Nepal – the country of the Buddha and the Mt. Everest

Peace comes from within. Do not seek it without – Buddha

नेपाली जन प्रगतिशील मन्चको अन्तरक्रिया कार्यक्रम सम्पन्न

Posted by Ram Kumar Shrestha on March 29, 2011


गंगा प्रसाद भुसाल – नेपालमा राष्टिय स्वाधीनता र जनगणतन्त्र स्थापनाको सम्भावना र चुनौतीहरू भन्ने मूलनाराका साथ   एनेकापा  माओवादी केंद्रीय सचिब तथा सम्बिधानसभाका प्रमुख सचेतक पोष्ट बहादुर बोगटी कमरेड दिवाकरको प्रमुख आतिथ्यमा स्पेनको बार्सेलोनामा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो |

नेपालको   बर्तमान  राजनितिक परिस्थितिको समीक्षा गर्दै प्रमुख अतिथि कमरेड बोगटीले नेपाली   जनताको १० वर्षे महान जनयुद्ध र जनआन्दोलनको भाबना बमोजिम शांतिप्रक्रियालाई तार्किक  निष्कर्षमा पुर्याउने र बास्ताबिक नेपाली जनताको प्रतिनिधित्व गर्ने बर्गीय, क्षेत्रीय, जातीय र लैंगिक  बिभेद हटाउने जनबादी  संबिधान  निर्माणको लागि आमजनताको सहभागिता सहितको आन्दोलन अहिलेको आबश्यकता तर्फ जोड़ दिनुभयो| साथै नेपाल अहिले अत्यन्तै जटिल मोड तथा संक्रमणकालको अन्तिम चरणमा रहेको, बैदेशिक हस्तक्षेप  खुल्लमखुल्ला तीब्रतर रहेको, संविधान सभावाट संविधान नबनाई संविधान सभाको विघटन गरी जनघाती संविधान जारी गराउने असफल प्रयत्नहरु भइरहेकोले यी तमाम समस्याहरुबाट देशलाई निकास दिन अनिवार्य शसक्त जनआन्दोलन वाहेकको अर्को विकल्प नभएकाले आफ्नो पार्टी  जनचाहना अनुसारको संविधान  बनाउन, जनसेनाको सम्मानजनक समायोजन गरी शान्ति प्रकृयालाई निष्कर्षमा  पुर्याउन शसक्त आन्दोलन थालिने कुरा बताउनु भयो ।

नेपालका आफूलाई लोकतन्त्रवादी भनि फलाक्ने दलहरु भारतीय विस्तारवादका योजना मुताविक चलेकाले समस्या जटील  हुँदै गएको छ । त्यसैले देशलाई निकास दिनको निम्ति राष्ट्रिय स्वाधिनताको साथै जनगणतन्त्रको आन्दोलनमा प्रवासी नेपालीहरुबाट सहयोगका लागि अपील गर्नुभयो ।  यदि देशी बिदेशी  प्रतिक्रियबादी   शक्तिहरु  नेपालको   शांति प्रक्रिया   भाड़ने  र  जनताको  संबिधान बन्न नदिएको   खण्डमा जनताले  आन्दोलन गर्ने र उक्त आन्दोलन जनबिद्रोहमा परिणत हुने र जनबिद्रोहको  नेतृत्व एनेकपा  माओवादीले गर्ने कुरा पनि प्रष्ट पार्नुभयो र साथै  अन्तरक्रियामा सहभागीहरुले उठाएका थुप्रै  जिज्ञासाको पनि नेता बोगटीले जवाफ दिनु भएको थियो |

नेपालको १० बर्षे जनयुद्ध र जन आन्दोलनको  पक्षमा नेपाली जन प्रगतिशील मन्च स्पेनले   खेलेको   भूमिकाको  प्रसंशा गर्दै नेपाल कम्युनिष्ट ए माओवादीले उच्च मुलल्याकन गरेको छ भनी  धन्यवाद व्यक्त गर्नु भयो | उक्त कार्यक्रममा चितवन समाजका तर्फ बाट उमेश अधिकारि, लोकतान्त्रिक मन्च स्पेनका तर्फ बाट उपाध्यक्ष गङ्गा शर्मा, नेपाली जनसम्पर्क समिति स्पेनका अध्यक्ष एकराज गिरि , एन आर एन स्पेनका सचिव बिनोद ढकाल साथै नेपाली जनप्रगातिशील मंच बेल्जियमका अध्यक्ष सुरेन्द्र भुसाल र संयुक्त नेपाली मोर्चा यूरोपका सचिवालय सदस्य बिष्णु भुजेलले आफ्नो मन्तव्य राख्नु भएको थियो |

उक्तकार्यक्रमलाई जन प्रगतिसिल मन्च स्पेनका महासचिव गोपाल रेग्मीले सञ्चालन गर्नुभएको थियो भने उपाध्यक्ष  विश्व कुमार श्रेष्ठले स्वागत मनतब्य  दिनुभएको थियो र कार्यक्रम इश्वर शर्माको अधक्ष्यतामा सम्पन्न भएको थियो |

 

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: