Nepal – the country of the Buddha and the Mt. Everest

Peace comes from within. Do not seek it without – Buddha

लुम्बिनीमा बिँड तात्यो, ताप्के तातेन

Posted by Ram Kumar Shrestha on December 31, 2012


स्कूल पढदाको समयमा एउटा फूटबल म्याचमा जब हामीले प्रतिपक्षमा गोल गरेका थियौं प्रतिपक्षका किपर दु:खी हुनुको सट्टा झन आँफै गोल भन्दै नाचेका थिए । यस्ता बिभिषण प्रबृतिका अस्वाभाबिक गोल बहादुरहरु बिभिन्न रुपमा बिभिन्न स्तरमा लुम्बिनीको सन्दर्भमा बारंबार देखा परिरहन्छन् र विस्वमा नेपालको पहिचानको मूलाधारको रुपमा रहेको लुम्बिनीको बिकासमा केही हुन लाग्यो कि त बिभिन्न बहानामा देखा पर्छन् ।

बिदेशीको भनाइ र लेखाइ बेला बखतमा सुन्न र पढन पाईन्छ, यदि लुम्बिनी हाम्रो देशमा हुन्थ्यो भने हामी सुनै सुनले छापिदिन्थ्यौं । योभन्दा उपहास नेपालीको लागि अरु के हुन सक्छरु र पनि आफू पनि केही नगर्ने र अरुले लुम्बिनीमा केही गर्न लाग्यो भने पनि बिभिन्न बहानामा बिभिन्न रुप र स्तरबाट ब्यबधान सिर्जना गर्न र गराउन लाग्नेहरुको अभाव हामीकहाँ छैन । एकातिर भारत लुम्बिनीको समबन्धमा नेपालमा केही नहोस भन्ने चाहन्छ भने अर्कोतिर सीमित स्वार्थ र संकुचित घेराभन्दा माथि उठन नसक्ने रोगका कारण बाँदरको उखानलाई चरितार्थ बनाउँदै बिदेशीहरुको सामू समेत आफूलाई हास्यको पात्र बनाइरहेका छौं । तत्कालमा यस्ले सीमित स्वार्थ त पुरा गर्ला, तर ईतिहासमा आफूलाई कलंकित नबनाइ रहन सक्तैन भन्ने कुराको उनीहरुलाई हेक्क नै रहँदैन । अब पनि लुम्बिनीको बिकासमा चुक्यौं भने लुम्बिनी हाम्रो भन्ने अबसरबाट नचुकिएला भन्न् सकिन्न । यसैले आपसी आन्तरिक झगडा राष्ट्रिय मुद्धामा छचल्क्याउनु बुद्धिमानी कदापी ठहर्दैन ।

रामकुमार श्रेष्ठ

विश्वव्यापी महत्वको लुम्बिनी

विश्वमा झन्डै पचास करोड बुद्धिस्ट छन् भने बुद्धिज्मलाई धर्मभन्दा पनि बिज्ञानको रुपमा मान्नेहरु पनि लाखौं भएकाले लुम्बिनीमा पर्यटनको लागि उपयुक्त बातावरण सिर्जना गर्न सकिएको खण्डमा बर्षेनी लाखौं पर्यटक भित्र्याएर करोडौं डलर आम्दानी गर्न सकिने देखिन्छ जुन नेपालको बिकासमा कायापलट ल्याउन सहायकसिद्ध हुन सक्छ ।

लुम्बिनी शान्ति सहर बनाउने गुरुयोजना तयार गर्न लामो समयदेखि ब्यस्त थुप्रै इन्जिनियरिङ्ग परियोजना व्यवस्थापनसंग सम्बन्धित जर्नलहरुको संपादक मण्डलमा कार्यरत एबं इन्जिनियरिङ्ग परियोजना व्यवस्थापनमा अन्तराष्ट्रिय ख्याती प्राप्त प्राध्यापक क्वाक वार्षिक एक लाख पर्यटक एक दिनका लागि लुम्बिनीमा आउनेलाई बढाएर हरेक वर्ष ६ लाख पर्यटक लुम्बिनीमा ल्याउने र उनीहरूलाई १५ दिन बस्ने संरचना बनाउने लक्ष प्राप्तीका लागि कार्यरत छन ।

बुद्धको यही विश्वव्यापी महत्वबाट लालायित भएर नेपालको बिबिध कम्जोरीको फाइदा उठाउँदै शक्तिका भरमा संपूर्ण विश्व मान्यता बिपरीत करोडौं खर्च गरेर नक्कली लुम्बिनी र कपिलवस्तु नै निर्माण कार्यका जुटेर झन्डै अन्तिम चरणमा पुगेको भारत जनस्तरमा नै भए पनि आजको इन्टरनेटको जमानामा सामाजिक सन्जाल एबं बिभिन्न किसिमबाट गरिएका ब्यापक बिरोधका कारण बुद्ध भारतमा जन्मिएको भन्ने दुस्प्रयास धरायासी हुन सक्ने र नैतिकताको प्रश्नको संभावनालाई ध्यानमा राखी बुद्धले ध्यान र ज्ञान प्राप्त गरेको कुरालाई आधार मानी बुद्ध भारतमा जन्मिएको कुरालाई ब्यापक रुपमा अगाडि बढाउन अग्रसर भएको देखिन्छ ।

के गर्दैछ भारत ?

२०११ को जुनमा बौद्ध इतिहास र संस्कृतिबारे अन्तर्राष्ट्रिय अभियान सञ्चालन गर्ने क्रममा भारतीय दूतावासले भारत, चीन, जापान, मंगोलिया, म्यानमार, नेपाल, सिंगापुर, दक्षिण कोरिया र भियतनामका अध्येता सहभागी गराएर बेइजिङमा आयोजना गरेको बुद्धिज्मः म्यापिङ एसियाज हिस्ट्री एन्ड कल्चर’ विषयमा भएको कार्यक्रम मार्फत गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई ओझेल पार्ने गरी भारतले बोधगयालाई बौद्धमार्गीहरूको अन्तर्राष्ट्रिय केन्द्र बनाउने अभियान तीब्र पार्यो । भारतलाई अन्तर्राष्ट्रिय बौद्ध केन्द्र बनाउने अभियान अन्तर्गत कजाकिस्तान, हंगेरी, इन्डोनेसिया, थाइल्यान्ड, दक्षिण कोरिया, सिंगापुर, कम्बोडिया, श्रीलंका, नेपाल, भियतनाम लगायतका देशमा यस अघि नै कार्यक्रम गरिसकेको कांग्रेस आइका विदेश विभाग प्रमुख करण सिंह निर्देशक रहेको भारतको सांस्कृतिक कुटनीति हेर्ने संस्था इन्डियन काउन्सिल फर कल्चर रिलेसन्स् (आइसिसिआर) र पेकिङ युनिभर्सिटीसँग मिलेर बेइजिङस्थित भारतीय दूतावासले एसिया क्षेत्रीय स्तरको उक्त कार्यक्रम आयोजना गरेका थिए ।

बेइजिङमा कार्यक्रमको उद्घाटन गर्दै बिहारका मुख्यमन्त्री नीतिश कुमारले नालन्दा विश्वविद्यालय पुनर्उद्धार गरी बोधगयालाई अन्तर्राष्ट्रिय बुद्धिज्म अध्ययन केन्द्र बनाउने उद्घोष गरेका थिए। बिहारमा नालन्दा अन्तर्राष्ट्रिय विश्वविद्यालय पुर्नउद्धार गर्न आफ्नो सरकार प्रतिवद्ध रहेको जनाउँदै उनले भारतको केन्द्र सरकारले त्यसका लागि बजेट छुट्याउने जनाएका थिए । बोधगयालाई बौद्धमार्गीहरूको अन्तर्राष्ट्रिय केन्द्र बनाउने भारतीय योजनाको महत्वपूर्ण पक्ष नालन्दा विश्वविद्यालयको पुर्नउद्धार हो, जसमा चीन लगायत पूर्वी एसियाका दसौं हजार बौद्धमार्गी विद्यार्थी तान्न सकिने विश्वास गरिएको छ।

वाराणसीमा हालै भएको अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन उद्घाटनका क्रममा भारतीय पर्यटनमन्त्री सुवोधकान्त साहेले नेपालस्थित बुद्ध जन्मस्थल लुम्बिनीलाई समेत समेटी बुद्धिस्ट सर्किट सम्बन्धी तीन खालका योजना घोषणा गरेका छन् । साहेका अनुसार यसै वर्ष सुरु हुने १२ औं पञ्चवर्षीय योजनामा विकास गर्ने गरी भारतीय पर्यटन मन्त्रालयले तीन खालको बुद्धिस्ट सर्किटको योजना बनाएको हो । धर्मयात्रा नाम दिइने पहिलो सर्किट ५ देखि ७ दिने यात्रा हुनेछ, जसमा बोधगया, वाराणासी ९सारनाथ०, कुशीनगर, पिपरहवा र नेपालको लुम्बिनी समेटिने छन् । विस्तारित धर्मयात्रा नाम दिइने दोस्रो सर्किट १० देखि १५ दिनको यात्रा हुनेछ, जसमा बोधगयाका स्थानहरू नालन्दा, बारबारा गुफा, प्रागबोधी पर्वत र गया, पटनाका विभिन्न स्थान, पिपरहवास्थित केही स्थल र नेपालको लुम्बिनी पर्नेछन् । दुवैमा लुम्बिनीलाई एक दिनको भ्रमणमा सीमित गरिएको छ । तर तेस्रो सर्किटमा नेपालको लुम्बिनी समेटिएको छैन ।

जम्मु कस्मीरका लद्धाख, श्रीनगर र जम्मु हुँदै हिमाञ्चल प्रदेशका धर्मशाला, स्पिटी, किनौर र लाहौल तेस्रो सर्किटमा छन् । सर्किट विकास गरी थप बौद्ध धर्मावलम्बी तथा पर्यटकलाई आकर्षण गर्ने योजना भारत सरकारको छ ।

लुम्बिनीमा बढदो गतिबिधि

हाम्रो स्वामित्वमा रहेको अन्तर्राष्ट्रिय सम्पत्ति लुम्बिनीले नेपालबाट भन्दा बढी बाहिरबाट माया पाएको देखिन्छ । संयुक्त राष्ट्र संघका तात्कालिन महासचिब ऊ थान्त १९६७ मा लुम्बिनी भ्रमणपछि बुद्धभूमिमा ठोस काम गर्नका लागि राष्ट्रसंघका सदस्य राष्ट्रहरूको सहयोग जुटाउन एसियाका १६ देशका राष्ट्रसंघीय प्रतिनिधिहरू संलग्न ‘लुम्बिनी राष्ट्रसंघ समिति’ गठन १९७० मा गरे र संयुक्त राष्ट्र बिकास कार्यक्रम यूएनडीपी मार्फत जापानी आर्किटेक्ट प्रो. केन्जो टाङेलाई लुम्बिनीको बिकासको विस्तृत कार्य योजना बनाउन लगाए ६।५ मिलियन डलरको लागतमा १९७८ मा तयार भयो । उक्त योजनाले ७ बर्षभित्रमा पूर्णता पाउनु पर्ने लक्ष राखिए तापनि तीन दशकभन्दा बढी समय ब्यतित भैसक्ता पनि विश्वव्यापी महत्व दिएर तयार पारिएको गुरु योजना सम्बन्धित देशबाटै भने कुनै चासो नै नदिएर कार्यन्वयनले पूर्णता पाउन सकिरहेको छैन ।

सन २०१० को अन्ततिर नेपाल-चिन सांस्कृतिक सदभाव संझौतालाई नेपालको परिवर्तित राजनीतिक परिबेशमा नयाँ ढंगले अगाडि बढाउन मन्त्रीस्तरीय संझौता हुँदा नेपालका तर्फबाट कपिलवस्तु, रूपन्देही र नवलपरासी जिल्लालाई समेटी बुद्धिस्ट सर्किट बनाउने अवधारणामा सघाउन गरिएको आग्रहमा चीन सरकार सहमत भएको थियो ।

जापान सरकारको आर्थिक सहयोगमा युनेस्को मार्फत वेलायती प्राध्यापक रविन कनिघामको नेतृत्वमा जमिनबाट देखन नसकिने हुनुपर्ने तर नभएका र भएका पुरातात्विक महत्वका बस्तुहरु पत्ता लगाउन तीन बर्षे परियोजना शुरु भएको छ ता कि लुम्बिनी बिकासको क्रममा पुरातत्विक महत्वका श्रोतहरुलाई नबिगारी यथार्थतालाई दुरुस्त उतार्न सकियोस ।

धेरै गतिबिधि र राष्ट्रिय अन्तराष्ट्रिय चर्चा परिचर्चापछि एसिया प्रशान्त क्षेत्रमा सामाजिक, आर्थिक र सांस्कृतिक विकास गर्ने, यस क्षेत्रका जनताबीच साझेदारी र समझदारी बढाउने लगायतका उद्देश्य भएको एसिया प्यासिफिक एक्सचेन्ज एन्ड कोअपरेसन फाउन्डेसन (एपेक) सँग लुम्बिनी बौद्ध धर्म तथा संस्कृति संरक्षण’ समझदारीपत्रमा नेपालले हस्ताक्षर गरेको छ । एपेकले बेइजिङको युनिडोसंग पनि सम्झौता गरेको छ लुम्बिनी प्रोजेक्टको संभाब्यता अध्ययन गर्नको लागि र युनिडो एपेकको लुम्बिनी प्रोजेक्ट डिजाइन गर्ने कन्सल्ट्याण्टको रुपमा काम गर्नेछ । एपेकका उपाध्यक्ष युनानले कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै लुम्बिनी विकासमा एसियाली विकास बैंकको एक अध्ययनमा ३ देखि ५ अर्ब अमेरिकी डलरबराबर खर्च लाग्ने जनाएका थिए ।

 प्राध्यापक क्वाकको योजना

जापानका केंजो टांगेले तयार पारेको लुम्बिनी गुरुयोजना सम्पन्न नहुँदै लुम्बिनीको विकासका लागि त्योभन्दा ठुलो अर्को गुरुयोजना ल्याइएको छ ।

लुम्बिनीको विकासका लागि स्थानीयकै सहभागितालाई जोड दिँदै लामो समयदेखि लुम्बिनी शान्ति सहर बनाउने गुरुयोजना तयार पार्ने कार्यमा तल्लिन प्राध्यापक क्वाकले लुम्बिनीलाई चार क्षेत्रमा राखेका छनस् बुद्ध, धर्म, संघ र उपासक । मायादेवी मन्दिरसहितको पवित्र उदयान क्षेत्र बुद्धमा, त्यसबाहिरको टांगेको गुरुयोजना अनुरुपको लुम्बिनी विकास कोष क्षेत्र र बाहिरको भूभाग धर्ममा हाल स्थानीयवासीको बसोबास रहेको मुख्य बस्ती ५ वाई ५ माइल अर्थात् ६ हजार ४ सय हेक्टर क्षेत्रफललाई संघ र त्यसभन्दा बाहिरको बाँकी क्षेत्रफल उपासकमा विभाजित छ । गुरुयोजनाअनुसार बुद्ध क्षेत्रमा कुनै पनि र्निमाण गरिने छैन । यो मायादेवी मन्दिर वरपरको क्षेत्र रहने छ । त्यस्तै धर्म क्षेत्रमा हरियाली रहने छ । रिर्सच सेन्टरहरु पनि यहीं र्निमाण हुनेछन, जहाँ विभिन्न देशका बौद्ध धर्मावलम्बी र अन्य धर्मावलम्बिहरूले पूजापाठ तथा ध्यान गर्ने छन । गुरुयोजना अनुसार संघ आवासीय क्षेत्र रहने छ । जहाँ लुम्बिनी वरपरका गाउँहरु लाई समेटिएको छ । अस्पताल, शिक्षण संस्थाहरु यहीं र्निमाण गरिने छ । हरेक १० मिनेटको पैदलमा संघ क्षेत्रमा स्थानीयको निम्ति बिद्यालय अस्पतालको निर्माण हुने उल्लेख छ । जुन क्षेत्रमा दुई लाख मानिसले बसोबास गर्नेसक्ने छन ।

लुम्बिनीलाई विश्व शान्ति सहर बनाउने अवधारणा अनुरुप बनाइएको कमलको फूल आकारको गुरुयोजना लुम्बिनीदेखि २५ बर्ग माइलको क्षेत्रमा फैलिनेछ । शान्ति सहरमा कपिलवस्तुको गुथिहवा, कुदान, तिलौराकोट, निग्लिहवा नवलपरासीको रामग्राम, रुपन्देहीको देवदह र भैरहवा क्षेत्रलाई समेटी ८ वटा नहर बनाइने छ । नहर वा अन्य र्निमाणको क्रममा स्थानीयका बासस्थान, पुरातत्व क्षेत्रलाई असर पर्ने गरी काम नहुने गुरुयोजनामा छ ।

संयुक्त राष्ट्रसंघ र विश्व विकास बैंक सहयोगका लागि तयार रहेको बताउँदै क्वाकले आफूले तयार पारेको गुरुयोजनाबारे प्रस्टाउँदै उहाँले लुम्बिनीलाई हजारौँ र्वषसम्म पनि जोगाइराख्न योजनाको खाँचो रहेको बताउनुभयो । उहाँले लुम्बिनीको अस्तित्व जोगाइराख्न त्यस क्षेत्रमा जथाभावी भइरहेका निमार्णहरु तत्काल रोक्नुर्पनेमा जोड दिनुभयो । ‘क्वाकले गरिबीका बीच शान्ति आउँदैन’ लाई गुरुयोजनाको मूलमन्त्र बनाउँदै आफ्नो गुरुयोजनामा लुम्बिनी वरपरका ११ गाविसका जनताको जीवनस्तर सुधार गर्नु पर्ने र त्यसको लागि लुम्बिनीमा स्थानीयको सहभागिता बढाउनुर्पने बताउनुभएको छ । आठ शान्ति नगरको विकास गर्दा स्थानीयलाई सहभागी गराइने र उनीहरूको बासस्थान जबर्जस्त नहटाइने, पुरातात्त्विक क्षेत्रलाई जगेर्ना गरिने योजना छ । लुम्बिनीलाई विश्वका धेरैले भ्रमण गर्ने क्षेत्रका रूपमा विकास गर्ने गुरुयोजनाको सार रहेको छ र विकासका लागि आर्थिक वृद्धिलाई मुख्य जोड दिइने छ ।

भिक्टरको योजना

मलेसियाको शाक्यमुनि बुद्ध फाउन्डेसन एबं मलेसियन टुरिज्म बोर्डका अध्यक्ष रहेका अध्यक्ष डा। भिक्टरसहितको समूहले लुम्बिनीको बृहत् विकासका लागि सरकारमा प्रस्ताव बुझाएको छ भने मलेसियाका एयर एसिया र शाक्यमुनि बुद्ध फाउन्डेसन पनि लगानी गर्न तयार छन् । ताइवानको एउटा संस्थासँग लुम्बिनीमा अत्याधुनिक सञ्चार सेवा विकासको सम्झौता नै भैसकेको छ ।

प्रचण्डको चासो

करिब ४० वर्षपछि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको कार्यकालमा लुम्बिनी विकासबारे सरकारी चासो सुरु भयो । संस्कृतिमन्त्री गोपाल किरातीले लुम्बिनीको विकास बृहत्तर रूपमा गर्नका लागि लुम्बिनी विकास योजनाको कार्यक्षेत्र लुम्बिनीबाट विस्तार गरी रामग्राम, देवदह र तिलौराकोटसम्म पुर्याउने निर्णय २०६३ मै विकास कोषमा गराए । सरकारले गत असोज ३० गते पूर्वप्रधानमन्त्री दाहालको अध्यक्षतामा बृहत्तर राष्ट्रिय लुम्बिनी विकास निर्देशक समिति गठन गर्यो जस्ले राष्ट्रसंघका महासचिव बानलाई बृहत्तर राष्ट्रिय लुम्बिनी विकास निर्देशक समितिको अन्तराष्ट्रिय समितिको संयोजकको भूमिका निर्बाह गर्न राजी गरायो । त्यसबखत बानले लुम्बिनीको संरक्षण र बृहत्तर विकासका लागि आफ्नो नैतिक तथा राजनीतिक समर्थन हुने जनाएका थिए ।

सभासद् दीपकुमार उपाध्ययाले संसदमा विश्व शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्बीनीको एकिकृत विकास गरी अन्तर्राष्ट्रिय शान्ति शहरु बनाउन राख्नु भएको संकल्प प्रस्तावलाई संसदले सर्वसम्मतिले अनुमोदन गरी तीन बर्षभित्र लुम्बीनी क्षेत्रलाई ँअन्तराष्ट्रिय शान्ति शहर’को रुपमा विकास गर्न संसदले सरकारलाई निर्देशन दिएको र यो निर्देशन पालन भए नभएको अनुगमनका लागि संसदमा एउटा स्याथी समिति सभामुखको अध्यक्षता बनाइने निर्णय गरेको पनि दुई बर्षभन्दा बढी भैसकेको छ । सोही समयमा संसदले सर्वसम्मतिले एक संकल्प प्रस्ताव पारित गर्दै अधुरो रहेको लुम्बिनी विकास गुरुयोजनालाई पनि तीन बर्षको समय भित्र पुरा गरिसक्न भनेको छ ।

क्षेत्रीय सन्तुलनदेखि शान्तिसम्म

लुम्बिनी विकासका लागि एसिया प्यासेफिक एक्सचेन्ज कोअपरेसन ९एपेक० बीच समझदारीपत्रमा हस्ताक्षर गरेपस्चात दाहालले लुम्बिनी विकासका लागि नेपाल, चीन र भारत एक ठाउँमा उभिनुपर्ने उल्लेख गर्दै लुम्बिनीले नयाँ रणनीतिक साझेदारीका लागि नेपाल, चीन र भारतलाई एक ठाउँमा उभ्याउने भन्दै समझदारीपत्रमा भएको हस्ताक्षर त्यसको सुरुवात बताएका थिए । एपेकका कार्यकारी निर्देशक सियाओ युनान पनि नेपालमा समझदारीपत्रमा हस्ताक्षर गरेपछि पहिला पहिलाको एपेक प्रतिनिधिहरुको नेपाल भ्रमणलाई नेपालभित्र मात्रै सीमित राख्ने परंपरा तोडी भारतीय नेताहरुसंग भेटघाट गर्न भारत गएबाट एपेक लुम्बिनीको प्रश्नमा भारतीय रणनीतिबाट अनभिज्ञ नरही क्षेत्रीय सन्तुलनमा संबेदनशील रहेको स्पस्ट देखिन्छ ।

लुम्बिनीको बिकासको प्रश्न नेपालको बिकाससंग मात्रै नभएर योसंग थुप्रै अन्तराष्ट्रिय महत्वका प्रश्नहरु समेत जोडिएका छन् । उपयुक्त बातावरण तयार गरेर बर्षेनी आउने लाखौं पर्यटकको केही प्रतिशतलाई मात्रै योगा र ध्यान सिकाउन सकिएमा यस्ले विश्वका हजारौंको शारिरिक र मानसिक अवस्थामा सुधार ल्याउन सकिनेछ जस्को स्पस्ट अर्थ हुनेछ विश्व शान्तिमा योगदान । स्वार्थपूर्ण तवरबाट बुद्ध जन्मस्थलबारे सिर्जित दिग्भ्रमका कारण बुद्ध र बुद्धिज्ममा आस्थाबान विश्व पर्यटकहरुलाई झुक्केर वा झुक्याइएर नक्कली लुम्बिनी जाने वा लैजाने कार्यले बर्षेनी हजारौं विश्व पर्यटकको मानबाधिकारमा हनन हुने भएकोले लुम्बिनीको बिकास मार्फत उनीहरुको मानबाधिकारको हनन र उनीहरुको आस्थामा भैरहेको कुठाराघातबाट जोगाउने जस्तो महत्वपूर्ण काम हुनेछ ।

इतिहासका कलंकित किन बन्ने ?

स्कूल पढदाको समयमा एउटा फूटबल म्याचमा जब हामीले प्रतिपक्षमा गोल गरेका थियौं प्रतिपक्षका किपर दु:खी हुनुको सट्टा झन आँफै गोल भन्दै नाचेका थिए । यस्ता बिभिषण प्रबृतिका अस्वाभाबिक गोल बहादुरहरु बिभिन्न रुपमा बिभिन्न स्तरमा लुम्बिनीको सन्दर्भमा बारंबार देखा परिरहन्छन् र विस्वमा नेपालको पहिचानको मूलाधारको रुपमा रहेको लुम्बिनीको बिकासमा केही हुन लाग्यो कि त बिभिन्न बहानामा देखा पर्छन् ।

निश्कर्ष

यसरी लुम्बिनीको विकासमा बिभिन्न देश, बिदेशी संस्था र अन्तरास्ट्रिय संस्थाहरु निरन्तर लागिरहँदा पनि हामी नेपाली भने कानमा तेल हालेर बसेको देखिन्छ । बिदेशीको भनाइ र लेखाइ बेला बखतमा सुन्न र पढन पाईन्छ, यदि लुम्बिनी हाम्रो देशमा हुन्थ्यो भने हामी सुनै सुनले छापिदिन्थ्यौं । योभन्दा उपहास नेपालीको लागि अरु के हुन सक्छरु र पनि आफू पनि केही नगर्ने र अरुले लुम्बिनीमा केही गर्न लाग्यो भने पनि बिभिन्न बहानामा बिभिन्न रुप र स्तरबाट ब्यबधान सिर्जना गर्न र गराउन लाग्नेहरुको अभाव हामीकहाँ छैन । एकातिर भारत लुम्बिनीको समबन्धमा नेपालमा केही नहोस भन्ने चाहन्छ भने अर्कोतिर सीमित स्वार्थ र संकुचित घेराभन्दा माथि उठन नसक्ने रोगका कारण बाँदरको उखानलाई चरितार्थ बनाउँदै बिदेशीहरुको सामू समेत आफूलाई हास्यको पात्र बनाइरहेका छौं । तत्कालमा यस्ले सीमित स्वार्थ त पुरा गर्ला, तर ईतिहासमा आफूलाई कलंकित नबनाइ रहन सक्तैन भन्ने कुराको उनीहरुलाई हेक्क नै रहँदैन । अब पनि लुम्बिनीको बिकासमा चुक्यौं भने लुम्बिनी हाम्रो भन्ने अबसरबाट नचुकिएला भन्न् सकिन्न । यसैले आपसी आन्तरिक झगडा राष्ट्रिय मुद्धामा छचल्क्याउनु बुद्धिमानी कदापी ठहर्दैन ।

शान्तिका प्रतिमूर्ति बुद्धका कारण लुम्बिनी र यस्को वरिपरिको एकीकृत बिकास गर्न सहभागी हुन पाउनुलाई नै पनि धेरै देश र संस्थाहरु आफूलाई भाग्यमानी ठान्दा हाम्रोतर्फबाट भने उनीहरुको चाहना पुरा गर्नमा समेत यसरी खासै कार्यतत्परता नदर्शाइनु अत्यन्तै लज्जाजनक हो । संकुचित घेराभन्दा माथि उठन सक्नु आजको आवश्यकता हो । लुम्बिनी बिकासमा राष्ट्रिय र अन्तराष्ट्रिय ब्यक्तिको नेतृत्वको कारण देखा पर्दै आएको बर्तमानका सकारात्मक पक्षलाई सदुपयोग गर्न यो वा त्यो बहानामा ब्यबधान खडा गर्नुभन्दा मैले कसरी योगदान सक्छु भनेर नागरिकले नागरिकीय र जिम्मेवार पदमा बस्नेले पदीय दायित्वबोध गर्ने हो भने लुम्बिनी छिट्टै मेक्का मेदिना र भ्याटिकन सिटी जस्तै संसारभरिका पर्यटकहरुको लागि आकर्षणको केन्द्र बन्ने कुरामा सन्देह छैन । आफूले केही गर्न नसके पनि केही गर्न खोज्नेको लागि ब्यबधान सिर्जना नगरिदिंदा मात्रै पनि यस्ले सत्यका पर्यायबाची बुद्धमाथि उन्कै नामलाई दुरुपयोग गर्दै गरिएको घोर अन्यायको पनि बिस्तारै अन्त्य गर्दै जानेछ । यसो गर्न सकिएमा मात्रै सत्यका पर्यायबाची बुद्धमाथि साँचो अर्थमा आदर गरेको ठहरिनेछ ।

लुम्बिनीमा बिँड तात्यो, ताप्के तातेन :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview.

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: