Nepal – the country of the Buddha and the Mt. Everest

Peace comes from within. Do not seek it without – Buddha

कपिलवस्तु महोत्सव-२०६७ लाई कपिलबस्तु दिवस अभियानको शुभ-कामना

Posted by Ram Kumar Shrestha on December 21, 2010


मिति: २०६७।०९।०६

कपिलवस्तु महोत्सव-२०६७
मूल आयोजक समिति,
कपिलवस्तु नेपाल ।

विषय: हार्दिक शुभकामना

शान्तिका अग्रदुत भगवान बुद्धको पावन जन्मभूमि कपिलवस्तुमा २०६७ पौष ३ देखि १० गतेसम्म आयोजना भैरहेको कपिलवस्तु महोत्सवले सम्पूर्ण नेपालीलाई गौरव एवं खुशी प्रदान गरेको छ । ऐतिहासिक सांस्कृतिक धार्मिक एवं सामरिक रुपमा विश्व माचमा अत्यन्तै महत्व राखेको कपिलवस्तु जिल्लाको विकास प्रवर्धन र संवर्द्धनमा  यस महोत्सवको आयोजना कोशेढुंगा बन्दै जाने विश्वास हामीले लिएका छौं ।

विश्वकै शान्ति क्षेत्र एवं गौरवको रुपमा विकास भैरहेको एवं बौद्ध धर्मावलम्बीहरुको पवित्र स्थल समग्र लुम्बिनी क्षेत्रले कपिलवस्तुवासी मात्र नभई सम्पूर्ण नेपालीहरुलाई नै अन्तर्राष्ट्रिय जगतमा मूल्य एवं पहिचान दिइरहेको विदितै छ । तथापि उचित पूर्वाधार विकास एवं अन्तर्राष्ट्रिय प्रवद्र्धनको अभावका कारण यसमाथि अतिक्रमण हस्तक्षेप एवं कुदृष्टि राख्ने कृयाकलाप समेत भैरहेको छ । लुम्बिनी क्षेत्र नेपाली पर्यटन एवं अर्थतन्त्रको मेरुदण्ड हो । यसको अन्तर्राष्ट्रिय महत्वकै कारण यसमाथि कुदृष्टि पर्नु स्वभाविक हो । जसले अन्तर्राष्ट्रिय क्षेत्रमा ठूलो भ्रम सिर्जना गरेको छ । यसमा आम नेपाली जनता समय मै सचेत नहुने हो भने कालान्तरमा यसको अस्तित्वमाथि धावा बोलिने र प्रश्न उठ्ने स्वभाविक छ । जुन कुराको पुष्टि कपिलवस्तुकै सिमाना भारतको उत्तर प्रदेशमा नक्कली कपिलवस्तु नामाकरण गरी निर्माण एवं विस्तार भैरहेको कथित लुम्बिनी क्षेत्र साक्षी छ । 

यसरी ओझेलमा पार्ने दुष्प्रयास भैरहेको कपिलवस्तुको संरक्षण संवद्र्धन विकास एवं अन्तर्राष्ट्रिय पहिचान स्थापनाका निम्ति एवं समग्र लुम्बिनी क्षेत्रको अन्तर्राष्ट्रिय प्रर्वद्धनका निम्ति जनस्तरबाट संसारभर छरिएका नेपालीहरु बौद्धिक वर्ग एवं वरिष्ठ राजनीतिज्ञहरुको पहलमा गत वर्षदेखि ‘कपिलवस्तु विश्व दिवस’ डिसेम्बर १ तारिखमा मनाउन थालिएको जानकारी समेत यहाँहरु समक्ष जानकारी गराउन चाहन्छौं । जर्मन आर्कियोलोजिष्ट  एन्टन फुहररले डिसेम्बर १ मा लुम्बिनीको पहिचान अन्तर्राष्ट्रियकरण गरेको दिनलाई ऐतिहासिक महत्व दिदैं उक्त दिन कपिलवस्तु विश्व दिवस मनाउन थालिएको जानकारी समेत यहाँहरु समक्ष राख्न चाहन्छौं ।

अन्त्यमा कपिलवस्तुमा आयोजित यस महोत्सवले कपिलवस्तुको ऐतिहासिक पहिचान संरक्षण विकास एवं प्रवद्र्धनमा अझ बढी भूमिका खेल्न सकोस् भन्ने अपेक्षा सहित महोत्सवको पूर्ण सफलताको कामना गर्दछौं ।
धन्यवाद ।

रामकुमार श्रेष्ठ-विश्व संयोजक
राज श्रेष्ठ- सार्क संयोजक
डा. कविताराम श्रेष्ठ – सल्लाहकार
लक्ष्मण पुरी – नेपाल संयोजक
निलकण्ठ तिवारी – नेपाल संयोजक

 

 

Leave a comment