Nepal – the country of the Buddha and the Mt. Everest

Peace comes from within. Do not seek it without – Buddha

भित्र्याउनै पर्ने एउटा फरक संस्कार

Posted by Ram Kumar Shrestha on August 9, 2013


 State leader of opposition Daniel Andrews, MP and Shadow Minister for Seniors and Ageing Jenny Mikakos

State leader of opposition Daniel Andrews, MP and Shadow Minister for Seniors and Ageing Jenny Mikakos

केही घण्टा अघि मात्रै अस्ट्रेलियाको धनी राज्यको रुपमा मानिने भिक्टोरियाका प्रतिपक्षी नेता डानियल आन्ड्र्युज, छायाँ मन्त्री जेनी मिकाकोस र सांसद इयान ट्रेजिज उपस्थित हुने कार्यक्रममा आमन्त्रित गरिएको कारण उपस्थित हुन निर्धारित समयभन्दा करीब १५ मिनेट अघि पुग्दा सांसद इयान ट्रेजिज कार्यक्रमा तयारीमा आँफै जुट्दै गरेको पाएँ । बाँकी दुई बिशेष अतिथि आइपुगेपछि कार्यक्रम शुरु भयो । 

Ian Trezise, MP

Ian Trezise, MP

कार्यक्रमको सन्चालन सांसद इयान आँफैले गरेका थिए । अतिथिहरु बस्ने ड्यासमा अत्यन्तै सामान्य दुई टेबल, सामान्य मेचहरु, एउटा पानीको बोत्तल र एउटा गिलास देखिन्थे । यी सबै देख्दै गर्दा मेरो मानसपटल यो स्तरका नेताहरुको उपस्थिति हुँदा नेपालमा आयोजना गरिने कार्यक्रमको तामझाम चित्रण गर्न ब्यस्त थियो – राज्यको ढुकुटी प्रयोगद्धारा अघिपछि लाग्ने बनाइएका उपस्थित बहालवाला नेता र पूर्व सांसद एबं मन्त्रीका मान्छेहरु र पार्टी कार्यकर्ताहरु उपस्थित नेताहरुलाई खुशी बनाउन दौडधुप गरेका र खर्चिलो र भडकिलो ड्यास, रचनात्मक र ब्याबहारिक काम कुरो शून्य प्राय: भएका कार्यक्रम संचालक, प्रत्येक बक्ता र नेताहरुले अन्य नेता र पार्टीलाई गाली गर्दाका तालीका गडगडाहट सिनेमाका दृस्यहरु जस्तै गरेर आइरहेका थिए ।

यस अघि पूर्व प्रधानमन्त्रीका रुपमा बर्तमान प्रधानमन्त्री केभिन रुड उपस्थित हुँदा पनि यही भवनमा कार्यक्रम आयोजना गरिएको थियो, तर सो कार्यक्रममा पनि आमन्त्रण गरिए तापनि बोलाइएको समयभन्दा १५-२० मिनेट ढिला पुग्ने अवस्था सिर्जना भएको कारण सो कार्यक्रममा भने सहभागिता जनाइन । र पनि अनुमान लगाएँ सो कार्यक्रमको रुपरेखा आजकोभन्दा बिल्कुलै फरक नभएको ।

कार्यक्रममा अत्यन्तै चर्का बिरोधका कुराहरु भएनन, अत्यन्तै व्याबहारिक बिषयबस्तुमा छलफल भए । कार्यक्रमको समाप्तीपछि अस्ट्रेलियाको बिषयबस्तुमा प्रकाशित दुई लेखहरु दुई कपी मात्रै प्रिन्ट गरेकोले डानियल र जेनीलाई दिएँ सांसद इयानलाई ईमेल मार्फत पठाउने जानकारी दिंदै । अस्ट्रेलियाकै बिषयमा प्रकाशित मेरो अर्को लेख प्रिन्ट नगरेको जानकारी दिएपछि छायाँ मन्त्री जेनीले ईमेल गर्न बिजनेस कार्ड दिइन भने प्रतिपक्ष नेता डानियलकी निजी सचिबको रुपमा कार्यरत सल्लाहकार अंबर सेटछेलले ईमेल र फोन गर्नु भनी आफ्नो बिजनेस कार्ड दिइन डानियलको तर्फबाट ।

गरीब देशको धनी राजा भनेर भनिने देशमा गरीब देशको धनी नेताहरु र पार्टीहरुको देशले थाम्न नसक्ने यस्ता असान्दर्भिक र नसुहाउँदो तडक, भडक र रबाफलाई धनी र बिकसित देशका यस्तो व्याबहारिक संस्कारले प्रतिस्थापन नगरेसम्म देश अगाडि बढन सक्तैन । एकचोटी सांसद र मन्त्री भएपछि राज्यको ढिकुटीको दुरुपयोग गर्दै तयार पारिएका अगाडि पछाडि गर्नेहरुको रबाफमा आजीवन जिउने हाम्रो संस्कारको अन्त्य आफू आबद्ध नभएको पार्टीको मात्रै बिरोध गरेर आ-आफ्नो झुण्डमा रमाउनेहरुमा पनि परिवर्तन नआएसम्म सम्भब छैन । त्यसैले आफ्नाहरुको तालीमा रमाउने र हराउने नेताहरु जति देशको दुर्गातिको लागि भागीदार छन त्योभन्दा कम उनीहरुलाई ताली दिएर उक्साउनेहरु पनि छन भन्न सकिन्न । आदर गर्न लायक नेताहरु खटकिएको बर्तमान अवस्थामा सबै पार्टीभन्दा माथि उठेर सोच्न सकिएन भने नेताहरु बोत्तल फेरिएका पुराना रक्सी बनिरहने भएकोले देशले थेग्न नसक्ने गरीब देशका महंगा नेता र कार्यकर्तालाई सही दिशामा ल्याउन हाम्रो सोंच पनि फराकिलो बनाउनै पर्छ ।

Facebook

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: