Nepal – the country of the Buddha and the Mt. Everest

Peace comes from within. Do not seek it without – Buddha

लुम्बिनी गेट अर्थ संकलनमा अस्ट्रेलियाका विद्यार्थीहरुको ऐक्यबद्धता

Posted by Ram Kumar Shrestha on September 5, 2013


Lumbini Gate

Puja५ सेप्टेम्बर, २०१३ जिलोङ, अस्ट्रेलिया: भारतीय नाकाबाट नेपाल आएर लुम्बिनी भ्रमण गर्ने विदेशीPurak पर्यटकलाई यो नेपालको भुमी हो भन्ने ज्ञान दिने कुनै किसिमको संकेत सिमानादेखि लुम्बिनी परिसरसम्मै कुनै पनि निकायबाट व्यवस्था नगरिएको हुँदा ०६८ फाल्गुण ११ गते लुम्बिनी कपिलवस्तु दिवस विश्व अभियानका भ्रमण टोलीले लुम्बिनी परिसरको गेट नं ६ मा नेपाल हो भन्ने अनुभूति गराउने लुम्बिनी भ्रमण वर्षको फे्लक्स व्यानर टाँसेको थियो जसमा Welcome to Nepal the Birthplace of Lord Buddha भन्ने वाक्यांश अंकित थियो । तर यो अस्थाइ प्रकृतिको भएको हूँदा यसै अभियानका अभियन्ता स्काउट दूत किशोर कुइंकेलले भारतीय सीमायता स्पष्ट नेपाल प्रवेशको अनुभूति दिने स्थायी स्वागतद्वार बनाउन सरकारलाई सगाउने योजनासाथ स्थानीय बुद्ध आदर्श उच्च माविका विद्यार्थीहरु माझ खाजा रकमबाट रु को चन्दा आह्वान गरे । विद्यार्थीहरुले हार्दिकतासाथ सहयोग गरे र रु १००/- जति चन्दा संकलन भएको थियो । यो अभियान देशका अरु विद्यालयमा पनि निरन्तरित हुने घोषणा त्यसै बेला प्रस्तावक विद्यार्थीले गरेका थिए ।

सो अभियानमा काठमाण्डौंका बिभिन्न विद्यालय र कालेजहरुले पनि ऐक्यबद्धता जनाएका छन । प्रिसियस नेशनल कलेज, म्हैपीको प्राङ्गणमा विद्यार्थीहरुले लुम्बिनी गेट निर्माणको लागि सरकारलाई सहयोग पुर्याउने हेतुसाथ आफ्ना खाजा रकमबाट रु. ४१५/– र यस अघि काठमाडौँमै गोकर्णेश्वर महादेव मा.वि., सहयोगी उच्च मा.वि., वर्ल्ड युथ इन्टरनेशनल स्कूल र श्वर्ण शिक्षा इ. स्कूलका विद्यार्थीहरुबाट अन्दाजी थप १००० रुपैयाँ संकलन गरिएको थियो ।

संकलित रकम सरकारलार्इृ औपचारिक रुपमा हस्तान्तरण गर्ने योजना रहेको छ । 

नेपालमा लुम्बिनी गेटको लागि शुरु गरिएको बिध्यार्थी खाजा खर्चबाट रु १ अभियानमा ऐक्यबद्धता जनाउँदै अस्ट्रेलिया निवासी पूजा श्रेष्ठ र पुरक श्रेष्ठले जनही ५० अस्ट्रेलियन डलरका दरले १०० अस्ट्रेलियन डलर प्रदान गर्ने निर्णय गरेका छन । पूजा श्रेष्ठ लुम्बिनी-कपिलवस्तु दिवस अभियानका विस्व संयोजक रामकुमार श्रेष्ठ र श्रीमति प्रभा श्रेष्ठकी छोरी हुन भने पुरक श्रेष्ठ  छोरा ।

Lumbini Gate in Lumbini

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: