Nepal – the country of the Buddha and the Mt. Everest

Peace comes from within. Do not seek it without – Buddha

“हाम्रो सिमानालाई मिचेको हो कि बेचेको हो ?”

Posted by Ram Kumar Shrestha on May 11, 2013


नेपालको सरकारी टेलीभिजन NTV , PLUS र अन्य नीजि टेलिभिजन च्यानलले प्रतिबंध लगाएको रास्ट्रिय भाब बोकेको “The Axe Band”को गीत “हाम्रो सिमानालाई मिचेको हो कि बेचेको हो ?” – शायदै नेपाल सरकारसंग यो प्रश्नको उत्तर होला । सरकारको अलावा जबाफ खोज्नु पर्ने अन्य बिभिन्न अंगहरुले पनि यस्को जबाफ खोज्नुलाई नागरिकीय दायित्वको रुपमा लिने छैनन । खुट्टा कमाउँदै “घ्याम्पो डरायो म त डराएन” भन्नेहरु चिन्न बाँकी छैनन अब हाम्रो सामु । ती सबै जमाना अनुसार बाँच्न जान्नेहरुका बीच बाँच्न नजान्नेहरुको दायित्व बन्न आएको छ “बेचेको हो वा मिचेको हो ?” प्रश्नको जबाफ खोज्ने जिम्मेवारी ।

सिमाना

हाम्रो सिमानालाई मिचेको हो कि बेचेको हो ?
पहिलो कुरा यो बुझ्नु छ चक्रब्युह कसले रचेको हो ?
टनकपुर र कालापानी मिचेको हो कि बेचेको हो ?
दोस्रो कुरा यो बुझ्नु छ सम्झौता कसले रचेको हो ?

पुर्खाले लडे नालापानी अब हामी लड्छौं कालापानी
नत्र हामी बाँच्नु नै धिक्कार हुन्छ
सधै छिमेकीको डर मानी मानी

सिमानाका किल्लाहरु दिनै पिच्छेकिन सर्छ
(हाम्रै बिचमा शत्रु भए त्यस्लाई चिन्दै मास्नु पर्छ )२
देश रहे पो हामी हुन्छौ यहि मन्त्र सबले जप्नु पर्छ
सिमानामा जंगे पिल्लर हैन बिशाल पर्खाल थप्नु पर्छ

पुर्खाले लडे नालापानी अब हामी लड्छौं कालापानी
नत्र हामी बाँच्नु नै धिक्कार हुन्छ सधै छिमेकीको डर मानी मानी

देशको नक्सा खुम्चि सक्यो सिमा बेच्दै खाइ सक्यो
सुस्त जाउ रगत बगाउ लड्ने बेला आई सक्यो
चिन्नै पर्छ अब हामी सबैले जो-जो हिड्छन् सधै बुई चढि
सपना मत्रै पार्दै हिँड्नेहरु ठुला बैरी त ति हुन बढि
पुर्खाले लडे नालापानी अब हामी लड्छौं कालापानी
नत्र हामी बाँच्नु नै धिक्कार हुन्छ सधै छिमेकीको डर मानी मानी

हाम्रो सिमानालाई मिचेको हो कि बेचेको हो
पहिलो कुरा यो बुझ्नु छ चक्रब्युह यो कसले रचेको हो
टनकपुर र कालापानी मिचेको हो कि बेचेको हो
दोस्रो कुरा यो बुझ्नु छ सम्झौता कसले रचेको हो
पुर्खाले लडे नालापानी अब हामी लड्छौं कालापानी
नत्र हामी बाच्नु नै धिक्कार हुन्छसधै छिमेकीको डर मानी मानी !!

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: