Nepal – the country of the Buddha and the Mt. Everest

Peace comes from within. Do not seek it without – Buddha

सन्जना खडका – थोरै लेखेर धेरै दिने कबियत्री

Posted by Ram Kumar Shrestha on May 27, 2012


थोरै लेखेर पाठकलाई धेरै दिन सक्षम नयाँ कबियत्रीको नाम हो सन्जना खडका । उन्को लेखाइको आफ्नैपना छ । उन्का लेखाइ अत्यन्तै गहन र ओजपूर्ण हुन्छन । त्यसैले
नेपाली फेसबुक प्रयोगकर्ताहरु बीच उनी एक किसिमले सेलेब्रिटीको रुपमा देखा परेकी छिन । “प्रेमीले जस्तो पुस्तकहरुले मलाई कहिल्यै इरिटेट गरेनन् । त्यसैलै पुस्तकहरु मेरा लागि आत्मीय प्रेमी हुन…….. ” भन्ने उन्को भनाइ औपचारिक मात्रै नभएर यथार्थपरक भएको उन्को हालस्म्मको जीवनरुपी बर्तमान गोरेटोले नै प्रस्ट्याउँछ । कविता मार्फत बढी चिनिएकी सन्जना “हत्याराको डायरी” उपन्यास प्रकाशनको अन्तिम तयारीमा छिन् । स्वीटजरल्याण्डमा अंग्रेजी र साहित्यमा विद्याबारिधी गर्दै गरेकी सन्जना अत्यन्तै सरल पनि छिन । फेसबुकमा राखिएका उन्का केही कविता र पाठक प्रतिकृयाको स्वरुप:

The Story of Old Camel

‎(२०१० मा कोलम्बोमा सम्पन्न भएको सार्क मुलुकहरुको स्नातकोत्तर तहका बिध्यार्थीहरुको कबिता प्रतियोगितामा दोस्रो स्थान प्राप्त गर्न सफल कबिता )

चकमन्न निरब रातमा
नभ माथिको चित्रे मन्डल नियाल्दै
फुस्रे मरुभूमि छिचोल्दै
अलमस्त जबान ऊटहरु लम्किरहेछन
… मातृभूमि छाडने दाउमा ।।
चालिरहेछन अन्त्यहिन पाइलाहरु
नयाँ बिहानी जन्माउने नाउमा ।।
दोभान बीच बुढो प्याधा सारिरहेछ
बैरागी पाइलाहरु
जबान ऊट्का डाम बसेका खोबिल्टे

डोबहरु नियाल्दै
आफ्ना बैरागी खुरहरु चालिरहेछ
सन्तति ऊटका बिदाइका लागि
अन्तिम जुरो हल्लाइरहेछ ।।।
ब्रिद्ध ऊट जीबनको बिपस्यनादेखि थकित छ
बिस्तारै श्वास भित्र बाहिर गरिरहेछ
हरेक फ्याकिएका श्वासमा मरेका पुस्तालाई सम्झिरहेछ
तानिएका श्वासमा आफ्ना संततिलाई देखिरहेछ।।
जीबनको अन्तिम प्रहरमा समभुतउल बगरमा
लम्पसार भएर पल्टिएको छ
तर,
मर्नु अगाडि दिब्योपदेश दिन चाहन्छ
भन्न चाहन्छ आफ्ना सन्ततिहरुलाई
सुनाउन चाहन्छ समदर्शी ऊट्हरुलाई
जन्मभूमिको गरिमा
मरुभूमिको महिमा
बाडन खोज्छ सपनाहरु,
ताडका रुखहरु यहीं पलाउनेछ
सखरखन्डका लहराहरु उम्रिनेछन
छाडिदेऊ काला छकडाका सपनाहरु

काठे छकडाका बत्स्यहरु फैलिनेछन
जरुवाका मूलहरु यही बगरमा फुटनेछन
सम्भल्।। सम्भल्।।
फर्किऊ सन्तति आफ्नै भूमि मरुभूमिमा
सगिनी ऊट्हरु पर्खिरहेछन
सम्भल्।। सम्भल।।
आखिर कसले बुझ्छ बिचेतको बर्बराइ
हुलका हुल ऊट्हरु,
खुरका घुयत्राहरुले
बालुवा उडाउँदै
हर्ष मिसिएका बेतालका
गीतहरु गाउँदै
भिन्न जलनिमेशतर्फ ऊन्मुख छन
रातको उत्तरार्धसंगै नयनाम्बु तारा
टिप्न उद्धत छन ।।।
शायद बूढो ऊट् पनि खुशी छ
ऊस्का मृत शरीरका पुन्जहरु आफ्नै आकाशका
बाजहरुको आहार भएकोमा

Like ·  · Share

Link of the note

******************************************************************************************

‘ SILENT LIFE ‘2’ “

मसंग प्रेम भएको छ, मृत आत्माहरुको
त्यसैले ,
भोका आत्माहरुसंग
उत्ताउला मसानहरुसंग
सम्भोगको चाहना छ
तर, सिथिल छन उनीहरु ।।

लागिरहन्छ ,
चिहान घरका बाकसहरु उघारौ
लपेटिउँ लाशसंग,
चुमौ र आलिंगन गरिरहुँ
तर, मुर्दाहरु चिर निद्रामा छन
मशानघाट मौन छ ।।

( जेनेभा टाइम्समा प्रकासित अङ्रेजी कबिता ” silent life 2″ को एक अंश )

“लिङ्गहरुको देश”

निसंकोच शरीरका
राता बस्त्रहरु उधारी
निर्बस्त्र नाङ्गिएका
निर्लज्ज र मैमत्त
पुराना महलका भाले मुखियाहरु
आदि अनादिदेखि
लिङ्गहरुको यो देशमा
उत्तेजित सुइराहरुले
जबरजस्त योनीमा
छापामार युद्ध छेडिरहेछन
र पनि मौन छन बस्तिहरु।।

View Full Note · Like ·

******************************************************************************
कुमारी किताबका गाताहरु
च्यात्तिएपछि
उपहासको बेस्यालयबाट
चेलीहरु माइतिका लागि
कोशेलिमा लेख्छन
लुटिएको समाचार ।।
र ,
सयौं युबतिहरु
मनमौजी चिथोरेपछि
राता दरबारमा
बिश्राम गर्छन् बाद्साहहरु ।।

496Like ·132  · 6 Share
Like ·  · Share

2 Responses to “सन्जना खडका – थोरै लेखेर धेरै दिने कबियत्री”

  1. prem shrish said

    I wish you all the best.

  2. Unknown Magar said

    प्रतिभाशाली ब्यक्तित्व सधै चम्किरहन्छन सन्सारमा

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: