Nepal – the country of the Buddha and the Mt. Everest

Peace comes from within. Do not seek it without – Buddha

मेलबर्नमा साहित्यिक जमघट कार्यक्रमको वार्षिकोत्सब

Posted by Ram Kumar Shrestha on October 10, 2012


७ अक्टोबर, कोबर्ग, मेलबर्न अस्ट्रेलिया: बिदेशमा रहेर पनि नेपाली भाषा, संस्कृतिलाई जोगाइ राख्ने अभिप्रायले प्रत्येक महिनाको पहिलो आइतबार साहित्यिक कार्यक्रम नियमित रुपमा गर्दै आइरहेको एक बर्ष पुगेको उपलक्षमा गीत, कविता, भजन, वाध्य वादन, नाच गान आदि कार्यक्रम सहित मेलबर्नको कोबर्गस्थित पुस्तकालय हाताभित्रको हलमा वार्षिकोत्सब भब्यताका साथ मनाइएको छ ।

शुभ-कामना मन्तब्य ब्यक्त गर्ने क्रममा लुम्बिनी-कपिलवस्तु दिवस अभियानका बिस्व संयोजक रामकुमार श्रेष्ठले बिदेश बसाइको ब्यस्त जीवनका बाबजुद बिभिन्न समस्यालाई सामना गर्दै नेपाली भाषा, कला र संस्कृतिलाई जोगाउने अभिप्रायले शुरु गरिएको यो कार्यक्रमलाई यहाँसम्म ल्याइपुर्याउने कामको प्रसंशा गर्दै समस्याले नै मानिसलाई परिपक्क बनाउने हुनाले समस्या आइपरेर चिन्ता लिने नभएर समस्या सामना गर्न नपर्दा चिन्ता लिनु पर्ने बताउँदै रुसी लेखक निकोलाई आस्त्रोबोस्कीको “अग्नि दिक्षा” उपन्यासका प्रमुख पात्र पावेल कर्चागिनले जीवनको हरेक मोडमा समस्याको सामना गर्दागर्दा फलामबाट स्टिल बने जस्तो बनेको उल्लेख गर्नु भयो । साहित्यलाई संसार चियाउने झ्यालको रुपमा लिइने बताउँदै श्रेष्ठले साहित्य अत्यन्तै भेग बिषयबस्तु भएकोले यस्को महिमा छोटो समयमा गर्न नसकिने भए पनि यो समाज परिवर्तनको महत्वपूर्ण र शक्तिशाली माध्यम भएको उल्लेख गर्नु भयो ।

शुभ-कामना ब्यक्त गर्ने क्रममा अस्ट्रेलियाको भिक्टोरियामा बसोबास गर्ने नेपालीहरुको संस्थाका अध्यक्ष बम योन्जनले कार्यक्रमको शुरुका दिनहरुको संस्मरण गर्दै महाकवी देवकोटाद्धारा रचित एउटा गीत पनि गाउनु भयो । महिला प्रतिनिधिका रुपमा शुभ-कामना ब्यक्त गर्दै प्रभा श्रेष्ठले पनि गीत गाउनु भएको थियो ।

अनुपम पाठक, सौगात, बिनोद घिमिरे, रामजी पौडेल, मिन प्रशाद गुरुङ, धनदेब नाथ, पार्बती पहाडी, द्रोण पन्त, प्रमोद कुमार सोनी, योगेन्द्र खडका, बुद्धिराम, नोर्गेन मोक्तान, पुरक श्रेष्ठ आदिले कबिता एबं गजल बाचन, गीत एबं भजन गायन, बासुरी एबं मादल बजाउने कार्यमा सकृय भएर कार्यक्रममा सहभागिता जनाउनु भएको थियो । राधिका पौडेलले सितार बजाएर उपस्थित सबैलाई मन्त्रमुग्ध पार्नु भएको थियो ।

कार्यक्रमको शुरुमा पेशल लूइंटेलले साहित्यिक जमघट कार्यक्रम किन र कसरी शुरु गरिएको भन्ने कुरामा प्रकाश पार्दै कार्यक्रम सफल पार्न उपस्थित सबैलाई र कार्यक्रम निरन्तरता दिन सहयोग गर्नु हुने सबैलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: