Nepal – the country of the Buddha and the Mt. Everest

Peace comes from within. Do not seek it without – Buddha

क्यानाडाको टोरोण्टोमा चौथो लुम्बिनी-कपिलवस्तु दिवस

Posted by Ram Kumar Shrestha on December 12, 2012


 Canada program२०१२ डिसेम्बर २, क्यानाडा टोरोण्टो: क्यानाडाको टोरोण्टोमा चौथो लुम्बिनी-कपिलवस्तु दिवस २०१२ डिसेम्बर २ आईतबारका दिन मनाईयो । २००९ डिसेम्बर १ का दिन ईतिहासमा पहिलो पटक भारतले नक्कली लुम्बिनी बनाएको बिरोधमा बिभिन्न देशमा छरिएर रहेका नेपालीहरुको पहलमा कपिलबस्तु दिवस मनाएपछि प्रत्येक बर्ष १ डिसेम्बरमा कपिलवस्तु दिवस मनाउने गरिएको छ र गत बर्षदेखि धेरैको सुझाबलाई ध्यानमा राखी लुम्बिनी-कपिलवस्तु दिवस भन्ने निर्णय गरिएको हो ।

शान्तिका दूत गौतम बुद्ध नेपालमा जन्मेकाहुन भन्ने अभियानलाई सफल पारौ भन्ने नारा सहित टोरोण्टोमा एक अन्तक्रिया कार्यक्रम आयोजना गरिएको थियो । अन्तक्रिया कार्यक्रम बुद्ध बिहार र समाजका बुद्धिजिबी बर्गहरु बिचमा भएको थियो । कार्यक्रमका संयोजक श्री सुबास बीके रहेको सो कार्यक्रममा बिभिन्न बक्ताहरूले आ-आफ्ना भनाईहरु राखेका थिएI बिहारको कार्यक्रम सकिएपछिको भेलामा संयोजक श्री सुबास बीकेले सबै सहभागिहरुलाई स्वागत गर्दै अभियानको बारेमा बिस्तृत जानकारी दिनु भयो साथै अभियानलाई सफल पार्न यस्को गतिलाई अरु तीब्र पार्न आग्रह गर्नु भयो ।

कार्यक्रममा मन्तब्य दिने क्रममा डा हरि गुरुंगले स्कूल पाठ्यपुस्तकहरुमा बुद्धको जन्मस्थान बारेमा भएका गल्तिहरू सचाउने र प्रचार सामाग्रीहरुमा बुद्धको फोटो राख्ने कुरामा जोड़ दिनुभयो । डा तुलशी धरेलले अभियानको बारेमा बिस्तृत जानकारी दिनुका साथै प्रचार सामाग्रीहरुमा बुद्धको फोटो राख्ने कुरामा जोड़ दिदै “कन्सर्न-नेपाल” नेपाल-सरोकार नामक संस्थाको बारेमा बिस्तृत जानाकारि दिनुभयो । त्यसै गरी नर बहादुर टन्डनले अभियानको लागि अर्थ संकलन गर्नुपर्ने र मुख्य शहरमा बुद्धको बारेमा ठुलो सूचना बोर्ड राख्ने कुरामा जोड़ दिनु भयो । श्री सुरेश ख़नालले बुद्धको बारेमा लेखिएको साचो कुरा उल्लेखित कुनै निकायको जिम्मेवार परिपत्र भएमा अभियानलाई थप सहयोग मिल्ने बताउनु भयो ।

त्यसै गरी मन्तब्य दिने क्रममा अनिल थापाले सबैजनाको सहभागिता र राजनीतीबाट अभियानलाई टाढा राख्न सकेमा सफलता हासिल हुने बताउनु भयो । साथै बुद्ध बिहारहरुमा बुद्धको जन्मस्थान बारेका आकर्षक ब्यानर, पोस्टरहरु राख्दा फलदायी हुने बताउनु भयो । अन्जनी भट्टराईले अभियानमा अरु सस्थाहरुलाई पनि सहभागि गराउनु पर्ने, सूचना आदान प्रदानमा बिषेस ख्याल राख्नु पर्ने साथै अर्थ ब्येबस्थापनको योजन बनाउने कुरामा जोड़ दिनुभयो । दुर्गा अधिकारीले समुहलाई बधाई दिदै अभियानको सफलताको लागि शुभकामना प्रकट गर्नुभयो । अंतिम बक्ता गोविन्द सिवाकोटीले अभियानको सुरुदेखि अहिलेसम्म भएका उपलब्धिहरुको बारेमा प्रकास पार्दै कार्येक्रमको समापन गर्नु भएको थियो । यस कार्यक्रमको आयोजना लुम्बिनी-कपिलवस्तु दिवस अभियान क्यानडा राष्ट्रिय समिति र नेपाल-सरोकारले संयुक्त रुपमा गरेका थिए ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: