Nepal – the country of the Buddha and the Mt. Everest

Peace comes from within. Do not seek it without – Buddha

बुद्ध जयन्तीमा नयाँ परंपरा थालनीको अपरिहार्यता

Posted by Ram Kumar Shrestha on May 18, 2013


बुद्धको बिस्वब्यापी महत्वबाट लालायितहरुद्धारा सत्यका पर्यायबाची बुद्धको उन्कै नाममा असत्यको खेती गर्दै उन्को नामबाट नाजायज फयदा लिन बुद्ध जन्मस्थल बिषयमा सिर्जना गरिएको अनाबस्यक दिग्भ्रमले बिस्वब्यापी रुप लिएकोले बर्षेनी या त झुक्किएर या त झुक्याइएर बुद्ध जन्मस्थल जान चाहने हजारौंको संख्यामा गलत ठाउँमा पुग्ने वा पुर्याइने गरिन्छ । यस्ले उनीहरुको मानबाधिकार हनन भैरहेको छ । यसैले उनीहरुको मानबाधिकार हनन हुनबाट जोगाउन र सत्यको प्रतिरक्षार्थ पनि बुद्ध जयन्तीमा बुद्ध जन्मस्थल बिषयमा सिर्जित दिग्भ्रम निस्तेज पार्ने कामलाई प्राथमिकतामा पारिनु पर्ने अवस्था सिर्जना हुन आएको छ असत्य सत्य जस्तो देखाइने सिर्जित अवस्थाका कारण सत्यलाई सत्यकै रुपमा स्थापित गर्न । यसैले लुम्बिनी-कपिलवस्तु दिवस अभियान (पहिला कपिलवस्तु दिवस अभियान) शुरु भएपछिका बुद्ध जयन्ती मनाउने क्रममा बिभिन्न देशमा बुद्ध नेपालमा जन्मिनु भएको सन्देश संप्रेषण कार्य प्राथमिकतामा पर्न आएको छ ।

By रामकुमार श्रेष्ठ

Ramबुद्ध जयन्ती (बुद्ध पूर्णिमा या वेसाक) बौद्ध धर्ममा आस्था राख्ने बिस्वभरी छरिएर रहेका ५० करोडभन्दा बढीको लागिBuddha birth place सबैभन्दा ठूलो चाड हो भने बुद्धिज्मलाई धर्मभन्दा बढी बिज्ञानको रुपमा स्वीकार्ने लाखौंको लागि पनि त्यत्तिकै महत्वपूर्ण दिन हो । बिस्वब्यापी महत्वको यस दिनको एउटा अनौठो बिशेषता हो – बुद्धको जन्म, ज्ञान प्राप्ती र महापरिनिर्वाण तिनै महत्वपूर्ण घटना यही दिन अर्थात वैशाख पूर्णिमाको दिन हुनु । नेपालको लुम्बिनीमा ५६३ ई.पू. जन्मनु भएका सिद्धार्थ गृहत्यागपश्चात सात वर्षसम्म जंगलमा भटकिएर बोधगया अबस्थित पिपलको बोटमुनि कठोर तपस्या गरेपछि अंततः वैशाख पूर्णिमाका दिन बोधगयामा बुद्धत्व प्राप्त गर्नु भयो । त्यसै बेलादेखि यस दिनलाई बुद्ध पूर्णिमाको रूपमा मानिन थालिएको हो । यही पूर्णिमाको दिन ४८३ ई. पू. मा ८० वर्षको उमेरमा कुशीनगरमा महापरिनिर्वाण प्राप्त गर्नु भएको थियो बुद्धले । श्रीलंका र केही अन्य दक्षिण-पूर्व एशियाली देशहरुमा यस दिनलाई ‘वेसाक’ उत्सवको रूपमा मनाउने गरिन्छ जुन ‘वैशाख’ शब्दको अपभ्रंश हो । संयुक्त राष्ट्र संघको क्यालेण्डरमा पनि ‘वेसाक’ शब्दलाई नै प्रयोग गरिएको छ ।

बुद्धको बिस्वब्यापी महत्वबाट लालायितहरुद्धारा सत्यका पर्यायबाची बुद्धको उन्कै नाममा असत्यको खेती गर्दै उन्को नामबाट नाजायज फयदा लिन बुद्ध जन्मस्थल बिषयमा सिर्जना गरिएको अनाबस्यक दिग्भ्रमले बिस्वब्यापी रुप लिएकोले बर्षेनी या त झुक्किएर या त झुक्याइएर बुद्ध जन्मस्थल जान चाहने हजारौंको संख्यामा गलत ठाउँमा पुग्ने वा पुर्याइने गरिन्छ । यस्ले उनीहरुको मानबाधिकार हनन भैरहेको छ । यसैले उनीहरुको मानबाधिकार हनन हुनबाट जोगाउन र सत्यको प्रतिरक्षार्थ पनि बुद्ध जयन्तीमा बुद्ध जन्मस्थल बिषयमा सिर्जित दिग्भ्रम निस्तेज पार्ने कामलाई प्राथमिकतामा पारिनु पर्ने अवस्था सिर्जना हुन आएको छ असत्य सत्य जस्तो देखाइने सिर्जित अवस्थाका कारण सत्यलाई सत्यकै रुपमा स्थापित गर्न । यसैले लुम्बिनी-कपिलवस्तु दिवस अभियान (पहिला कपिलवस्तु दिवस अभियान) शुरु भएपछिका बुद्ध जयन्ती मनाउने क्रममा बिभिन्न देशमा बुद्ध नेपालमा जन्मिनु भएको सन्देश संप्रेषण कार्य प्राथमिकतामा पर्न आएको छ ।

बुद्ध जयन्ती छुट्टाछुट्टै मनाउने परंपरालाई बिस्तारै संयुक्त रुपमा मनाएर आवाज सशक्त बनाउने नयाँ परंपरा शुरु हुन थालेको छ । एकार्कामा प्रेम र आदर भाव राखिनु पर्ने बुद्धको शिक्षा प्रचार प्रसार गर्नेहरु नै एकार्कामा अहं भाव प्रदर्शन गर्नु अशोभनीय भएकोले अनेकतामा एकतालाई अंगीकार गर्दै संभब भएसम्म संयुक्त र संगठित रुपमा बुद्ध जयन्ती मनाउनुको सकारात्मक सन्देशतर्फ बौद्ध धर्माबलम्बीहरु सचेत र सजग हुनु नितान्त आबस्यक छ । यो बर्ष २५५७ औं बुद्ध जयन्ती मनाउनको लागि सिडनीमा न्यू साउथ वेल्सका लागि नेपाली कन्सुलेट, तमु समाज सिडनी, बुद्ध दर्शन समिति, तमाङ सोसाइटी न्यू साउथ वेल्स, गुठी अस्ट्रेलिया, मगर समाज अस्ट्रेलिया, पोखरा समाज सिडनी, म्याग्दी सेवा समिति, नवास, चिनारी नेपाल, शेर्पा किडोग सिडनी, थकाली समाज सिडनी, लुम्बिनी-कपिलवस्तु दिवस अभियान अस्ट्रेलिया राष्ट्रिय समिति र छन्त्याल परिवार सिडनी गरी चौध संस्थाहरु र इजरायलमा नेपाली राजदुताबास इजरायल, लुम्बिनी-कपिलबस्तु दिवश अभियान इजरायल रास्ट्रिय समिति, आदिबासी जनजाती महासंघ इजरायल, किरात राई यायोख्खा सोसाइटी इन इजरायल, नेवा खल इजरायल [नेवारी समाज], तामांग समाज इजरायल, शेर्पा संघ इजरायल, गुरुङ समाज, अन्तरास्ट्रिय कलाकार मंच, नारी आवाज, एनआरएनए इजरायल र विश्व नेपाली साहित्य महासङ्घ गरी १२ संस्थाहरु संयुक्त रुपमा जुटिरहेका छन । त्यसरी नै २५५७ औ बुद्ध जयन्तिको अवसरमा लिस्वन, ब्रसेल्स, टोकियो, मेलबर्न आदि ठाउँहरुमा बुद्ध नेपालमा नै जन्मेका हुन भन्ने सन्देशलाई समेत प्रचार प्रसार गरी बुद्ध जन्मस्थलबारे सिर्जित दिग्भ्रमहरु निस्तेज पार्न प्रयास गरिनेछ आ-आफ्नो स्तरबाट ।

ब्यापक जन दबाबका कारण जानकारी सच्याए पनि गुगल र वर्षेनी विश्वभरका करिव ६० लाखभन्दा बढी पर्यटकले अवलोकन गर्ने लन्डनस्थित ब्रिटिश संग्रहालयले पनि वुद्धलाई भारतीय परिचय दिएको, लाखौं बुद्धिस्टहरुमा समेत बुद्ध नेपालमा जन्मिएको भन्ने जानकारी नहुने मात्रै नभएर बौद्धमार्गीहरुका बीच अत्यन्तै सम्मानित मानिने रिङपोछेद्धारा समेत विस्वमा नै सबैभन्दा बढी पाठक भएको पत्रिकामध्येको अनलाइन पत्रिका हफिङ्टन पोस्टमा बुद्धबारे भ्रामक जानकारी सहित लेखहरु प्रकाशित गरिएको, मासिक संसारभरिका ११५ मिलियनभन्दा बढी जनताका बीच आफ्ना सामग्री लिएर पुग्ने ३५० भन्दा बढी टिभी स्टेशनहरुको सन्जाल पिबिएसले “द बुद्ध” फिल्ममा उहाँलाई भारती परिचय दिएको, थुप्रै देशको पाठ्य सामग्रीहरुमा बुद्ध नेपालमा नभएर भारतमा जन्मिएको उल्लेख गरिएको, न्यूजवीकका पूर्व संपादक एबं सिएनएनका कार्यक्रम प्रस्तोता जाकारीया जस्ता ब्यक्तिले आफ्नो पुस्तकमा बुद्धलाई भारती भनिएको जस्ता यथार्तताले बुद्ध जन्मस्थलबारे सिर्जित दिग्भ्रम विस्वब्यापी समस्या बनिसकेको प्रमाणित हुन्छ ।

तर अफसोच राज्यका महत्वपूर्ण अंगहरुबाट समेत यस्तो संबेदनशील बिषय प्राथमिकतामा नपर्नाले कैयौं नेपाली युनेस्कोले समेत लुम्बिनीलाई विस्व संपदा सूचिमा पारेकोले बुद्ध नेपालमा जन्मिनु भएको कुरा संसारलाई थाहा छ भन्ने भ्रममा छन ।

थुप्रै देशको पाठ्य सामग्रीहरुमा बुद्ध नेपालमा नभएर भारतमा जन्मिएको उल्लेख गरिएकोले करोडौं मानिसहरुले त्यही पढने गर्छन् । त्यसैले डा आरजु देउवा राणा, पूर्व मन्त्रीद्धय राजेन्द्र श्रेष्ठ र दीप कुमार उपाध्याय, प्रो डा कबिताराम श्रेष्ठ र अभियानका केही सदस्यहरु सहितको प्रतिनिधि मण्डलद्धारा तात्कालिन प्रधानमन्त्री माधव कुमार नेपाललाई बुझाईएको लुम्बिनी-कपिलवस्तु दिवस अभियानको बिस्व संयोजकद्धारा हस्तारक्षित ज्ञापन-पत्रमा दिइएको जोड “विभिन्न देशका पाठ्यपुस्तकमा बुद्धको जन्मस्थलको बारेमा भएका भ्रम निवारण गर्न कुटनीतिक नियोगहरु मार्फत् सम्बन्धित देशका सम्बन्धित निकायसँग कुराकानी अगाडि बढाउनु पर्छ ।“ ले सार्थक रुप नलिंदासम्म अन्य समस्या समाधानका उपलब्धीको आफ्नै महत्व हुँदाहुँदै पनि त्यस्को प्रभाबकारिता अंशिक मात्रै हुनेछ । कोरियाको पाठ्य पुस्तकमा भएको त्यस्तै गल्तीलाई सच्याउन कोरियाका लागि तात्कालिन राजदूत कमल प्रशाद कोइरालाले त्यहाँको राष्ट्रपतिलाई यसबारे चिठ्ठी लेखेपछि कोरिया सरकारले त्यहाँको पाठ्य पुस्तकमा भएको गल्ती सच्याउने निर्णय गरेको छ । अभियानले सरकारलाई बुझाएको ज्ञापनपत्रमा जोड दिइएको कुरालाई नेपाल सरकारले कार्यन्वयन नगर्दामा नै कोरियामा भएको यो उपलब्धी ऐतिहासिक हो ।

बुद्धको बिस्वब्यापी महत्वका कारण सीमित स्वार्थका लागि शक्तिका भरमा सत्यका पर्यायबाची बुद्धको उन्कै नाममा असत्यको खेती गरेर बुद्ध जन्मस्थलबारे बिभिन्न उपायद्धारा देखा पारिएको समस्याले बिस्वब्यापी रुप लिएको सन्दर्भमा कोरियाको पाठ्यक्रममा बुद्ध जन्मस्थलबारेको जानकारी सच्याउने जस्तो अत्यन्तै महत्वपूर्ण कार्यलाई अन्य देशमा पनि निरन्तरता दिन सकिएको खण्डमा यो नै बिस्वब्यापी यो समस्या समाधान गर्ने आधार हुने कुरामा सन्देह छैन । त्यसो नहुँदासम्म झुटोलाई दिन दहाडै बिभिन्न रुपमा बिभिन्न तवरबाट साँचो हो भन्नेहरुकै जटील प्रभाबकारी कार्यले निरन्तरता पाइरहेको बेलामा बहादुरहरुकै देशमा वास्तबिक सत्यलाई सत्य भन्ने बहादुरहरु पनि बिभिन्न कारणबश खटकिएको महसूस गरिएकोले पदमा बस्नेले पदीय दायित्व र पदमा नहुनेले नागरिकीय दायित्वको रुपमा वास्तबिक सत्यलाई सत्यको रुपमा चिनाउने कार्यमा सबै स्वत: स्फूर्त रुपमा लाग्नु पर्ने देखिन्छ । यस्तो गरिनु नेपालीको हैसियतमा मात्रै नभएर बिस्व नागरिकको हैसियतमा काम गरेको रुपमा लिइनु पर्ने हुन्छ बर्षेनी बुद्ध जन्मस्थल जान चाहनेहरु या त झुक्किएर या त झुक्याइएर हजारौंको संख्यामा गलत लुम्बिनी पुग्ने वा पुर्याइने भएकोले उनीहरुको मानबाधिकार संरक्षण गरिने भएकोले । अत: बिस्वभरिका करोडौंद्धारा मनाइने बुद्ध जयन्तीमा बुद्धप्रतिको सम्मान, बुद्धका सन्देशहरुको प्रचार प्रसारका साथै सत्यको प्रतिरक्षाका लागि सत्यका पर्यायबाची बुद्धको जन्मस्थलको पनि प्रचार प्रसार गरी बर्षेनी झुक्केर वा झुक्याइएर बुद्ध जन्मस्थल जान चाहनेहरुलाई गलत ठाउँमा जानबाट पुग्ने वा पुर्याइने कामको अन्त्य गरी उनीहरुको मानबाधिकार रक्षाको लागि कार्य गरिनुलाई पनि बुद्ध जयन्तीको एउटा अभिन्न अंगको रुपमा लिइनु पर्ने हुन्छ यो समस्यालाई निस्तेज नपारियुन्जेलसम्म ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: