Nepal – the country of the Buddha and the Mt. Everest

Peace comes from within. Do not seek it without – Buddha

ठूलो मान्छे

Posted by Ram Kumar Shrestha on April 11, 2011


By रामकुमार श्रेष्ठ

मिस्टर प्रताप समाजका प्रतिष्ठित ब्यक्तिका रुपमा मानिन्छन । नमानियोस पनि कसरी र जब कि नेपालमा नभएर बिदेशमा नै ठूलो ब्यवसाय सन्चालन गर्दै आएका छन र नेपालबाट थुप्रै नेपाली ल्याएर रोजगारी पनि दिएका छन उन्ले । थुप्रै सामाजिक संस्थाहरुमा सल्लाहकार र संरक्षक लगायतका प्रतिष्ठित पदहरु संभालेका छन । सामाजिक क्षेत्रमा लगानी गर्न पनि निकै नै अगाडि नै देखिन्छन उनी । त्यसैले पत्र पत्रिका, रेडियो र टेलिभिजन उन्को ब्यवसाय, गतिबिधि र सफलताबारेका लेख र समाचार छपाउन र प्रसारण गर्न लालायित हुने गर्छन् ।

हिजो नेपालको एउटा गाउँमा बीर बहादुरले मिस्टर प्रतापको कंपनीबाट संगै फर्किएका केही साथीहरु जम्मा गरेर उन्को पुत्ला जलाए । केही साना पत्रिकाहरुले यस घटनालाई समाचार बनाए । समाचारको अनुसार मिस्टर प्रतापले घर फर्कने बेलामा धेरै पैसा लिएर जानको लागि भनेर शुरुका तीन महिनाको तलब नदिने गरेका रहेछन र खान बस्नको लागि उसैले ब्यबस्था गर्ने भएकोले बिस्तारै बिस्तारै उक्त तीन महिना बाहेकका चार पाँच महिनाको तलब बाँकी राख्ने गरेका रहेछन । भिसा सकिने बेलामा यसो उसो गर्दै भिसा समस्या सिर्जना गरिदिएर आँफैले पुलिसलाई खबर गरिदिएर नेपाल फर्काउन लगाउने गरेका रहेछन । बीर बहादुर र उन्का साथीहरु जग्गा बन्धकी राखेर बिदेश हानिएका थिए, तर बिदेशबाट कमाएर निखन्ने सपनामा तुषारापात लाग्यो मिस्टर प्रतापको षड्यन्त्रका कारण र कौंडीको भाउमा उनीहरुको जग्गा साहुको हुन पुगेको छ ।

सो समाचार प्रकाशित भएको भोलिपल्टै ठूला कहलिएका पत्रिकाहरु, रेडियो र टेलिभिजनहरुमा मिस्टर प्रतापका भनाइले महत्व पाएको छ: “सामाजिक काममा कयौं पैसा लगाएको छु, सयौं मानिसलाई रोजगारी दिएको छु भने त्यस्ता केही ज्यामीको पैसा खानु पर्छ र मैले ? गर्न नहुने काम गरेर पुलिसद्धारा देश फर्काइएको रीस ममाथि पोखिएको मात्र हो । पैसा लिन नै बाँकी छ भने त्यत्रो समय मेरैमा काम गरेको मानिस मकहाँ सीधै आएर माग्ने आँट गर्न किन सक्तैन त? यो सरासर मेरो चरित्र हत्या गर्ने दुस्प्रयास हो । “

@ shrijana.com

One Response to “ठूलो मान्छे”

  1. ए ईश्वर

    म तिम्रो परम भक्त हुँ

    तिमी कहाँ छौ

    तिमीलाई खोज्दै—खोज्दै हिँड्ने तीर्थयात्री

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: