Nepal – the country of the Buddha and the Mt. Everest

Peace comes from within. Do not seek it without – Buddha

तिमी मुस्कुराउँदै गर प्रियतम

Posted by Ram Kumar Shrestha on July 4, 2013


जुन पार्टीको सरकार भए पनि मेरो सुनुवाई नहुने भन्ने कुरै छैन । नेताहरु देश चलाउँछन हामी नेताहरु नचाउँछौं । आखिर इमान्दार नेता र कार्यकर्ताको गुन्जाइस कुन पार्टीमा पो छ र ? बुद्धको देशमा जन्मसिद्ध पाएको कुर्सी छोडेर जंगल जाने नयाँ बुद्ध फेरि के जन्मेलान र ? जसरी पनि कुर्सी हात कसरी लगाउने भन्नेमा नै सबै नेताको अधिकांश समय ब्यतित हुन्छ । यो हाम्रो लागि अत्यन्तै राम्रो अबसर हो ।

आजकाल झन्डै दैनिक जस्तै नियमित रुपमा ब्यक्ति र संस्थाहरुलाई हजारौं दान दिएको खबर राख्ने गरेको छु । यस्को लागि अनेक तिकडम गर्न माहिर आफ्नै मान्छेलाई मेरै नाममा खोलिएको ट्रस्टको प्रमुख बनाएर आएको छु । साँच्ची नै यसरी दैनिक रुपमा हजारौं चन्दा दिने हो नै भने त कुबेरकै ढिकुटी त रित्तिन्छ भने सक्कलीभन्दा पनि अक्कली काम नगरी यो सम्भबै छैन । 

By रामकुमार श्रेष्ठ

प्रियतम,
असीम प्यार!

071212_gaga1aमैले बारंबार भन्ने गरेको छु म यस धर्तीमा जन्मेको मेरो लागि होइन, तिम्रो लागि हो । म शरीर हुँ भने तिमी आत्मा हौ, म धर्ती हुँ भने तिमी आकाश, म मन हुँ भने तिमी मस्तिस्क । मलाई थाहा छैन म भनेकै तिमी हौ कि होइनौ, तर तिमी भनेकै म हुँ भन्ने मलाई लाग्छ र तिम्रा हरेक इच्छा आकांक्षा पुरा गर्नुलाई नै म आफ्नो दायित्व ठान्छु, कर्तब्य ठान्छु । एकदिन तिमीले मसंग ठूलो मान्छेकी श्रीमती हुने इच्छा जाहेर गरेकी थियौ र तिम्रो त्यही इच्छा पुरा गर्ने अभिप्रायले म हपहपी गर्मीको पर्बाह नगरी यो मरुभूमिमा म एक्लै फाल हालेको थिएँ आमा बाबाले पुल्पुल्याएर राखेकी एकलौटी छोरी तिमीलाई दु:ख पर्ला भनेर ।

मलाई थाहा छैन मानिसहरु तिमीलाई मेरो कमजोरीको रुपमा लिन्छन अथवा शक्तिको रुपमा, तर तिमी नै मेरो अजश्र शक्ति हौ भन्ने कुरामा मलाई पूर्ण विश्वाश छ । यो छोटो समयमा मैले तिम्रै इच्छा पुरा गर्ने क्रममा उल्लेखनीय उपलब्धी हासिल गरिसकेको छु । सीधा औंलाले घ्यू नआउने रहेछ भन्ने बुझेर यहाँ आएर घ्यू निकाल्ने धेरै तरीकाहरु सिकिसकेको छु । सबैभन्दा पहिला त आफ्नै कामदारहरुबाट फायदा लिने तरीकाहरु सिके । आफ्ना भएका कामदारलाई उनीहरु घर जाने बेलामा धेरै पैसा लैजान सुरक्षित रुपमा राखिदिने मीठो आस्वासन दिंदै पाँच – छ: महिनाको तलब रोकिदिने गरेको छु र उनीहरुकै पैसा लगानी गर्दै नयाँ बिजिनेस शुरु गरेर नयाँ कामदार थप्दै जान थालेको छु । यो तरीकाबाट त गजबकै आम्दानी पो हुँदो रहेछ त । निर्ब्याजी पैसाको लगानीबाट आम्दानी गजबकै हुने – आफ्नो बिजनेस पनि बढदै जाने, कामदार पनि बढदै जाने, आम्दानी पनि । म बिहानैदेखि राती अबेरसम्म खट्छु, तिमी यहाँ भएकी भए यसरी खटन कहाँ सकिन्थ्यो र त?

आफ्नो बिजिनेस बढन थालेपछि अरुलाई संयुक्त रुपमा काम गर्न लगानी गर्न लोभ्याउन सजिलो भयो । अरुलाई लगानी गर्न लगाएको पैसामा आफू डाइरेक्टर भएको तलब पनि लिने र अफिसको खर्चमा पनि शेयर गर्न लगाएर केही बर्षपछि ब्यापार घाटामा गएको देखाएर उस्लाई समका सम दिएर बिजिनेस बेच्दा घाटामा गएको बिजिनेसमा पनि लगानी गरेको सबै फिर्ता दिएको भनेर उता ऊ मख्ख यता यत्तिका बर्ष उस्को पैसा निर्ब्याजी लगानी गर्दै त्यसबाट तलब खाएको र अफिस खर्च गर्न पाएकोमा आफू मख्ख, नदेखिने गरी गरिने फायदाको त कुरो छँदै छ । ब्यापारमा उकालो लाग्न थालेपछि त गजबै पो हुने रहेछ बा । आजकाल त सामाजिक कामहरुमा अवस्था हेरी सानो ठूलो चन्दा दिन समेत शुरु पो गरेको छु त ।

म आफूले साझेदारी गर्न प्रस्ताब गर्नुभन्दा बढी अरुहरु नै मसंग साझेदारी गर्न लालायित हुन्छन आजकाल त मलाई सफल ब्यबसायी ठानेर । यसरी आउँदा अरु थोरै लगानी गर्नेहरुलाई कबुल गरेको पुरै पैसा पहिला नै चुक्ता गर्न लगाउँछु, म भने बढी लगानी गर्ने कबुलेर पहिला अरुबाट चुक्ता गरेको पैसा प्रयोग गर्दै आफू भने डाइरेक्टर भए बापत लिने तलब र सुबिधाबाट बिस्तारै शेयर चुक्ता गर्दै जान्छु । त्यसमाथि आफ्नै ठूलो शेयर भएको बैंक पनि भएकोले उनीहरुको शेयर त्यसैमा डिपोजिट गर्न लगाउने गर्छु र आफूले कबुल गरेको लगानी गरे नगरेको कुरो आफ्नै बैंक मार्फत अलि अलि चलखेल गर्न समस्या पनि हुँदैन । त्यस्तै परे शुरु गरिएको सोही कंपनी देखाएर अन्य लगानीकर्ताहरुले डिपोजिट गरेको पैसा नै लगानी गर्न पनि समस्या भएन । आखिर गरीबले सुन लगाए पनि नक्कली र धनीले लगाए नक्कली मोती पनि सक्कली हुने न हो – मेरो यथार्थता जे भए पनि मसंग पैसोको खानी नै छ भन्ने भ्रम अरुहरुमा छँदै छ । कहिलेकांही आफूले तिर्नु पर्नेलाई उल्टै आफूले लिनुछ भन्दा पनि धेरैले मेरै कुरालाई सही भन्ने अवस्था पनि बनाइसकेको छु । अवस्था हेरी त्यस्तै परे कहिलेकांही कम्पनी लिक्विडेशन गराएर फायदा लिने पनि गरेको छु । त्यस्तो गर्दा दोष जति कि त अरुलाई कि त सिर्जित परिस्थितिलाई दिने गरेको छु । के भयो र, हैसियत बनाइसकेपछि त जे भने पनि जे गरे पनि आँफै माथि पर्न सकिने रहेछ ।

प्रियतम,
आजकाल पत्र पत्रिका, रेडियो र टिभिहरु मेरो त अन्तरबार्ता लिन समेत लालायित छन । मैले केही महिनाभित्र मलाई यहाँ सम्मान गरिंदा बनाएर पठाएका दुई क्लिपहरुबारे बताएको थिइन । के तिमीले केही अनुमान गर्यौ? ती दुबै सम्मान म आँफैले आफ्ना मान्छेहरुलाई आबस्यक सबै खर्च दिएर आँफैले गर्न लगाएका सम्मानहरु हुन । त्यस्कै करामत हो आज यी तमाम संचारकर्मीहरु मसंग नजिकिनुको रहस्य । मेरो बिरोधमा कामदारहरु भाँडन खोज्नेको गाउँमा केही काम गर्न सानो रकम के दिएको थिएँ, यू-टर्न भैहाले । पछि फेरि सहयोग गर्ने आस्वासन दिएको थिएँ, उनीहरु त मलाई सम्मान गर्न चाहेको तर सामर्थ्य नभएको कुरो गरेपछि गोप्य रुपमा आँफैले खर्च दिएर सम्मान गर्न लगाएँ । उता पहिलादेखिका आफ्ना समर्थकहरु अत्तालिन थालेको बुझेर पुन: त्यही सूत्र लगाएर उनीहरुबाट पनि सम्मान लिएँ ।

आजकाल झन्डै दैनिक जस्तै नियमित रुपमा ब्यक्ति र संस्थाहरुलाई हजारौं दान दिएको खबर राख्ने गरेको छु । यस्को लागि अनेक तिकडम गर्न माहिर आफ्नै मान्छेलाई मेरै नाममा खोलिएको ट्रस्टको प्रमुख बनाएर आएको छु । साँच्ची नै यसरी दैनिक रुपमा हजारौं चन्दा दिने हो नै भने त कुबेरकै ढिकुटी त रित्तिन्छ भने सक्कलीभन्दा पनि अक्कली काम नगरी यो सम्भबै छैन ।

यहाँका अन्य मानिसहरु एउटै पार्टीका नेताहरुको मात्रै पछि लाग्छन, तर म त जुन पार्टीको प्रभाबशाली नेता आए पनि खुशी बनाएर पठाइदिने गर्छु । उनीहरुको मान्छेहरुलाई ल्याएर काम लगाइदिने र प्रत्येक पार्टीलाई सानो ठूलो चन्दा दिने गर्छु । त्यसैले प्रत्येक ठूला पार्टीसंग राम्रो सम्बन्ध छ मेरो । सबै पार्टीका नेताहरुसंग मेरो नियमित संपर्क हुने गर्छ । नेपालमा नदेखिने किसिमले बिदेशीहरुको पैसाको खोलो बगेको छ र ठाउँ ठाउँमा दह बनेका छन । ती दहहरु नेपालमा असुरक्षित हुने भएकोले हामीसंग मिलेर काम गर्न धेरै तयार छन । यसरी बिदेशबाट नदेखिने गरी नेपाल भित्रिएका रकमको खोलो यसरी बिदेश नै फर्किंदै छ । यसरी नेपाल भित्रिएको पैसा नेपाल बनाउन होइन नेपाललाई बिदेशीहरुको क्रिडास्थल बनाउँदै नेपाललाई कम्जोर बनाउने काममा जिम्मेवार देखिन्छ । त्यसैले अब मेरो बिजनेस गर्मीले हपहप्ती हुने मरुभूमिमा मात्रै सीमित नराखेर बिभिन्न देशमा बिस्तार गर्ने क्रममा छु ।

नेपालबाट आफ्ना सबै काम बिना रोकटोक गराउन बिभिन्न महत्वपूर्ण ठाउँहरुमा आफ्ना मान्छेहरु राख्न शुरु गरेका छौं । थाहा छ गत महिना हामीले दुई महत्वपूर्ण ठाउँको प्रमुखमा मेरा सहपाठीहरुलाई पदोन्नति गराउन सफल भएका छौं । यो क्रम जारी रहनेछ । जुन पार्टीको सरकार भए पनि मेरो सुनुवाई नहुने भन्ने कुरै छैन । नेताहरु देश चलाउँछन हामी नेताहरु नचाउँछौं । आखिर इमान्दार नेता र कार्यकर्ताको गुन्जाइस कुन पार्टीमा पो छ र ? बुद्धको देशमा जन्मसिद्ध पाएको कुर्सी छोडेर जंगल जाने नयाँ बुद्ध फेरि के जन्मेलान र ? जसरी पनि कुर्सी हात कसरी लगाउने भन्नेमा नै सबै नेताको अधिकांश समय ब्यतित हुन्छ ।  यो हाम्रो लागि अत्यन्तै राम्रो अबसर हो ।

अहिले रातको १२ बजेको छ । नेपालबाट एकजना बरिस्ठ नेताको फोन आएको छ । त्यसैले आगामी पत्रमा थप लेख्ने बाचा गर्दै अहिलेलाई बिदा !

तिम्रो मुस्कुरावट कायम गर्दै सपना पुरा गर्न प्रतिबद्ध तिम्रो उही
सपनाराज

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: