Nepal – the country of the Buddha and the Mt. Everest

Peace comes from within. Do not seek it without – Buddha

यसरी व्यस्त हुनेछन् प्रधानमन्त्री न्युयोर्कमा

Posted by Ram Kumar Shrestha on September 14, 2011


By दिनेशजंग शाह

न्युयोर्क, भाद्र २८ – राष्ट्र संघको ६६ औं महासभाको प्रधानमन्त्री बाबुराम भट्टराईलाई चारवटा उच्चस्तरीय बैठकमा वक्ताको रूपमा आमन्त्रित गरिएको छ । राष्ट्रसंघका महासचिवले सञ्चालन गर्ने उच्चस्तरीय बैठकमा राष्ट्राध्यक्ष एवं सरकार प्रमुखहरूको उपस्थिति हुने गर्छ ।

असोज २ गते न्युयोर्क आइपुग्ने प्रधानमन्त्री भट्टराईले त्यसको भोलिपल्ट पोषणसम्बन्धी उच्चस्तरीय बैठकलाई सम्बोधन गर्ने कार्यक्रम छ । राष्ट्रसंघीय नेपाली मिसनका अनुसार प्रधानमन्त्री असोज ३ गते आयोजना हुने परमाणु बचाउ र सुरक्षासम्बन्धी उच्चस्तरीय बैठकमा पनि सहभागी हुनेछन् । उक्त बैठकलाई उद्घाटन सत्रमा अमेरिकी राष्ट्रपति बाराक ओबामालगायत रूस, ब्राजिल, युक्रेनलगायतका सरकार प्रमुखले सम्बोधन गर्नेछन् ।

कार्यक्रमको दोस्रो सत्रमा प्रधानमन्त्री भट्टराईले नेपाल घोषणापत्र प्रस्तुत गर्नेछन् । त्यसैरी रंगभेद एवं जातीय भेदभावविरुद्ध घोषणाको दस वर्ष पुगेको अवसरमा डर्बान घोषणासम्बन्धी उच्चस्तरीय बैठकलाई पनि प्रधानमन्त्रीले सम्बोधन गर्नेछन् । झन्डै ९० देशका राष्ट्रप्रमुख एवं ४५ देशका सरकार प्रमुख उपस्थित हुने उच्चस्तरीय बैठकलाई महासभाकै ठूलो कार्यक्रम मानिएको छ । मरुभूमीकरण, भूक्षयसम्बन्धी दीर्घकालीन विकास र चुनौतीसम्बन्धी अर्को उच्चस्तरीय बैठकमा भट्टराई वक्ता हुनेछन् ।

महासभालाई भने प्रधानमन्त्रीले भ्रमणको अन्तिम दिन असोज ७ मा सम्बोधन गर्नेछन् । असोज ४ मा अमेरिकी राष्ट्रपति ओबामा र राष्ट्रसंघका महासचिव बान कि मुनको छुट्टाछुट्टै स्वागतमा प्रधानमन्त्री सहभागी हुनेछन् । त्यसका साथै राष्ट्रसंघका निजी क्षेत्रको फोरमलगायत अन्य आधा दर्जन कार्यक्रममा प्रधानमन्त्री आमन्त्रित गरिएका छन् ।

भारतीय प्रधानमन्त्री मनमोहन सिंहलाई भेट्ने प्रधानमन्त्री भट्टराईका अन्य दुई पक्षीय भेटघाटको प्रयास भइरहेको नेपाली मिसनले जनाएको छ । महासभाका सहभागी हुने अपेक्षा गरिएका चिनियाँ प्रधानमन्त्री वेन जिवायोसँग पनि भेटघाटको प्रयास भइरहेको स्रोतले जनाएको छ । भेटघाटको सूचीमा दाता राष्ट्रहरू छन् । स्रोतका अनुसार अमेरिकी उच्चस्तरीय अधिकारीहरूसँग पनि भेटघाट हुन सक्नेछ ।

यसरी व्यस्त हुनेछन् प्रधानमन्त्री न्युयोर्कमा | मुख्य समाचार | ekantipur.com.

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

 
%d bloggers like this: