Nepal – the country of the Buddha and the Mt. Everest

Peace comes from within. Do not seek it without – Buddha

आकर्षक र रोचक शुभ-कामनाका कार्ड र सन्देशहरु

Posted by Ram Kumar Shrestha on October 12, 2010


नेपालीहरुको महान चाड दशैं नजिकिदै गर्दा शुभ-कामनाको आदान प्रदान गर्ने क्रम बढदो छ र शुभ-कामना आ-आफ्नै किसिमले रोचक बनाउने प्रयास पनि देखिन्छ भने कार्ड तथा शुभ-कामनाका सन्देशहरु पनि आ-आफ्नै किसिमले बदल्ने प्रयास गरेको पाईन्छ । प्राप्त शुभ-कामनाका नयाँ र आकर्षक कार्ड र सन्देशहरुलाई यहाँ अपडेट गरिंनेछन (कुनै संपादन नगरी जस्तो प्राप्त भएको छ सोही रुपमा) : Malshree Dhun

 

From Om Gurung, Japan

 

guptakumar24 (Dubai) : बिल गेटस को जस्तो धन होस्, मदर टेरेसाको जस्तो मन होस्, बाराक ओबामा को जस्तो पावर होस्, बिन लादेन को जस्तो धाक होस् प्रचन्ड को जस्तो रवाफ होस् आङरिताको जस्तो साहस होस्, एन्जीलिना जोलिको जस्तो सुन्दरता होस्, माइकल ज्याकसनको जस्तो नाम होस्, नेपालको संबिधान सभाको जस्तो आयु होस्, २०६७ सालको विजया दशमी तथा दिपावलीको

हार्दिक मंगलमय शुभकामना !!!!!!

 

Hari Manandhar

 

२०६७ सालको हिन्दुमात्रको महान चाड दशैले
डेढ करोड आदिवासी जनजातिमाथिको जातिय विभेद
५१ % महिलामाथिको लैङ्गिक विभेद
दलितहरुमाथीको अमानविय विभेद
गरिब किसान मजदुर तथा श्रमजीविमाथिको वर्गिय विभेद

कर्णली जस्तो पिछडिएका क्षेत्रमाथिको विभेद
अपाङ्ग तेश्रो लिङ्गिमाथिको विभेद
अल्पसंख्याक मुस्लिम समुदयमाथिको विभेद
अन्त्य सहित संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ संविधान

समयमा जारीहोस अनि नेपालमा दिगो शान्ति कायम रहोस र
एकाइसौ शताव्दीकॊ आर्थिक क्रान्ति सहित आर्थिक रुपान्तर होस
यहाँ र यहाँको परिवारजनमा यहि शुभकामना व्यत्त गर्दछौ 

आङ काजी शेर्पा किसान
जीत माया शेर्पा
छेजी नमाग्याल शेर्पा
सिदार्थ काजी शेर्पा

 

*********************************************************************************************************

नेपालीको चाड दशैको शुभकामना

नेपाली जीवन पद्धतीको हिस्सा भएको चाड दशैले आँगनमा टेकीसकेको छ । केहि भ्रम केही अतिबुद्धिमत्ता अनि सबै कुरालाई धर्मसंग जोडने प्रवृतिले दशैलाई फिक्का पार्दै गएको निकै समय हुन थाल्यो । यी सब कुरा पन्छाएर नेपाली परंपरामा दशैको उपस्थिति हेर्ने हो भने यो नेपालको मौलिक र नेपालीको चिनारी बोकेको चाड हो भन्ने कुरा प्रष्ट हुन्छ । संसारका अन्य कुनै पनि हिन्दूहरुले मान्ने दशै भन्दा नेपालीहरुको दशै मान्ने तरिका परंपरा भिन्न छ । नेपाल बाहेक संसारका विभिन्न ठाउका हिन्दूहरुले दशैलाई कुनै देवता संग जोडेर हेर्ने गर्दछन । कहि कहि भगवान रामको रावण माथीको विजयलाई दशैसंग जोडेर हेर्ने चलन पनि छ । तर नत रामायणमा र्ने न अन्य त्यस्ता कुनै ग्रन्थमा भगवान रामले रावणसंगको यूद्धमा नौ दिनसम्म भगवतीको उपासना गरेको प्रसंग पाईन्छ ।
एक सम्पूर्ण पक्षलाई नै दशैको रुपमा मान्ने केवल नेपालीमात्र हुन । नेपालको बहुल समाजलाई समेटने गरेर दशै मान्ने धेरै किसिमका परंपरा छ । अलग अलग समुदायहरुले धार्मिक वा संस्कृतिक विधि अपनाए पनि नेपालको दशैका केहि साझा र मुलभूत विषेशताशरु छन । दशैको उमंग सबै नेपालीहरुको साझा हो दशैको पिडा सबै नेपालीहरुको साझा हो । अथक मेहनत गरेर बाली लगाईसके पछि जव बर्ष ऋतु विदा भएर शरद ऋतुको आगमन हुन्छ दशैले मन नै आनन्द गर्ने उमंगको संदेश दिदै नेपालीको घर आँगन च्याउन थाल्छ । संपन्नताको मातले चुर भएकाहरुको तडक भडकले अर्काले हात्ति चडेमा आफु धुरी चडन खोज्ने मानसिकताले दशै टार्न पुर् याउन पर्ने जिम्मेवारी बोकेका परिवारका वरिष्ट सदस्यशरुका निमित्त भने कतिपय अबस्थामा दशामा रुपान्तरण पनि हुने गर्दछ ।
समाजका सबै मिलेर रमाईलो गर्ने तथा मतभेदहरु समाप्त गर्ने अबसरको रुपमा दशैलाई नेपालीहरुले शताब्दिर्यौदेखि प्रयोग गर्दै आएका छन । दशैको मनोरन्जनको निमित्त हालिने लिंगे पिङ; समाजका सबैको सहकार्यमा निर्माण हुनु पनि समाजिक सद्भावको प्रतिक हो । बच्चा तन्नेरी वा बुढाबुढी जो भए पनि टिकाको दिन बर्षमा एक चोटी भूँई छोडनु पर्दछ भन्ने मान्यताका साथमा  पिङ चढने गर्दछन । सकेमा मच्चिएर लिंगाको पात टिप्ने कोशिश गर्दछन नसके अर्काले मच्चाई दिएकोले नै चित्त बुझउछन । पुरातन समाजमा भएका कुनै पनि किसिमका भेदवाभ पिङको रन्कोमा एकै दिनमने निमित्त भए पनि छुटने गर्दछ ।
कामको चटारोमा आफ्ना औजारहरु हात हतियारहरु जथाभावी भएका हुन सक्छन । दशैमा सबैले आफ्नो ज्यावलको पुजा गर्ने गर्दछन । यसै पुजाको बहानाले ज्यावलहरुको सफाई तथा मर्मत पनि हुने गर्दछ । अझ मुल पुजामा त हलोको फाली नै देवीको रुपमा पुजिन्छ । यो आफ्नो कामको सम्मान हो । समाजमा सबै किसिमका काम गर्ने कारिगरहरुको सम्मान पनि यस चाढको नेपाली विशेषता हो । आफुले सधै काम लगाउनेहरुको पनि दशैमा भाग हुन्छ । दशैको खुशीमा उनिहरुको पनि हिस्सेदारी हुन्छ । यो समाजमा अबहेलितको महत्व र सम्मानको परंपरा हो । यो बिषेशता केवल नेपालको दशैमा मात्र रहेको छ । नेपाली पुगेको ठाउमा आफ्नो परंपरा धान्न शुरु गरेको चलन अरुले पनि पछ्याएको भए कुरा वेग्लै हो ।
यसै अवसरमा विवशताको जाँतोमा निरंतर पिसिएर बाँच्नु भनेको के हो भन्ने कुरा भुल्नलागेकाहरुले पनि बर्षमा एक पटक आफ्नो जीवन आफ्नै किसिमले बाँच्छन । राम्रो लगाउने र मिठो खाने आफ्नो रहर गच्छे अनुसार पुरा गर्दछन । जो दशै जस्तो नेपाली चाडको अभावमा पुरा जीवनकालमा कहिल्यै आउथ्यो वा आउदैनथ्यो भन्न मुस्किल छ । यसैले होला नेपालीहरु दशैलाई वडा दशै भन्दछन ।
आफन्त नातागोता तथा इष्टमित्र संग टिकाको बहानामा बर्षमा कमसे कम एक पटक भेट हुनु दशै मनाउन गरेको हजार दुःखलाई खुसीमा बदल्ने कुरा हो । बुज्रुकहरुको सम्मान र सानाहरुलाई दिइने वात्सल्य नै टिकाको सहि अर्थ हो चाहे त्यो रातो टिका होस वा सेतो खुसीले कम वा बेशी भन्दैन । यो कुरालाई चट्क्कै विसे्रर दशैलाई हिन्दरुहरुको मात्र चाड बनाउने प्रयत्न यस पटक फेरी पछाडि धकेलिएको छ । आफ्ना कर्मचारीहरुको दशै उजिल्याउन बोनस स्वरुप दिइने गरेको दशै खर्च दिन कामचलाउ सरकार सफल भएको छ । नेपालीहरुले आफ्नो राष्ट्रिय चाड फेरी एक पटक संयुक्त भएरै मान्न पाएका छन । यो नै खुसीको कुरा हो । बर्षौदेखि बाक्क लाग्ने गरेर र बेमौसममा देखाइएको उच्च नेताहरुको गाईजात्राको बिच मै एक पटक फेरी नेपालीले आफ्नो राष्ट्रिय चाड मान्न पाएकोमा सबै नेपालीहरुलाई बधाई अनि वडादशैको शुभकामना । चिरकाल प्रयान्त नेपालीहरुले आफ्नो यो राष्ट्रिय चाड मान्न पाइराखौ सबै धर्मका आराध्यसंग प्रार्थना छ । वडादशै शुभ होस ऋण नलागोस र सपरिवार आफ्ना छरछिमेकीहरुसंगै दशै मान्न पाईयोस्  शुभकामना शुभकामना शुभकामना ।

स्वयम्भुनाथ कार्की
विराटनगर १
२०६७।६।२२
(नोट: जस्तो प्राप्त भएको त्यस्तै राखिएको छ)
**********************************************************************************************************

Dipendra Chaudhary October 13 at 8:23am Reply • Report
BLESSING LIKE FALL OF SNOW,LOVE LIKE A WAVES OF SEA,HAPPYNESS LIKE A DEW ON THE GRASS, GOOD NEWS LIKE AN AMOUNT OF STARS WILL COME IN THIS DASHAIN AND UPCOMING LIFE WISHING U A VERY PRESTIGIOUS, FULL OF ENTERTAINING AND GERGEOUS HAPPY DASHAIN 2067.
*******************************************************************************************************
Lal Prasad Gaire October 15 at 7:39am ReplyReport
Happy Happy Vijaya dashami!!
परिस्थिती ले मान्छे लाई जहाँ पुर्याए पनि, जिन्दगी को अबिरल यात्रा मा कहिल्यै ठेस नलागोस , बाचुन्जेल नमेटिने गहिरो चोट कहिल्यै नलगोस यो , ठुलो महल को येस्,आराम नभए पनि हृदय को खुशी कहिल्यै न टुटोस सधैं हासो र उमंग लिएर बाचिरहौ । शुभ-बिजय दशमी… २०६७ को हार्दिक मंगलमय शुभकामना 

दर्शन नमस्कर +सुभ दिनको कामना व्याक्त गर्दछु । जय दुर्गा माता !

आयुद्रोणसुते श्रियं दशरथे शत्रुक्षयं राघवे,ऐश्‍वर्यं नहुषे गतिश्‍च पवने, मानञ्च दुर्योधने।शौर्यं शान्तनवे, वलं हलधरे सत्यं च कुन्तीसुते,विज्ञानं विदुरे भवन्तु भवत: कीर्तिश्‍च नारायणे।।जयन्ती मंगलाकाली भद्रकाली कपालिनी,दुर्गाक्षमा शिवधात्री स्वहा स्वधा नमोस्तुते।

नेपाली हरुको महान चाड विजया दशमीको पुनित आवसरमा सबै मननियहरु बाट आशिबाद को आशा गदर्छु।

सादर प्रणाम
लाल प्रसाद गैरे
From Russian State Hydrometeorological University (RSHU)
Saint-Petersburg Russia

****************************************************************************************************

 

From Suren ,Minu , Sneha and Reiya .

 

*******************************************************************************************************

Wishing You All a Very Happy & Subh Vijay Dashmi – 2010

या देवी सर्वभूतेषु मात्रिरूपेण संस्थिता ..
नमः तस्यै, नमः तस्यै, नमः तस्यै, नमो नमः ..

Col Shiv Om Rana, Ph D
Mob # +91 99999 07870
Shivrana[at]gmaildotcom
Please  Click here at shivrana to know more about me

Teach this triple truth to all: A generous heart, kind speech, and a life of service and compassion are the things which renew humanity. –Buddha

*******************************************************************************************************
 

HAPPY VIJAYA DASAMI 2067.

And

HAPPY DEEPAWALI  2067.

Dr.Shastra Dutta Pant and Mrs. P.P.Pant

WISH YOU A FLOWERFUL MORNING, A COLOURFUL NOON, JOYFUL EVENING AND PEACEFUL NIGHT. MAY THIS YEAR ONWARD GODESS DURGA BLESS TO ALL TO BRING BACK A PEACEFUL AND PROSPERIOUS NEPAL.

 

*******************************************************************************************************

‘’पशुवली प्रथा हटौं, प्राणी जगतको हित गरौं ‘’  

Happy Dashain & Tihar 2010

Kind Regards
Gomba Pinasa Sherpa & pariwar
Ashford, kent
UK
Tel: 07886 341 534
****************************************************************************************************** 

Raju ThapaOctober 15, 2010 at 10:03am
Subject: Shubhakamana
विजया दशमी २०६७ को शुभ अवसरमा तपाईंको सुस्वास्थ्य र सफलताको कामना गर्दछु I अन्याय, अत्याचार र बिसंगतिहरुलाई पराजित गरि न्याय, सद् भाव र सहकार्यपूर्ण नयाँ नेपाल को सिर्जना गर्नमा तपाईंको महत्वपुर्ण योगदान र प्रेरणा रहोस I नेपाल र नेपालीहरु प्रतिको प्रेम अझ प्रगाढ बनोस I

 

Advertisements

One Response to “आकर्षक र रोचक शुभ-कामनाका कार्ड र सन्देशहरु”

  1. fktqamdizmds

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: