Nepal – the country of the Buddha and the Mt. Everest

Peace comes from within. Do not seek it without – Buddha

नोबेलमा पश्चिमा राजनीति

Posted by Ram Kumar Shrestha on October 12, 2010


By अभय श्रेष्ठ

नोबेल पुरस्कार साम्यवादविरोधी विचारप्रति उदार छ भन्ने सदाबहार आरोप हो। चीनका विद्रोही नेता लियो सियाओ बोलाई यस वर्षको शान्ति पुरस्कार दिने निर्णयपछि यो अमेरिका र पश्चिमा राष्ट्रको स्वार्थले प्रेरित छ भन्ने आरोपलाई बल पुगेको छ। एसिया, अफ्रिका, ल्याटिन अमेरिका, इस्लाम धर्म, काला जाति, साम्राज्यवादविरोधी राजनीतिलाई यसले आँखा तर्छ भन्ने आरोप पनि पुरस्कृत पात्रको सूचीले धेरै हदसम्म पुष्टि हुन्छ।

अहिलेसम्म तीन चिनियाँ पुरस्कृत छन्। भारत निर्वासित दलाई लामा (१९८९) र सांघाई जेलमा रहेका लियोेले शान्ति पुरस्कार पाए भने फ्रान्स निर्वासित गाओ सिंग्जियन (२०००) ले साहित्य पुरस्कार। तीनै जना कम्युनिस्टविरोधी हुन्। नोबेलको मान्यताअनुसार अन्तर्राष्ट्रिय स्तरमा शान्ति स्थापनामा महत्वपूर्ण भूमिका खेल्नेलाई शान्ति पुरस्कार दिइन्छ भने अनुपम साहित्यिक उपलब्धिबापत साहित्य पुरस्कार। तीनै चिनियाँले पुरस्कार पाउन नहुने कारण छैन। महत्वपूर्ण सबाल के हो भने यिनीहरूजतिकै वा यीभन्दा पनि बढी योग्य व्यक्ति साम्राज्यवादविरोधी तथा साम्यवादी विचारधारा बोकेकै कारण पुरस्कार पाउँदैनन्। लुस्युन, आइछिङ, बाजेन, वाङमेङजस्ता संसारप्रिय चिनियाँ साहित्यकार यसका उदाहरण हुन्।

नोबेलको मान्यताअनुसार त महात्मा गान्धी शान्ति पुरस्कारका लागि अहिलेसम्मकै सबैभन्दा योग्य व्यक्ति हुनुपर्थ्यो। अहिंसात्मक आन्दोलनमार्फत बेलायती साम्राज्यबाट भारतलाई मुक्त गरेर उनले संसारमै सबैभन्दा दुर्लभ उदाहरण प्रस्तुत गरे। उनलाई यो पुरस्कार किन दिइएन? सन् १९४७ मा शान्ति पुरस्कार पाउने साथी सेवा परिषद् र अमेरिकी मित्र सेवा समिति वा सन् ४६ मा सोही पुरस्कार पाउने एमिली ग्रिन बाल्च र जोन आर मोट त गान्धीको गोलीगाँठासम्म पनि पुग्दैनथे। पञ्चशील सिद्धान्त, कोरिया र स्वेज विवाद समाधानमा गान्धीकै अनुयायी जवाहरलाल नेहरूको भूमिका तथा असंलग्न आन्दोलनका लागि उनको प्रयत्न हरेक अर्थमा महत्वपूर्ण थियो। नेहरु पनि यस पुरस्कारका लागि योग्य मानिएनन्। सबैजसो सत्ताद्वारा नजरबन्द, पाकिस्तानको लोकतान्त्रिक आन्दोलनका प्रतीक …सीमान्त गान्धी’ खान अब्दुल गफ्फार खाँको नाम पनि नोबेल समितिसम्म कहिल्यै पुगेन।अमेरिकी प्रभाव सफलतापूर्वक रोक्ने क्युवाका कुनै नेताको नामै लिनु अपराध मानिन्छ। पोल्यान्डमा रुसी प्रभाव रोक्न र अमेरिकी प्रभाव भिœयाउन भूमिका खेल्ने लेक वालेसाले सन् ८३ मा यो पुरस्कार पाए। पोल्यान्डको स्वतन्त्र मजदुर संगठन ‘सोलिड्यारिटी’का नेता वालेसाले आफूलाई पुरस्कार दिइए ‘सोलिड्यरिटी’लाई मद्दत मिल्ने बताएका थिए। …सोलिड्यरिटी’लाई मद्दत अर्थात् तत्कालीन सोभियत संघ समर्थित येरूजेल्स्की सरकारको विरोध। त्यसैताक पोप जोन पौल द्वितीयको पोल्यान्ड यात्रा र वालेसालाई शान्ति पुरस्कार रूसविरूद्ध त्यहाँ सेलाएको आन्दोलनलाई पश्चिमी …चिकित्सक’द्वारा दिइएका जीवनदायी दुई इन्जेक्सन थिए।

अमेरिकी प्रभाव भिœयाएर सोभियत संघ विघटनमा भूमिका खेल्ने तत्कालीन रूसी राष्ट्रपति मिखाइल गोर्भाच्योभलाई सन् ९० मा शान्ति पुरस्कार दिइयो। अमेरिका र पश्चिम युरोपको युद्धउन्माद र षड्यन्त्रको भण्डाफोर गरी शान्ति स्थापनाका लागि स्वतन्त्र विश्वजनमत बनाउन महत्वपूर्ण भूमिका खेल्ने अमेरिकी विद्वान् नोम चोम्स्कीको नाम नोबेल समितिसम्म कहिल्यै पुगेन। यासेर अराफातलाई प्यालेस्टेनी जनताको मूल अधिकार तथा आफ्नो जमिन आफ्नै देशमा फर्काउने संघर्षका लागि नभई इजरायलसँग सम्झौताका लागि यित्जाक रबिनसँग साझेदारीमा यो पुरस्कार दिइएको थियो। नर्वेका हेनरिक इब्सेन, रुसका लियो टाल्सटाय, आन्तोन चेखबजस्ता संसारका अतिप्रिय साहित्यकारले यो पुरस्कार पाएनन्। बारम्बार मनोनीत हुँदा पनि म्याक्सिम गोर्की साम्यवादी विचारधाराकै कारण पाखा लगाइए।

यिनका गोलीगाँठासम्मै नपुग्ने सोल्जेनित्सिन र बोरिस पास्तरनाक भने साम्यवादविरोधी विचारकै कारण पुरस्कृत भए। शीतयुद्धकालमा नोबेल पुरस्कार पाउने कुनै व्यक्ति तत्कालीन रुसविरोधी राजनीतिप्रति असहमत थियो भने त्यो पुरस्कारको निष्पक्षताको साख जोगाउनमात्र थियो। सन् १९६५ मा साहित्य पुरस्कार पाएका मिखाइल सोलोखोभ यसका दुर्लभ उदाहरण हुन्। नत्र पुरस्कारको असली मापदण्डमा सोल्जेनित्सिन, पास्तरनाक, हेनरी किसिंगर, मेनाह्याम बेगिनहरू नै पर्थे।सापेक्षतावाद सिद्धान्तका प्रतिपादक महान् वैज्ञानिक अल्बर्ट आइन्सटाइनलाई पनि राजनीतिकै कारण धेरै पल्ट लोप्पा खुवाइयो। सन् २३ मा उनलाई यो पुरस्कार दिइयो तर उनको सर्वाधिक प्रसिद्ध सिद्धान्त सापेक्षतावादका लागि नभई फोटो इलेक्ट्रिक प्रभावका लागि। पुरस्कारको पूर्वाग्रहकै विरोधस्वरूप सन् ६४ को साहित्य पुरस्कार विजेता सार्त्र, सन् ७३ मा हेनरी किसिंगरसँग साझेदारीमा शान्ति पुरस्कार पाएका भियतनामका ली डक थोले पुरस्कार तथा आइरिस नाटककार जर्ज बर्नाड शले पुरस्कारको रकम अस्वीकार गरेका थिए।

पेरुका मारियो भर्गास लोसा कुनै समय कम्युनिस्ट थिए। कम्युनिस्ट रहँदै उनको साहित्य सबैभन्दा उर्बर थियो। त्यस विचारबाट विमुख भइसकेपछि बल्ल यो वर्ष उनलाई पुरस्कार दिइयो। कुनै समयका पक्का कम्युनिस्ट मिलान कुन्देरा र लगभग प्रतिक्रियावादी कित्ताका हारुकी मुराकामी नोबेल मापदण्डअनुसार सबैभन्दा सुहाउँदा साहित्यकार हुन्। आउँदा कुनै पनि वर्षमा यिनले पुरस्कार पाउन सक्छन्। तथ्यहरूले भन्छन्, नोबल पुरस्कार पश्चिमा राजनीतिकै प्रवर्द्धन गरिरहेछ। लोकतन्त्र र मानवअधिकारलाई टेवा मिल्नु संयोगमात्र हो।

 

Advertisements

One Response to “नोबेलमा पश्चिमा राजनीति”

  1. satyan sayaju said

    i hate imperilism

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: