Nepal – the country of the Buddha and the Mt. Everest

Peace comes from within. Do not seek it without – Buddha

भारतीय अतिबादीको अर्को रुप: ‘मेरा इन्डिया’ मा माछापुच्छ्रे (भिडियो सहित)

Posted by Ram Kumar Shrestha on August 12, 2013


Mera India

भारतप्रति सकारात्मक दृष्‍टिकोण बनाउन खोज्दाखोज्दै पनि कुनै पनि छिमेकी देशले त्यो अबसर प्राप्त गर्न सकेको छैन । असल छिमेकीको रुपमा नभएर ठूलो दाइको रुपमा भारतले दक्षिण एशियाका सबै छिमेकी राष्ट्रहरुसंग निर्बाह गर्दै आएको भूमिकाका कारण कुनै पनि छिमेकी राष्ट्रहरुसंग वास्तबमा उस्को खासै राम्रो संबन्ध भएको अनुभब कसैले पनि गर्न पाएका छैनन जुन छिमेकी राष्ट्रहरुको लागि मात्र नभएर भारतकै हित बिपरीत पनि देखिन्छ । किनकि प्रथमत: भारतको आफ्नै आन्तरिक समस्या उस्को लागि काफी छ भने दोस्रो अरुको अधिनमा रहेका सबै जसो मुलुकहरु धमाधम स्वतन्त्र भैरहेको बेलामा भारत भने एकासौं शाताब्दीमा भएको कुरा बिर्सेंर पुरातनबादी सोंच अनुरुप स-साना र कमजोर छिमेकीहरुलाई अझ दु:ख दिदैं कमजोर बनाइराख्ने अथवा सिक्किमिकरण र भुटानिकरण दोहोर्याउने प्रयासमा लाग्नु कत्तिको दूरदर्शी सोंच मान्न सकिएला त ? र तेस्रो, भारत आफै कुनै समय वेलायतको उपनिबेश रहेको कारण त्यस्तो अवस्थामा रहनु पर्दाको अनुभव अरुले कस्तो गर्छ र परिणाम के हुन सक्छ भन्ने कुराको अनुभब ऊसंग छ र पनि सबै छिमेकी राष्ट्रहरुप्रति उस्ले अख्तियारी गरिरहेको रणनितिको परिणाम कुनै न कुनै समयमा कत्तिको प्रत्युत्पादक हुन सक्छ भन्ने कुरामा ध्यान दिएको देखिन्न । शक्ति बिस्तारमा लाग्नेहरुको एउटा बिशेषता के हो भने ठूलो पाठ लिनै पर्ने परिस्थिति सिर्जना नहुन्जेल महत्वाकांक्षा पुर्तिका खातिर अगाडि बढने क्रम रोकिदैन र त्यो अवस्थामा पुग्दा न्याउरी मारी पछुतो गर्नुको बिकल्प रहन्न । थाहा नपाउनेभन्दा थाहा पाइ पाइ थाहा नपाएको जस्तो गर्ने प्रबृतिनै समस्याको डरलाग्दो र मूल जड हो र यही प्रबृतिको कारण नै बिस्व जटील समस्याको भुमरीमा नराम्ररी रुमल्लिएको देखिन्छ ।

२००९ मा भारतीय ज्यादती अति नै बढेकोले नेपालीहरुले त्यस्को बिरोधमा सामाजिक सन्जाल मार्फत चौबिसै घण्टा लगातार बिस्वभरिबाट बिरोध कार्यक्रम सन्चालन नै गरेका थिए ।

बिशेष गरी नेपालको भू-राजनितिक अवस्थाको कारण नेपालको आफ्नो जुन कम्जोरी छ त्यस्को नाजायज फायदा भारत बारंबार लिने गर्छ । कहिले काठमाण्डौ, पोखरा, गोर्खा जस्ता देशको बीच भागमा पर्ने जिल्लाहरु पनि भारतमा परेको देखाउँछ इन्जिनियरिङ्ग ह्याण्डबुकमा त कहिले सगरमाथा पनि आफ्नै हो भन्न पुग्छ, कहिले यूरोपमा नेपाली कार्पेटले राम्रो बजार लिएको बेलामा नक्कली कार्पेट बनाएर “Made in Nepal” लेखेर यूरोप पठाएर नेपाली कार्पेटको अन्तराष्ट्रिय बजार बिगारिदिन्छ त कहिले संपूर्ण बिस्व मान्यताको बिपरित नक्कल्ली लुम्बिनी र नक्कल्ली कपिलवस्तु नै बनाएर वुद्ध भारतमा जन्मेको भन्न संकोच नै मान्दैन । वुद्धको बिस्वब्यापी महत्वबाट लालायित भएर नक्कल्ली लुम्बिनी र नक्कल्ली कपिलवस्तु नै बनाएर वुद्ध भारतमा जन्मेको भनेर बिस्वलाई ढाँट्ने काममा नेपालीहरुको विस्वब्यापी बिरोधका कारण बुद्धिज्म भारतमा जन्मेको भन्ने किसिमले पछाडि हटन वाध्य भएको छ भारत अहिले । बिदेशमा नेपाली नभएको बेलामा नेपाल नै भारतको प्रान्त हो भन्ने गरेका पनि थुप्रै भेटिएका छन । त्यसैले भारतीहरुको यो नियतका कारण नेपाली र छिमेकीहरुबाट मात्रै नभएर अधिकांश देशमा आलोचित भएको पाईन्छ उनीहरुको व्यबहारका कारण । यस्लाई सामान्यिकरण गर्न नखोज्दा नखोज्दै पनि यो सामान्यिकरण हुन पुगेको छ । अस्ट्रेलियामा त उनीहरुकै कारण इमिग्रेशन नियममा नै परिवर्तन पनि गरियो । त्यसैले भारतलाई “नक्कली कामको बादशाह” पनि भन्ने गरेको पाईन्छ ।

हालै भारत प्रवर्द्धन गर्ने उदेश्य बोकेको ‘मेरा इन्डिया’ बोलको एक हिन्दी गीतको भिडियोमा नेपालको माछापुच्छ्रे हिमालको प्रयोग गरिएको छ । भारतको ६७ औँ स्वतन्त्रता दिवसका सन्दर्भमा भारतीय वन्यजन्तु तथा प्राकृतिक भूविविधता प्रवर्द्धनका लागि एनिमल प्लानेटको हिन्दी च्यानलबाट १५ अगष्टदेखि प्रसारणको तयारीमा रहेको ‘ये मेरा इन्डिया’ नामक कार्यक्रमका लागि तयार गरिएको तीन मिनेटको उक्त म्युजिक भिडियोमा झन्डै तीनसेकेन्डसम्म माछापुच्छ्रे हिमाल देखाइएको छ । यसवारे पर्यटन मन्त्रालय र परराष्ट्र मन्त्रालय यसवारे हालसम्म अनभिज्ञ नै रहेको कुरा प्रकाशमा आएको छ । यस्तो संबेदनशील बिषयबस्तुमा संधै जन दबाबपछि मात्रै केही गर्न खोजिएको वा बुझ्न खोजिएको परंपरा तोडी सरकार आँफैले यस्तोमा पहलकदमी गर्ने कहिले?

हेर्नुहोस् भिडियोमा

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: