Nepal – the country of the Buddha and the Mt. Everest

Peace comes from within. Do not seek it without – Buddha

इजरायलमा गणतन्त्र दिवश शान्त वातावरण आदरभाव पुर्व नव राजदुतको साथ मनाइयो

Posted by Ram Kumar Shrestha on May 28, 2012


नयाँ राजदुत प्रल्हाद कुमार प्रसाईं इजरायलमा आइपुग्नु भएको केही दिनपछि गणतन्त्र दिवसको आयोजना गरिनु पर्ने संयोग परेको थियो । ताप्लेजुंग निबासी पूर्व शिक्षक पनि रहनु भएका उहाँले मस्को, लण्डन, बैङ्कक र बर्लिनका लागि समेत कुटनैतिक पदमा बसेर काम गरि सक्नु भएको छ |

हिजो २८ मे साँझ ६ बजे महामहिम प्रसाँईले दुताबास हर्जलियामा गणतन्त्र दिवसको उपलक्षमा एक कार्यक्रमको आयोजना गर्नु भएको थियो । सो कार्यक्रममा दुताबासका कर्मचारीहरु, रोजगारीको सिलसिलामा इजरायलमा रहनु भएका नेपालीहरुको उल्लेख्य उपस्थिति थियो । उक्त कार्यक्रममा लुम्बिनी-कपिलबस्तु दिवस अभियान इजरायल राष्ट्रिय संयोजक मिना बान्तवा मृदु लगायत बिभिन्न संस्थाहरुको प्रतिनिधिहरुको पनि उपस्थित रहेको थियो |

कार्यक्रमको सुरुवात उप नियोग प्रमुख रमेश प्रसाद खनालबाट सुरुवात भएको थियो । प्रथम मौन धारण १ मिनेट पछि नेपाली रास्ट्रिय गान गाइेएको थियो । महामहिम राजदुत प्रसाँईले स्वागत अभिव्यक्ति गर्ने क्रममा ज्ञात अज्ञात सहिदप्रति हार्दिक शर्द्धांजलि दिनु हुदैन भन्नु भयो, “संबिधान निर्माणको कार्य त्यत्ति सजिलो रहेनछ । नयाँ  व्यवस्थालाई स्थायित्व प्रदान गर्नुलाई हामीले मनन गर्नुपर्छ । अब त्यो हुन्छ भन्ने बिस्वाश राख्नु पर्छ र नेपालीहरुको लागि राम्रो हुन्छ भन्ने आशा राखेका छौँ र यही आशाका साथ हामी भेला भएका छौँ |”

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

 
%d bloggers like this: