Nepal – the country of the Buddha and the Mt. Everest

Peace comes from within. Do not seek it without – Buddha

पुनारवृत्तिमा परिवेशहरु …

Posted by Ram Kumar Shrestha on December 2, 2012


-मधु माधुर्य  अभयपुर, दोलखा ( हाल : मस्को, रुस महासंघ)Madhu
(चौथो लुम्बिनी-कपिलवस्तु दिवसका लागि रसियाबाट डा मधु माधुर्यबाट प्राप्त कविता)
समय नदि बगिरहेको थियो बगि नै रहेछ …
बगिरहेको थियो समय नदि बगि नै रहेछ …
 
मोनालिसाको मुस्कान दिदीको ओंठमा 
बसाईं सर्न नसकेको धेरै भयो 
गुराँसको रंग विवाहित बहिनीको सिउँदोमा 
बग्न  सकेको छैन 
विद्रोहका आदिम /अथकित खेताला हामी 
झ्याउँकिरी कराएर मात्र भयो के ?
पोखिएर इन्द्रेणी मातृमाटोमा 
बसन्त फुल्न सकेको छैन ….
 
माटो “पानी पानी ” भनेर छट्पटाएको  बेला –
पग्लेको हिमाल पनि 
मेचीको बाँध र टनकपुर् दुखेरै बिलाउँछ 
मानौं : ढुङ्गा, माटो, मान्छे पनि पानीबिना नै बाँच्छ 
जस्तो कि “जाबो (?)” संबिधानबिना पनि देश बाँच्छ 
तस्करले फाँडेको पुर्व घनाजंगलको नाङ्गो चउरमा 
डाँफे नाच्यो त् के भयो ?
लेन्डुपहरुको निर्जीव छायाँमा पनि हाम्रो मृत्यु नाच्छ …
 
बसन्त नफुल्ने माटोमा क्याक्टस र लेन्डुपी घाँस सप्रनु 
“डेट एक्सपाएर्ड” समयको सामान्य परिचय हो …
सत्यको गवाही दिन  आउने क्राइस्टलाइ क्रसमा 
र नास्तिक देखिने बुद्धलाई मुर्तिमा सजाइन्छ 
युटोपिया चिन्तन सारा वादमा, धारामा 
मै हुँ भन्ने नेताको अस्तित्व कुर्सिले  कजाइन्छ 
र हरेक सपना 
घाटबाट उठेर फर्कन जानेको छैन 
वर्तमान र भविष्यको दोभानमा 
भूत तर्सन्छ फेरी 
देखेर अमुर्त हाम्रो जीवन-नाटक :
नेपथ्यमा प्रत्येक आकृतिसंग मेरो सम्बाद चलि  नै रहेछ :
– सुद्धोधनको दरबार कहा निर हो ?
– (दक्षिण  दिशा देखाउंदै उत्तर फलाक्छु म ) पुरानो त भत्किसकेको होला 
 उ तलतिर नयाँ बन्दै छ 
मेरो कुरा वास्ता  नगरी आकृति उत्तरतिर लाग्छ 
– सिद्धार्थ जन्मेको नगरी कहाँ निर हो ?
– (दक्षिण दिशा देखाउंदै उत्तर फलाक्छु म ) केहि  ट्रकहरुले आर्टेफाक्ट ओसारेपछि पुरानो त नचिनिने भयो होला
नयाँ त उ तलतिर पो  बन्दै छ 
मेरो कुरा वास्ता  नगरी आकृति उत्तरतिर लाग्छ 
अशोक स्तम्भ कहाँनिर हो ?
– (दक्षिण  दिशा देखाउंदै उत्तर फलाक्छु म )  पुरानो त अग्लिन नसकेर नचिनिने भयो होला
हेर त तलतिर उ नयाँ  बन्दै छ 
मेरो कुरा वास्ता  नगरी आकृति उत्तरतिर लाग्छ 
अर्थात् 
रैथाने बुद्धका आकृतिहरु फेरी लुम्बिनीको कपिलवस्तुतिर लम्किरहेका छन् ..
कपिलवस्तुको देश 
असत्यावलम्बी बुद्धुहरुले चलाईरहेको देख्न नसकेर 
अतिभ्रान्त सोझा बुद्धहरु हाराकिरी गर्न 
कतै नक्कली कपिलवस्तु झर्ने त हैनन् ?
र असिम भयले झल्यास्स ब्युझंछु म 
र मुर्छा मुर्छा पर्छु देखेर 
“बुद्ध-ब्यापार” को मेला र हाट बजार भर्न 
पर्यटकहरुको घुइंचो नक्क्ली कपिलवस्तुतिर दौडिरहेको 
नाङ्गो विज्ञापन 
देख्नेको आँखामा 
शरम-शिखरको मिराज हुन् सक्ला …
 
“वुद्ध वाज बर्न इन नेपाल ” नदेखेर अन्धाजस्ता भएका 
“वुद्ध वाज बर्न इन नेपाल ” नसुनेर  बहिराजस्ता भएका 
“वुद्ध वाज बर्न इन नेपाल ” बोल्न नसकेर  लाटाजस्ता भएका 
हजारौं निरिह्हरुकोलागी 
महानिर्वाण -पथ देखाउन वुद्ध ध्यानमग्न भैरहेको मुहूर्तमा 
फेरी पनि नेमुनिको खाल्डोभित्रबाट 
कोलाहल र आर्तनादको जुलुस उठिरहेछ …
जिन्दावाद -मुर्दावाद 
मुर्दावाद  -जिन्दावाद
भोक लाग्यो  – बचाऊ बचाऊ 
आगो लाग्यो  – बचाऊ बचाऊ 
बाढी आयो – बचाऊ बचाऊ 
आँधी  आयो – बचाऊ बचाऊ 
लौ मार्यो नी  मार्यो  – गुहार गुहार …
जिन्दावाद …
मुर्दावाद …
जिन्दावाद …
मुर्दावाद …
 
*****   *****    ******
बाँच्नुको अर्थ यहाँ –
फगत  नाराको पासोमा आफ्नो अस्तित्व झुन्ड्याएर 
“रेमोट कन्ट्रोलर ” को इसारामा  “पेन्डुलम” चल्नु  रहेछ 
युग युगान्तर … !
 
विश्व पुरुष वुद्धको नाम थुन्न  
बनिरहेको 
एउटा नक्कली संरचना 
हाम्रो मौनता, पाषणता र संवेदनशिलताको अग्नि-परिक्षा  गर्न 
भूगोलमा उठिरहेछ 
यता –
हाम्रो ऐतिहासिक आस्था 
अर्थहीन भएर 
शुन्यता मै  बिलाउने गर्छ किन  ???
 
ए शुन्यता !!!
कहाँ छौ तिमि ?
देखाई  देऊ  मान्छेलाई ठेगाना जिन्दगीको !!
 
*****    *****    ******
 
उ … सुन नेपथ्यमा 
गुन्जिरहेछ पार्श्व-ध्वनि :
 
बुद्धम शरणम्  गच्छामी 
धम्मम  शरणम्  गच्छामी 
सङ्घम्  शरणम्  गच्छामी ,,,,,

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: