Nepal – the country of the Buddha and the Mt. Everest

Peace comes from within. Do not seek it without – Buddha

सिडनीमा १९औं विश्व आदिवासी दिवस

Posted by Ram Kumar Shrestha on August 12, 2013


Adibasi2

सिड्नी,श्रावण २७: अष्ट्रेलियामा रहेका नेपालीहरुले १९औं विश्व आदिवासी दिवस मनाएका छन नेपाली कला, सँस्कृति र परम्परालाई चिनाउँदै । नेपाली माहाबाणिज्य दुताबास एनएस डब्लु र आदिवासी जनजाती मञ्च अष्ट्रेलियाको आयोजनामा पिटर श्याम टाउन हालमा भएको कार्यक्रममा नेपाली परम्परा, कला सँस्कृति र भेषभुषा झल्कने साँगितिक प्रस्तुति प्रदर्शन गरिएको थियो । यसका साथै कार्यक्रममा सहभागी अन्य देशका सहभागीहरुले पनि आफ्नो परम्परा र कला सँस्कृति झल्कने प्रस्तुती पेश गरेका थिए । कार्यक्रममा सहभागी हुन आएका अष्ट्रेलियन सरकारका आप्रवास तथा नागरिकता मन्त्री टोनी बर्कले नेपाली समुदायले अष्ट्रेलियालाई बहुसाँस्कृतिक देश बनाउन महत्वपूर्ण योगदान पुरयाएको बताउँदै यसले ठूलो महत्व राखेको धारणा राखेका थिए । उनले विशेष गरेर आदिवासीहरु जागरुक र कर्मशील हुने बताउँदै यसले देश बिकासमा महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए ।

Adibasi

प्रत्येक बर्ष मनाइदै आएको आदिवासी दिवसका लागि यसबर्ष अष्ट्रेलियन सरकारले समेत सहयोग प्रदान गरेको थियो । कार्यक्रममा बंगलादेश, कुक आइलेण्ड लगायतका देशबाट सहभागिता जनाउन आएका आदिवासीहरुले समेत कार्यक्रम प्रस्तुत गरेका थिए । यसका साथै नेपालीहरुको तर्फबाट तामाङ, राई, किराँत, थारु, नेवा:, गुरुङ लगायतका बिभिन्न जातजातीले आफ्नो परम्परामा उनीहरुले नेपालको झल्को दिएका थिए । कार्यक्रममा सहभागी हुन आएका बिभिन्न देशका आदिवासी नेताहरुले विश्वका आदिवासीहरुको हकहितको बारेमा बोलेका थिए । कार्यक्रममा नेपाली महावाणिज्यदुत दीपक खडका, साँसद चाल्र्स कासुक्सेल्ली, नेसनल काँग्रेस अष्ट्रेलियाका सह अध्यक्ष लेस मजेलेर र म्यारिकभिल काउन्सिलका मेयर भिक्टर मक्री लगायतका ब्यक्तिहरुले आदिवासी हकहितको बारेमा बोलेका थिए । संस्थाका अध्यक्ष गणेश तामाङद्धरा धन्यबाद प्रकट गरिएको थियो ।अष्ट्रेलिया सरकारका मन्त्री तथा साँसदहरुको समेत उपस्थितिले विश्व भाइचारा कायम गर्ने उद्धेश्यमा थप टेवा मिलेको छ । कार्यक्रममा अस्ट्रेलियामा रहेको बिभिन्न नेपाली संस्थाका बिशेष ब्यक्तिहरु सहित करिब ६ सयभन्दा बढीको सहभागिता थियो । कार्यक्रममा नेपालबाट आएका युवा गायक प्रमोद खरेलले साँगीतिक प्रस्तुति प्रस्तुत गरेका थिए ।

Adibasi3

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: