । बुद्धिका खेती गर्नेहरुमा यस्तो संवेदनहीनता सामान्य कुरा मलाई लाग्दै लागेन । साथ दिने साथीहरु, You all are GREAT ! तपाईंका संवेदनशीलताले देशको अस्मितालाई ठूलो आड़ भरोसा प्राप्त हुनेछ . देशको अस्मितामा खेलबाड गर्नेहरुको मानसिकतामा पक्कै केही न केही झस्को पस्ने छ . Long Live Nepal’s sovereignty !” – कबिताराम दाइले यसरी नराम्ररी चित्त दु:खाउनु भयो सोचिएका र आशा गरिएका ब्यक्तिहरुबाट समेत कार्यक्रममा सान्दर्भिक पोस्टिङ्हरुमा भन्दा संधै झै रिपोर्टरको र आफ्नै किसिमको डम्फू बजाउने भूमिकामा निर्बाहमा नै तल्लीन भएको देखेर । देशमा भैरहेका भारतीय दुस्कार्यको बिरोधमा प्रबाह भैरहेको प्रसस्त सामग्रीहरु देख्दा देखदै पनि उहाँहरु असान्दर्भिक सामग्रीहरुमा जसरी रमाइरहेको देखें त्यस्ले कता कता देशलाई बर्बादीको खाडलतिर लैजानेहरुको बिरोध गर्नेहरुले समयको बर्बादी गरिरहेका त होइनन जस्तो अनुभूति पो भयो । किनकि माथिको तथ्यांकले स्पस्ट रुपमा इंगित गर्छ कि फेसबूकमा आउनु हुने त्यत्रो ठूलो समूहले नेपाल र नेपाली रुँदा सहानुभूति दिने कार्यमा कर्तब्य बोध गर्न सकेन । आँफैले केही पोस्टिङ् गर्न नसके पनि कम्तीमा त्यस किसिमका सामग्रीहरुमा कुनै न कुनै तबरबाट समर्थन त जनाउन सक्नु हुन्थ्यो – त्यसमा पनि चुक्नु भएको देखियो । कार्यक्रम शुरु गरेर रातको २ बजे सुतेको थिएँ र शायद कबिताराम दाईको पनि हालत त्यही थियो । त्यसैले झुक्किएको हो कि भनेर आज दोहोर्याएर उहाँहरुमध्ये केहीको कुनै पनि किसिमको सहभागितालाई खोज्ने प्रयास गरें – अहं केही जोर चलेन । यत्र तत्र देखिने उहाँहरुको नाम, फोटो, बिभिन्न अर्ती उपदेशहरु, रोदन, क्रन्दन सबै संझें तर टाउको हल्लाउनु र सुस्केरा हाल्नुभन्दा बिकल्प भएन मसंग किनकि मेरो आबाज त्यत्ति ठूलो हुन सक्तैन जति उहाँहरुको हुन सक्छ, मेरो सोंच त्यत्ति ठूलो नहुन सक्छ जति उहाँहरुको हुन सक्छ । म त त्यत्ति नै निरीह छु जति नेपाली जनता छन । कि त उपस्थिति नै नभएको भए राम्रो हुन्थ्यो, तर उपस्थिति भइसकेपछि त देश र जनताको रुवाइमा साथ दिन सक्नु पर्थ्यो कम्तीमा सो एक दिन ।

त्यो दिन एक पटक कवी, कबियत्री र लेखकहरुको कबिता, गजल र लेखले रुवायो, दोश्रो पटक पोस्टिङ् गरिएका संबेदनशील सामग्रीहरुले रुवायो र लामो समयदेखि प्रतिक्षारत मेरो तेश्रो रुवाइ टक्क रोकियो । म चाहन्थे उचाइ कायम भएकाहरुको प्रस्तुतिलाई पच्छ्याउँदै उचाइ भएकाहरुलाई हेर्दा हेर्दा थकित भएर मेरो बिर्के टोपी खसोस र खुसीले गदगद भएर बलिन्द्र धारा बगाउँदै रुन पाउँ । अहं तर २४ घण्टामा ५ मिनेट पनि मेरो इच्छा पुरा गरिदिने उहाँहरुमा साइत जुरेन । मेरो बिर्के टोपी मेरो टाउकोमा अडेको अड्यै भयो । मेरो बिर्के टोपी खसोस र खुशीले गदगद हुँदै बलिन्द्र धारा बगाउँदै रुन पाउँ भन्ने मेरो इच्छाको साइत जुरेन । फेरि यो कस्तो नयाँ खडेरी किन, कसरी र कहाँबाट ? मेरो आशातित तेश्रो रुवाइ रोकिएको रोकियै भयो ।

हामीहरुको कमजोरी के मान्नु पर्छ भने अलि बढी दिन सूचना प्रबाह नियमित रुपले गरिनु पर्थ्यो यद्यपि यस्तो संबेदनशील बिषयमा यो त्यत्ति आबस्यक कुरो भने थिएन सबैले गंभीर भएर सोचिदिने हो भने । हुन त हाम्रो नियमित रुपमा भएको हाम्रो सो दिनको कार्यक्रमको प्रचार प्रसारका कारणले गर्दा बिदेशीहरुले समेत सो दिन अन्य दिनमा भन्दा पोस्टिङ् गर्ने काममा निकै कमी गरेर मौन स्वीकृति जस्तो दर्शाउनु भएको थियो भने हामीले मान्नु पर्ने भनिनेहरुद्धारा बिदेशीहरुले निभाएको धर्म समेत निभाउन केले समस्या पार्यो त? गल्तीबाट नै पाठ सिकिने भएकोले राष्ट्रिय समस्याको बिषयमा आगामी दिनहरुमा यस किसिमका सोंचहरु र कार्यक्रमहरु अगाडि बढाइयो भने आफूले आफ्ना गल्तीहरुलाई न्यूनिकरण गर्दा गर्दै पनि टाउको हल्लाउन पर्ने अवस्था सामना गर्न नपरोस – यही छ कामना ! सहयोगको लागि सबैको तर्फबाट सबैलाई धन्यवाद !

Published links:

Facebook

Nepalarab.com

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: