Nepal – the country of the Buddha and the Mt. Everest

Peace comes from within. Do not seek it without – Buddha

Archive for November, 2013

लुम्बिनी-कपिलवस्तु दिवस अभियान : हिजो, आज र भोलि

Posted by Ram Kumar Shrestha on November 30, 2013

वुद्ध नेपालमा जन्मनु भएको प्रमाणित भैसकेको ।……अभियानको उद्धेस्य बुद्ध नेपालमा जन्मनु भएको प्रमाणित गर्ने नभएर बुद्ध जन्मस्थल बिषयमा सिर्जित दिग्भ्रम निस्तेज पार्नु हो

अभियानले गुगल र फेसबुकमा क्रान्ति नै ल्यायो ।

अभियान नयाँ चरणमा प्रबेश गरेको छ ।

यो कसैको लागि नभएर आफ्नो क्षमतानुरुप जस्ले पनि केही न केही गर्न सक्ने माटोको ऋण चुक्ता गर्ने एउटा अबसर हो ।

रामकुमार श्रेष्ठ, लुम्बिनी-कपिलवस्तु दिवस अभियान विस्व संयोजक

वुद्ध जन्मस्थल बिषयमा सिर्जित दिग्भ्रमले बिस्वब्यापी रुप लिंदासम्म पनि वुद्ध जन्मिनु भएकै देशका तर्फबाट भने देखा परेको सर्बपक्षीय मौनताका कारण सीमितRam Kumar Shrestha साधन र श्रोतका बाबजुद क्षमताले भ्याएसम्म सिर्जित दिग्भ्रम निस्तेज पार्ने अभिप्रायले बिभिन्न देशमा छरिएर रहेका नेपालीहरुको पहलमा सूत्रपात भएको लुम्बिनी-कपिलवस्तु दिवस अभियानले आफ्नो पाँचौं बार्षिकी मनाउने तयारी गर्दासम्म अभियानको उद्धेस्य प्राप्तीका दृष्‍टिकोणले अनपेक्षित तवरबाट उल्लेख्य उपलब्धीहरु हासिल गर्न सफल भएको छ । बुद्ध लुम्बिनीमा जन्मेका हुन भन्ने सबभन्दा राम्रो प्रमाण अशोक स्तम्भलाई १ डिसेम्बर १८९६ मा जर्मन पुरातत्वबिद अण्टोन फुहररले बिस्व सामू ल्याएको दिनलाई महत्व दिनु उपयुक्त र सान्दर्भिक हुने ठहर गरी यो दिनलाई कपिलवस्तु दिवसको रुपमा मनाइएको थियो । धेरै शुभ चिन्तकहरुको सुझाबलाई ध्यानमा राखेर अभियानको तेश्रो बार्षिकोत्सब मनाउने क्रममा अभियानको नाम “लुम्बिनी-कपिलवस्तु दिवस अभियान”मा परिवर्तन गरिएको हो ।

कार्यक्रमलाई निरन्तरता दिन संस्थागत गरिनु पर्ने भएका कारण सन २०१० मा दुई चरणमा विश्व कार्य समिति गठन गरेपस्चात यो छोटो समयमा नै स्पेन, बेल्जियम, वेलायत, क्यानडा, न्यूजिल्याण्ड, ताईवान, डेनमार्क, नेपाल, अस्ट्रेलिया, मलेशिया, कम्बोडिया, भियतनाम, जर्मन,  इजरायल, स्वीटजरल्याण्ड, पोल्याण्ड, नेदरल्याण्ड, नर्बे गरी अठार देशमा राष्ट्रिय समिति, तीन देशमा स्टेट स्तरीय समिति, स्कटल्याण्ड र मेलबर्नमा बिस्वबिध्यालयहरुमा, नेपालमा पत्रकार र पर्यटन ब्यबसायीको र लुम्बिनीमा स्थानीय समितिहरु गठन भएका छन भने एनआरएनसंग संयुक्त रुपमा लुम्बिनी प्रबर्द्धन अन्तरास्ट्रिय समिति पनि गठन भएको छ । अमेरिका र केही युरोपेली देशहरुमा राष्ट्रिय समिति गठनको तयारी भैरहेको छ ।

अभियानको उद्धेस्य प्राप्तीमा प्राप्त भएका उपलब्धिहरुलाई बिस्तृत रुपमा भन्दा संक्षेपमा बुँदागत रुपमा प्रस्तुत गरिनु बढी सान्दर्भिक ठहर्ला ।

१. जन चेतना जगाउने: नक्काली लुम्बिनी र नक्कली कपिलवस्तु निर्माण कार्य करीब ८०% सम्पन्न भैसकेको खबर अनलाइन खबर पत्रिकाले प्रकाशित गर्दासम्म पनि देखिएको एक किसिमको सर्बपक्षीय मौनताको कारण नेपालीहरु त्यसबारे अनभिज्ञ हुनु स्वाभाबिकै भएकोले अभियानको शुरुका केही बर्ष तात्कालिन रुपमा देखा परेका बिभिन्न समस्या समाधानका खातिर प्रयासरत रहँदै र बुद्धको बिस्वब्यापी महत्वबाट लालायितहरुले शक्तिका भरमा नाजायज तबरबाट बुद्धको नामबाट फायदा लिन गरेको त्यस किसिमको निर्माण कार्यको बिरोध गर्दै बिभिन्न किसिमबाट जन चेतना जगाउनमा नै केन्द्रित भयो । सामाजिक सन्जाल, आफ्नो ब्लग, सन्चारका माध्यमहरु र बिभिन्न किसिमका कार्यक्रमहरु यस प्रयोजनका लागि साधन बने ।                 Read the rest of this entry »

Posted in लेख/ रचना /निबन्ध | Leave a Comment »

‘Exciting’ Discovery At Buddha’s Birthplace

Posted by Ram Kumar Shrestha on November 26, 2013

After a three-year dig, archaeologists may have found the Buddha’s exact birthplace and more details about when he was born.

Thai monks gather on walkways around the Maya Devi Temple, where archaeologists have been excavating an ancient shrine. Pic: Ira Block/National Geographic

Thai monks gather on walkways around the Maya Devi Temple, where archaeologists have been excavating an ancient shrine. Pic: Ira Block/National Geographic

The shrine is once thought to have contained the tree beneath which the Buddha was born. Pic: Ira Block/National Geographic

 The shrine is once thought to have contained the tree beneath which the Buddha was born. Pic: Ira Block/National Geographic

Read the rest of this entry »

Posted in Global | Leave a Comment »

Big queue to look at former PM Julia Gillard’s Altona house as it goes for sale (Video)

Posted by Ram Kumar Shrestha on November 24, 2013

  • NATHAN MAWBY
Plenty peek at the house of Julia

People line up to inspect Julia Gillard’s former home in Altona. Source: News Corp Australia

FORMER prime minister Julia Gillard is cashing in on her Altona home, and dozens of sticky beaks were poking around her property when it opened for inspection for the first time.

Investors were also among the 100-strong crowd on Saturday to inspect the property at 9 Medford St.

A queue stretched almost to the end of the driveway when the house opened 15 minutes ahead of schedule at 3.15pm.

Cathy Meilak, from nearby Altona Meadows, said: “If I had the money I’d buy it tomorrow.

“I may sell my other couple of properties I have for this one.”

Anne Tabone, an Altona resident of 68 years, anticipated the Gillard factor would impact the price: “I like that house, I’m willing to pay eight.” Read the rest of this entry »

Posted in Article | Tagged: , , , | Leave a Comment »

निर्वाचन धाँधली भन्नेहरुका आधारहरु के के हुन त ? (अडियो सहित)

Posted by Ram Kumar Shrestha on November 22, 2013

Electionसंबिधान सभा निर्वाचनको प्रारंभिक मत परिणामका पछाडि ब्यापक धाँधलीको आरोप लगाउँदै परिणामप्रति असहमति जनाएर एमाओबादीले पत्रकार सम्मेलन समेत गरेपस्चात देशमा एउटा गंभीर परिस्थिति सिर्जना भएको छ । अब देशले संबिधान पाउने कुरामा द्धिबिधा छ । के छन त धाँधली आरोप लगाइनुका कारणहरु?
१) मत पेटिकाहरु सदरमुकाममा केन्द्रित भैसकेपछि दलका प्रतिनिधिहरुलाई त्यहाँ नराख्नु र बस्न नदिनु ।
२) निर्वाचन आयोगको विद्यमान नियमावलीको अत्तिरिक्त मत गन्नु अघि भएको सर्वदलीय बैठकको बेलामा निर्वाचन आयोगको थप नयाँ नियमावलीको नाममा (क) मतपत्र सानो ठूलो जे भएपनि मान्य हुने । (ख)मतपत्रमा अधिकृतको सही जुन रङको मसिले गरेतापनि मान्य हुने । (ग) मत पेटिका ठूलो सानो जे भएपनि मान्य हुने जस्ता नियमावली जबस्जती व्यवस्था गर्नु ।
(३) जिल्ला निर्वाचन कार्यालयले मतदान केन्द्रका अधिकृतहरुको सही छोटो पनि र लामो पनि अग्रिम रुपमा लिएर राख्नु ।
(४) मतदान केन्द्रबाट सिल्ड गरिएका मतपत्रको अर्धकट्टि, मत खसेको संख्याको डाटा र मुचुल्काहरु दलहका प्रतिनिधिले जिल्ला निर्वाचन अधिकृतसँग माग्दा र त्यसैको आधारमा मत पेटिकाभित्र मतपत्र रहे नरहेको थाहा पाउन खोज्दा उक्त सिल्डबन्दि पोका खोलेर हेर्ने अधिकार नभएको कुरा गर्नु ।
(५) मत पेटिकाहरु अनावश्यक रुपमा सेनाको कब्जाभित्र राख्नु र त्यहाँ दलका प्रतिनिधिहरु बन्देज गर्नु ।
(६) दलका प्रतिनिधिहरुलाई बेवास्ता गर्दै उनीहरुको रोहवरभन्दा बहिर रहेर मतदान केन्द्रदेखि सदरमुकामसम्म मत पेटिकाहरु ल्याउँदा सुरक्षकर्मीहरुले मात्र यता उता लग्ने काम गर्नु ।
(७) ९० प्रतिशल मतपत्रहरु एकै स्वरुपले पट्याएको भेटिनु ।
(८) मतपत्रमा फरक फरक रंङको मसिले स्वस्तिक छाप लगाएको भेटिनु ।
(९) मतपत्रहरुमा मतदान केन्द्रका अधिकृतहरुको सही कतिपय मतपत्रहरुमा फरक र मसी पनि फरक भेटिनु ।
(१०) मदतान केन्द्रमा खसेको मतभन्दा मत पेटिकामा मत पत्रहरु बढि भेटिनु ।
(११) ८० प्रतिशत मत एमाओवादीलाई खसेको ठाउँको मत पेटिकामा मत गन्दा ७ प्रतिशत पनि मत नहुनु र हुँदै नभएका दलको मतहरु बहुमत हुनु ।
(१२) कतिपय मत पेटिकामा सिल्डबन्दी गरेपछि लाहाछाप नलगाएको भेटिनु ।
(१३) यस पटक मत पेटिका चाडै केन्द्रित भएका ठाउँहरुमा पनि रात नबिताइकन मत गन्ने प्रक्रिया नथाल्नु ।
(१४) मत पेटिकामा सिल्डहरु शंकास्पद अवस्थामा भेटिनु र जस्तै खुकुलो, काटिएको र कतिपय भर्खर लगाएको जस्तो भेटिनु । Read the rest of this entry »

Posted in समाचार | 9 Comments »

Frank Vermeersch as Lumbini-Kapilvastu Day Movement Europe Advisor

Posted by Ram Kumar Shrestha on November 20, 2013

Frank with Ani

Frank Vermeersch has been appointed as Lumbini-Kapilvastu Day Movement Europe Advisor. By profession Mr. Vermeersch is an Engineer in Chemistry and is working in the capacity of Belgium-Nepal Friendship Association President. He initiated to establish Ani Choying Foundation too on  Internationally renowned nun and musician and Lumbini-Kapilvastu Day Movement Global Advisor  Ani Choying Drolma’s demand and NRN Chief Patron and Consulate General of Nepal to Germany HE Ram Thapa’s advice.

Frank with Amb Pokharel and F minister

Frank Vermeersch with Ambassador and Finance Minister

Read the rest of this entry »

Posted in Global View | Leave a Comment »

नेपालको सीमाना : सन्धी, सम्झौता र समीक्षा

Posted by Ram Kumar Shrestha on November 12, 2013

नविन अभिलाषी

नेपालको भू–भागको क्षेत्रफल कति हो भन्ने प्रश्नमा सबैको उत्तर १ लाख ४७ हजार १ सय ८१ वर्ग किलो मिटर भन्ने जवाफ आउन सक्छ । के यो सही छ त ? नेपालको सिमाना मिचिएको सबैलाई थाहा छ । तर, ‘तै चुप मै चुप’को अवस्था किन ? हामीले हाम्रो जमिनको दावा गर्न पाउनेछांै किन पाउँदैनांै ? नेपाली स्वाभिमानसँग गाँसिएको एउटा गम्भीर प्रश्न छ नेपालीहरुको माझमा । भारतले आज नेपालको सैयांै वर्गकिलोमिटरको क्षेत्रफल जमिनमा ताण्डप मच्चाइरहेको मात्र छैन सिमानामा रहेका नेपालीहरुमाथि बर्बर अत्याचार गरिरहेको छ । यो आजको अवस्था किन आएको हो ? कुन सन्धीसम्झौताले नेपाललाई क्रमशः टुकार्ने प्रक्रियामा छ, जहाँ नेपाली मुखदर्शक बनेर बस्न बाध्य भएका छन् ।

नेपालको ईतिहासमा तत्कालीन व्रिटेनसँग व्रिटेन पक्षले १८१५ डिसेम्बर २ मा प्रस्ताव गरेको र नेपालले १८१६ मार्च ४ मा हस्ताक्षर गरेको सुगौली सन्धी भन्दा पहिलो र हानिकारक असमान सन्धीको भनेर यसलाई पहिचान दिन सक्छांै नेपालीको तर्फबाट जुन यो जस्तो असमान सन्धी कुनै पनि छैन । त्यसो त नेपाल र भारतको बीचमा सम्बन्ध सुधारको नाममा भएका धेरै सन्धी र सम्झौता नेपालीका लागि हानीकारक छन् । नेपाल र भारतको बीचमा भएको १९५० जुलाई ३१ तारिकको सन्धी पनि असमान सन्धीकारुपमा हेर्न सकिन्छ । त्यो बाहेक नेपाल र भारतबीचमा भएका वाणिज्य सन्धीहरुले नेपाली पक्षलाई जहिले पनि तल पारेको कारण ती पनि असमान नै छन् । चर्चा पाएको सुगौली सन्धी नेपालका लागि असमान सन्धी हो । सुगौली सन्धीमा नेपाललाई पेल्ने काम गरिरहेको छ । सन्धी गर्नु भन्दा पहिले नेपालको क्षेत्रफल २ लाख ४ हजार ९ सय १७ वर्ग किलोमिटर थियो । हाम्रो विशाल नेपालको भू–भाग घटेर आज सानो भएको छ । आज ५६/५७ वर्गकिलोमिटर क्षेत्रफलको नेपालको भू–भागमा भारतले हैकम जमाएको छ । नदीलाई आधार मानेर गरिएको सन्धिले पूर्वमा टिस्टा र पश्चिममा सतलजसम्म थियो । सतलज भन्दा पारी कागडासम्म पुगे पनि इतिहासमा त्यहाँका राजाले हारेको उल्लेख गरिएको छ, जसको नेपालको हक लाग्दैन । तर, टिस्टको कुरा गर्ने हो भने टिस्टाको पूर्व ७० किलोमिटर पूर्वसम्म नेपालको क्षेत्रफल पर्छ त्यो हामीले दावि गर्न सक्छौं । बगंलादेशको वर्डरसम्म र बगंलादेशको भित्र रहेको दिननाथपुर र रम्भापुर पनि तत्कालीन नेपालको विशाल भू–भाग हो भनेर इतिहासमा उल्लेख गरिएको छ । Read the rest of this entry »

Posted in लेख/ रचना /निबन्ध | Leave a Comment »

राष्ट्रिय संबतको चर्चामा नेपाल सम्बत नै किन?

Posted by Ram Kumar Shrestha on November 6, 2013

SHANKHADHAR SHAKHWA COLORविक्रम सम्बत् आफैमा खराब नहुँदा नहुँदै पनि विशेषगरी सामन्तबादको आभास दिने गलत आधारमा प्रयुक्त योRam सम्बत लोकतान्त्रिक नयाँ नेपालमा राजकीय हैसियतसाथ रहनु हुँदैन र नेपालको गौरब बढाउने थप आधार हुन सक्ने नेपालकै नाम भएको नेपाल सम्बतलाई पुन: स्थापित गरिनु पर्छ भन्ने मान्यताले नेपाल सम्बत् स्थापनार्थ उठान गरिएको आवाजको पछाडि काम गरेको देखिन्छ । अत: आयातित भन्ने गरिए तापनि आयातित मान्न पनि नसकिने विक्रम सम्बतले हामीलाई प्रतिकात्मक हिसाबमा कुनियतसाथ राज गर्न दिनुभन्दा यसको स्थानमा सामान्य जनबाट यसै धर्तीको सुगन्धमा स्थापित देशलाई प्रबर्द्धन गर्ने नेपाल सम्वतलाई सगौरब प्रतिस्थापाना गर्न पर्छ भन्ने आवाजका साथ आएका बुद्धिजीविहरुको आवाज कदरयोग्य नै देखिन्छ ।

 

अहिले बिशेष गरी नेपाली वुद्धिजिबिका माझ नेपालमा नेपाल सम्बतलाई नै राष्ट्रिय सम्बतको रुपमा चलाइनु पर्ने आवाजले ब्यापकता लिन थालेको देखिन्छ । राजा महाराजा र धार्मिक व्यक्तिको नामबाट सम्वत चलाउने तात्कालिन प्रचलन विपरित नेपालकै भूगोलमा नेपालकै नामबाट सृजित यो सम्वत नेपालको इतिहासमा स्वर्ण युग भनिने लिच्छवीकालमा शंखध्वर शाख्वाद्धारा सूत्रपात भएको हो । राजा राघवदेवको शासनकालमा ऋणमा डुबेका देशबासीलाई शंखध्वर शाख्वाले ऋण मुक्त गराएका योगदानको स्मरणस्वरुप त्यस समय प्रचलनमा रहेको शक सम्वत आठ सय दुईलाई कात्तिक शुक्ल प्रतिपदाका दिन नेपाल सम्वत एकमा परिवर्तन गरी चन्द्रमानक पात्रोमा आधारित नेपाल सम्वत प्रचलन ल्याइएको थियो । नेपाल सम्वत एक प्रचलनमा आएको दिन विक्रम सम्वत नौ सय छत्तिस र इश्वी सम्वत् आठ सय उनानअसी थियो ।

एघार सय तेत्तिस वर्षदेखि अस्तित्वमा आएको नेपाल सम्वतले आजको दिनसम्म आइपुग्दा निकै उचारचढावको सामना गर्नु परेको छ । लिच्छवीकाल र मल्लकालमा राजकीय सम्वतको मान्यता पाएको नेपाल सम्वतलाई गोरखाका राजा पृथ्वीनारायण शाहले काठमाडौँ विजय प्राप्त गरेपछि भने गोरखामा प्रचलनमा रहेको शक सम्वतलाई राजकीय सम्वतको मान्यता दिए इ. सं. १६३९ देखि जसको निरन्तरता इ.सं. १८०४ सम्म अर्थात १६५ वर्षसम्म कायम रह्यो । त्रिभूवनको पालामा इ.सं. १८०४ देखि अर्थात विक्रम संवत् १९६१ देखि बैसाख १ गतेदेखि विक्रम संवतको शुरुवात भयो । नेपालमा हाल विक्रम संवत् राजकीय हैसियतको उमेर १०९ वर्षमात्र पुगेको छ । Read the rest of this entry »

Posted in लेख/ रचना /निबन्ध | Tagged: , , , , , , , , | Leave a Comment »

राष्ट्रिय संबतको चर्चामा नेपाल सम्बत नै किन?

Posted by Ram Kumar Shrestha on November 5, 2013

रामकुमार श्रेष्ठ

RamNepal Sambat phविक्रम सम्बत् आफैमा खराब नहुँदा नहुँदै पनि विशेषगरी सामन्तबादको आभास दिने गलत आधारमा प्रयुक्त यो सम्बत लोकतान्त्रिक नयाँ नेपालमा राजकीय हैसियतसाथ रहनु हुँदैन र नेपालको गौरब बढाउने थप आधार हुन सक्ने नेपालकै नाम भएको नेपाल सम्बतलाई पुन: स्थापित गरिनु पर्छ भन्ने मान्यताले नेपाल सम्बत् स्थापनार्थ उठान गरिएको आवाजको पछाडि काम गरेको देखिन्छ । अत: आयातित भन्ने गरिए तापनि आयातित मान्न पनि नसकिने विक्रम सम्बतले हामीलाई प्रतिकात्मक हिसाबमा कुनियतसाथ राज गर्न दिनुभन्दा यसको स्थानमा सामान्य जनबाट यसै धर्तीको सुगन्धमा स्थापित देशलाई प्रबर्द्धन गर्ने नेपाल सम्वतलाई सगौरब प्रतिस्थापाना गर्न पर्छ भन्ने आवाजका साथ आएका बुद्धिजीविहरुको आवाज कदरयोग्य नै देखिन्छ । 

अहिले बिशेष गरी नेपाली वुद्धिजिबिका माझ नेपालमा नेपाल सम्बतलाई नै राष्ट्रिय सम्बतको रुपमा चलाइनु पर्ने आवाजले ब्यापकता लिन थालेको देखिन्छ । राजा महाराजा र धार्मिक व्यक्तिको नामबाट सम्वत चलाउने तात्कालिन प्रचलन विपरित नेपालकै भूगोलमा नेपालकै नामबाट सृजित यो सम्वत नेपालको इतिहासमा स्वर्ण युग भनिने लिच्छवीकालमा शंखध्वर शाख्वाद्धारा सूत्रपात भएको हो । राजा राघवदेवको शासनकालमा ऋणमा डुबेका देशबासीलाई शंखध्वर शाख्वाले ऋण मुक्त गराएका योगदानको स्मरणस्वरुप त्यस समय प्रचलनमा रहेको शक सम्वत आठ सय दुईलाई कात्तिक शुक्ल प्रतिपदाका दिन नेपाल सम्वत एकमा परिवर्तन गरी चन्द्रमानक पात्रोमा आधारित नेपाल सम्वत प्रचलन ल्याइएको थियो । नेपाल सम्वत एक प्रचलनमा आएको दिन विक्रम सम्वत नौ सय छत्तिस र इश्वी सम्वत् आठ सय उनानअसी थियो ।

एघार सय तेत्तिस वर्षदेखि अस्तित्वमा आएको नेपाल सम्वतले आजको दिनसम्म आइपुग्दा निकै उचारचढावको सामना गर्नु परेको छ । लिच्छवीकाल र मल्लकालमा राजकीय सम्वतको मान्यता पाएको नेपाल सम्वतलाई गोरखाका राजा पृथ्वीनारायण शाहले काठमाडौँ विजय प्राप्त गरेपछि भने गोरखामा प्रचलनमा रहेको शक सम्वतलाई राजकीय सम्वतको मान्यता दिए इ. सं. १६३९ देखि जसको निरन्तरता इ.सं. १८०४ सम्म अर्थात १६५ वर्षसम्म कायम रह्यो । त्रिभूवनको पालामा इ.सं. १८०४ देखि अर्थात विक्रम संवत् १९६१ देखि बैसाख १ गतेदेखि विक्रम संवतको शुरुवात भयो । नेपालमा हाल विक्रम संवत् राजकीय हैसियतको उमेर १०९ वर्षमात्र पुगेको छ । Read the rest of this entry »

Posted in लेख/ रचना /निबन्ध | Tagged: , , , , , , , , | Leave a Comment »

 
%d bloggers like this: