Nepal – the country of the Buddha and the Mt. Everest

Peace comes from within. Do not seek it without – Buddha

अस्ट्रेलियाको सिडनीमा गजल सन्ध्या २०१३

Posted by Ram Kumar Shrestha on October 3, 2013


Gajal1

अस्ट्रेलियामा नेपाली साहित्य अन्तर्गत मुख्य रुपमा गजल विधाको प्रबर्द्धन र प्रसार गर्ने उद्धेश्यले आयोजित गजल सन्ध्या “अलङ्कार” अत्यधिक  सफलतापूर्बक गत आइतवार सम्पन्न भएको छ। अन्तर्रास्ट्रिय नेपाली साहित्य समाज (अनेसास), एनएसडब्लु, अस्ट्रेलियाको आयोजनामा सिड्नीको क्यांटेबारी सामुदायिक हलमा  सम्पन्न सो  गजल सन्ध्यामा दुई दर्जनभन्दा बढी प्रभावशालि गजल वाचन गरिएका थिए भने संगीतमा स्नातकोत्तर गरेका प्रतिभाशाली गायक आशिष श्रेष्ठको स्वरमा गाइएका चर्चित गजलहरूले उपस्थित जनसमुदायलाई प्रचुर मनोरन्जन दिलाएको थियो ।

हास्य ब्यङ्य, करुणा,रास्ट्र प्रेम तथा विभिन्न अलंकारमा रचित रचनाहरूले कहिले दर्शकहरूलाई पेट मिचीमिची हसाएको थियो भने कहिले करुणाले मन पगालेको थियो । कुशल ब्यवस्थापन, सङितकार, ध्वनि संयोजन, गायन, वाचन, संचालन, जलपान, दर्शकको वाक्लो उपस्थिति लगायतका समुचित तालमेलबाट सम्पन्न भएको सो  कार्यक्रममा दर्शकहरु शुरुदेखि अन्तिमसम्म  शान्त  भएर गजलपान गरिरहेका देखिन्थे ।

अस्ट्रेलियामा नेपाली साहित्यको उचाइलाई थप आयाम दिन जन्माइएको यो कार्यक्रमले नेपाली भाषा साहित्यका साधकलाई राम्रो स्थान दिएको बताए नेपालदेखि अस्ट्रेलियामा आउनु भएका साहित्यकार खेम शर्माले । कार्यक्रममा समुदायका तर्फबाट डा नारायण प्रधान, गैरआवसिय नेपाली संघ अस्ट्रेलियाका अध्यक्ष महेन्द्र ओली, प्रतिक्ष्या पाण्डे, नारी निकुन्जका अध्यक्ष सुमित्रा विस्ट, नेपाली आदिवासि जनजाति मन्च अस्ट्रेलिया (निन्फा ) का शशि राई, लील गुरुङ लगायत विभिन्न संघ सस्थाका पदाधिकारि सो अवसरमा सहभागि थिए ।

गायक श्रेष्ठको सुमधुर स्वरमा सजिएको गजलहरूले दर्शकहरूलाई अवेरसम्म नचाएका थिए । अनेसासका अध्यक्ष भीमसेन सापकोटाद्धारा सन्चालित सो रसिक सन्ध्या महासचिव सानु घिमिरेको स्वागत शब्दहरूबाट प्रारम्भ भएको थियो भने सो अवसरमा अस्ट्रेलिया र अस्ट्रेलिया बाहिरका सहित्यकारहरूको समेत कृति गायन र  वाचन गरिएको थियो । कार्यर्कमका दर्शक तथा ब्यबसायी मेघराज श्रेष्ठ भन्छन्, “कार्यक्रमको शुरुदेखि अन्त्यसम्म आनन्दित भएर बसेको यो नै मेरो पहिलो कार्यक्रम हो, जहां कुशल ब्यवस्थापन, हसाउने र रुवाने गीत र गजल सुन्न पाइयो ।  यस्ले नेपाली समुदायमा खड्केको भाषा र साहित्यको पाटो परिपूर्ति गरेको छ।”

प्रस्तोताहरूको कुशलताका कारण ब्यस्त शहर सिडनिमा पनि दर्शकहरू घन्टौसम्म काव्यात्मक मनोरन्जन लिईरहेका थिए । अनेसासले कार्यक्रम सफल पार्न हरेक क्षेत्रबाट योगदान पुर्याउने आफ्ना सदस्य परिवार, सम्पुर्ण गजलकार, सर्जक लेखक, गायक, वाद्यवादक, प्रायोजक, सम्पुर्ण अतिथि, सहयोगि शुभचिन्तक हरूमा हार्दिक आभार प्रकट गरेको छ।

कार्यक्रमलाइ सिड्नी बिजनेस हाउस ,एभरेस्ट कम्युनिकेशन तथा मनि ट्रान्स्फर, एभरेस्ट तन्दुरि, मण्डला कन्सल्टेन्सि,फोर नेसनस  एजुकेसन कन्सल्टेन्सी लगायतले प्रायोजन गरेका थिए ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: