Nepal – the country of the Buddha and the Mt. Everest

Peace comes from within. Do not seek it without – Buddha

निर्वाचन धाँधली भन्नेहरुका आधारहरु के के हुन त ? (अडियो सहित)

Posted by Ram Kumar Shrestha on November 22, 2013


Electionसंबिधान सभा निर्वाचनको प्रारंभिक मत परिणामका पछाडि ब्यापक धाँधलीको आरोप लगाउँदै परिणामप्रति असहमति जनाएर एमाओबादीले पत्रकार सम्मेलन समेत गरेपस्चात देशमा एउटा गंभीर परिस्थिति सिर्जना भएको छ । अब देशले संबिधान पाउने कुरामा द्धिबिधा छ । के छन त धाँधली आरोप लगाइनुका कारणहरु?
१) मत पेटिकाहरु सदरमुकाममा केन्द्रित भैसकेपछि दलका प्रतिनिधिहरुलाई त्यहाँ नराख्नु र बस्न नदिनु ।
२) निर्वाचन आयोगको विद्यमान नियमावलीको अत्तिरिक्त मत गन्नु अघि भएको सर्वदलीय बैठकको बेलामा निर्वाचन आयोगको थप नयाँ नियमावलीको नाममा (क) मतपत्र सानो ठूलो जे भएपनि मान्य हुने । (ख)मतपत्रमा अधिकृतको सही जुन रङको मसिले गरेतापनि मान्य हुने । (ग) मत पेटिका ठूलो सानो जे भएपनि मान्य हुने जस्ता नियमावली जबस्जती व्यवस्था गर्नु ।
(३) जिल्ला निर्वाचन कार्यालयले मतदान केन्द्रका अधिकृतहरुको सही छोटो पनि र लामो पनि अग्रिम रुपमा लिएर राख्नु ।
(४) मतदान केन्द्रबाट सिल्ड गरिएका मतपत्रको अर्धकट्टि, मत खसेको संख्याको डाटा र मुचुल्काहरु दलहका प्रतिनिधिले जिल्ला निर्वाचन अधिकृतसँग माग्दा र त्यसैको आधारमा मत पेटिकाभित्र मतपत्र रहे नरहेको थाहा पाउन खोज्दा उक्त सिल्डबन्दि पोका खोलेर हेर्ने अधिकार नभएको कुरा गर्नु ।
(५) मत पेटिकाहरु अनावश्यक रुपमा सेनाको कब्जाभित्र राख्नु र त्यहाँ दलका प्रतिनिधिहरु बन्देज गर्नु ।
(६) दलका प्रतिनिधिहरुलाई बेवास्ता गर्दै उनीहरुको रोहवरभन्दा बहिर रहेर मतदान केन्द्रदेखि सदरमुकामसम्म मत पेटिकाहरु ल्याउँदा सुरक्षकर्मीहरुले मात्र यता उता लग्ने काम गर्नु ।
(७) ९० प्रतिशल मतपत्रहरु एकै स्वरुपले पट्याएको भेटिनु ।
(८) मतपत्रमा फरक फरक रंङको मसिले स्वस्तिक छाप लगाएको भेटिनु ।
(९) मतपत्रहरुमा मतदान केन्द्रका अधिकृतहरुको सही कतिपय मतपत्रहरुमा फरक र मसी पनि फरक भेटिनु ।
(१०) मदतान केन्द्रमा खसेको मतभन्दा मत पेटिकामा मत पत्रहरु बढि भेटिनु ।
(११) ८० प्रतिशत मत एमाओवादीलाई खसेको ठाउँको मत पेटिकामा मत गन्दा ७ प्रतिशत पनि मत नहुनु र हुँदै नभएका दलको मतहरु बहुमत हुनु ।
(१२) कतिपय मत पेटिकामा सिल्डबन्दी गरेपछि लाहाछाप नलगाएको भेटिनु ।
(१३) यस पटक मत पेटिका चाडै केन्द्रित भएका ठाउँहरुमा पनि रात नबिताइकन मत गन्ने प्रक्रिया नथाल्नु ।
(१४) मत पेटिकामा सिल्डहरु शंकास्पद अवस्थामा भेटिनु र जस्तै खुकुलो, काटिएको र कतिपय भर्खर लगाएको जस्तो भेटिनु ।

यदि यी आरोपहरु सही हुन नै भने यी गंभीर र आपत्तिजनक हुन, किनकि यस्ले जन चाहना अनुरुपको चुनाव परिणाम दिंदैन । यस्तैमा नुवाकोट क्षेत्र नं १ मा भएको धाँधलीसम्बन्धी यस्तो अडियो सार्वजनिक भएको छ: ।

निर्वाचन अधिकृत केशब तिमल्सिना र अन्य परिचय खुल्न नसकेका व्यक्तिबीच भएको सम्बादमा एमाओवादीको पक्षमा आएका सबै भोटलाई कब्जा गर्ने भनिएको छ । संवादमा भनिएको छ– ‘कांग्रेसका पक्षमा आएको भोटजति राख्ने, अनि एमाओवादीका भोटजति सबै कब्जा गर्ने ।’ यसैगरी सबै भोट कब्जा गरेर नक्कली भोट हाल्दा थाहा हुन सक्ने भन्दै केहि भोट भने मतपेटिकामा खसाल्ने उल्लेख गरिएको छ ।

संवादमा फजी भोटमा ल्याप्चे हान्दा मात्रै मतपत्र बदर नहुने र आफ्नो साथमा ल्याप्चे र छाप रहेको भनिएको छ । भोट संवादमा सांकेतिक रुपमा एमाओवादीलाई कसैले पनि मन नपराउने, एमाले पनि ठीक नभएको र कांग्रेस लोकप्रिय भएकाले जसरी पनि जिताउनै पर्ने भनिएको छ ।

केही घण्टा अघि मकवानपुरको मतगणना स्थलमा १२ वटा नयाँ सिल गरिएको व्यालेट बक्स(मतपेटिका)भेटिएको खबर आएको छ ।

प्रचन्डद्धारा हस्ताक्षरित प्रेस बिज्ञप्तिमा पनि भनिएको छ, ‘ दोस्रो संविधानसभा निर्वाचनको क्रममा वैधानिक रुपले निर्वाचित सरकारलाई विस्थापित गरेर अन्तरिम चुनावी सरकार गठन गर्ने, पहिलो संविधानसभाको निर्वाचनमा सहमतिले अपनाएको मतदाता सुची संकलन विधि फेर्ने आदि कुराले यो निर्वाचनलाई सुरु देखिनै शंकाको घेरामा राखेकै थियो । तैपनि संविधानसभाको यो दोस्रो निर्वाचनको वातावरण बनाउन हामीले आफ्नो तर्फबाट अधिकतम् प्रयत्न गरिएको तथा जनताको मतको सम्मान गर्ने हाम्रो स्पष्ट प्रतिबद्धता रहेको तथ्य सर्वविधितै छ । तर अहिले निर्वाचनको सिलसिलामा देशव्यापी रुपमा योजनाबद्ध ढंगले दृश्य र अदृश्य धाँधलीका रुपहरु अपनाइएको, ठूलो मात्रामा आर्थिक चलखेलहरु भएको, मतपेटीकाहरु सार्ने क्रममा रहस्यमय हर्कतहरु भएको, सिल तोडिएका मतपेटीकाहरुलाई समेत स्वीकार्न पर्ने निर्देशन गरिएको, मतगणनाको क्रममा अस्वभाविक ढंगले राखिएका मतपत्रहरुको संख्या र स्वरुप फेला परेको आदि घटनाले यो निर्वाचन प्रक्रिया जनताको अभिमत र अपेक्षा विपरित धाँधलीपूर्ण र षड्यन्त्रमूलक रहेको स्पष्ट भएको छ । यो स्थितिमा हाम्रो पार्टी वर्तमान निर्वाचन प्रक्रियालाई स्थगन गरी समग्र प्रक्रियाको पुनरावलोकन र निष्पक्ष छानविन गरेर मात्र अगाडिको कदम निर्धारण गर्नुपर्ने निष्कर्षमा पुगेको छ । र गत राति देखिनै मतगणना प्रक्रियाबाट अलग भएको छ र यसबारे सम्बन्धित सबैलाई बेलैमा गम्भीर बन्न विशेष आग्रह गर्दछ ।’

यदि यी आरोपहरु सही हुन भने यस्ता कुराहरुको यथाशीघ्र यथोचित छनबिन हुनुपर्छ ।

Source: Facebook and different papers

9 Responses to “निर्वाचन धाँधली भन्नेहरुका आधारहरु के के हुन त ? (अडियो सहित)”

  1. Renu Gurung said

    किन ? किन ?? किन ???
    (१) मतपेटिकामा उल्लेख गरिएभन्दा बढी मतपत्र पाइयो,
    (२) मतपत्रको साइज फरक फरक पाइयो,
    (३) मतपेटिकाको साइज फरक फरक पाइयो,
    (४) मतदान अधिकृतको हस्ताक्षर नै नभएका मतपत्रहरू पाइए,
    (५) मतदाताले ल्याप्चे लगाउने भागका अर्धकट्टी पनि ल्याप्चेबिना नै नच्यातिकनै मतपेटिकामा रहेको पाइयो,
    (६) स्वस्तिक छापको मसीको रङ कतै निलो र कतै कालो पाइयो,
    (७) एउटै मतदान अधिकृतको सही (हस्ताक्षर) कतै लामो र कतै छोटो पाइयो, अनि मसी पनि फरक फरक पाइयो,
    (८) मतपेटिका सेल्लो टेपले बन्द गरिएको पाइयो,
    (९) कतै मतदाता सङ्ख्या भन्दा बढी मत खसेको पाइयो भने कतै माओवादी कार्यकर्ता नै २०० भन्दा बढी भएको केन्द्रमा १३ मत मात्र माओवादीको पक्षमा खसेको पाइयो,
    (१०) हेटौँडाको मकवानपुर क्याम्पस मतगणना केन्द्रमा मतगणनाका लागि मतपेटिका खोल्नुभन्दा अगाडि नै खोलिएका सिलहरू यत्रतत्र छरिएका थिए,
    (११) धेरै मतपत्रहरू एउटै बिटोमा पट्याएर मतपेटिकामा हालेको पाइयो,
    (१२) नुवाकोटको क्षेत्र नं. १ मा एउटा मतदान केन्द्रका अधिकृतले आफूले कसरी धाँधली गरेर काँग्रेसलाई सघाएको भन्ने कुराको अडियो रेकर्ड सार्वजनिक भयो, त्यहाँका राप्रपाका उम्मेदवार डा.प्रकाशचन्द्र लोहनीले स्पष्ट छानबिनको माग गर्दै पत्रकार सम्मेलन नै गरेर सो अडियो सार्वजनिक गरे साथै आयोगमा उजुरी पनि दिए,
    (१३) अघिअघि सधैँका निर्वाचनहरूमा मतपेटिका सङ्कलन भइसकेपछि मतगणना सुरु गरिन्थ्यो तर यसपटक काठमाडौँजस्तो सुगम क्षेत्रको मतगणना गर्न पनि निर्वाचनको बेलुकी नगरी भोलिपल्टको ८ बजेको साइत कुरियो,
    (१४) कार्तिक ५ गतेको बिहानको सफा मौसममा पनि दुर्गमा मतपेटिका लिन गएको भनिएको हेलिकोप्टर अवतरण गर्न नसकिएको बहानामा फिर्ता गरी ढिलो गरी मतपेटिका ढुवानी गरियो,
    (१५) मतपेटिका सदरमुकाम लैजाने क्रममा एमाओवादीका प्रतिनिधि लगायत दलका प्रतिनिधिलाई सँगै जानबाट रोक लगाइयो,
    (१६) काठमाडौँका मतपेटिकाहरूमा उल्लेख गरिएभन्दा बढी मतपत्र भेटिँदा त्यसलाई सदर गरियो, सिराहा–५ को एउटा केन्द्रको सोही केसमा पुनः मतदानको घोषणा गरियो,
    (१७) मतगणना सुरु हुनै लाग्दा मात्र आयोगले निर्वाचन ऐन र नियमावलीभन्दा फरक ढङ्गको निर्देशिका जारी गरी जस्तोसुकै अवस्थाका मतपेटिका भए पनि स्वीकार गर्नुपर्ने बाध्यकारी अवस्था सिर्जना ग¥यो,
    (१८) मतगणनाको प्रक्रियालाई पुनरावलोकन गर्न माग गर्दा वास्ता नगरी एकतर्फी रुपमा मतगणना सुचारु गरियो,
    (१९) निर्वाचनपूर्वका साइलेन्स आवर सुरु भइसकेपछि अमेरिकी पूर्वराष्ट्रपति जिमी कार्टरले नेपालका राष्ट्रपति र अन्तरिम चुनावी मन्त्रीपरिषद्का अध्यक्षसँग फ्रेन्च मोडेलका सङ्घीयता उपयुक्त हुने भनी हस्तक्षेपकारी अभिव्यक्ति दिँदा नेपाल सरकारको तर्फबाट कुनै प्रतिक्रिया आएन ।
    जवाफ दिनुस् न निलकण्ठ उप्रेतीज्यू !

  2. Renu Gurung said

    ‘ग्राण्ड डिजाइन’
    प्रचण्डले भने – सिन्धुपाल्चोकमा
    हाम्रो प्रतिनिधि मोटरसाइकलमा आउँदै
    गर्दा मोटरसाइकलको हावा खुस्काइयो ।
    हाम्रा प्रतिनिधिलाई आउन नदिएर झण्डै
    ६/७ घन्टा मतमेटिका अन्तै राखियो ।
    यहाँ पनि त्रिपुरेश्वरमा मतपेटिका बोकेको गाडी दुर्घटना भयो भनियो ।
    तर, दुर्घटना भएकै थिएन ।
    चारघण्टा त्यहाँको मतपेटिका लगेर अन्त
    राखियो । रोल्पा २
    नम्बरमा पनि मतपेटिका त्यसरी नै राखियो ।
    काठमाडौं ४ नंबर
    क्षेत्रमा पासाङको मतपेटिकामा खसेको भन्दा ४२
    मत बढी देखियो । मतपेटिकामा सर्वसाधारणले
    आ- आफ्नै तरिकाले पट्याउँछन् तर त्यहाँ सबै एकै
    प्रकारले पट्याएको पाइयो । कतिपय
    ठाउँमा अर्धकट्टीमा हस्ताक्षर छैन, पि्रन्ट
    गरिएको छ भने कतिपय अर्धकट्टी नै
    काटिएको छैन । यी तथ्यहरु
    भेटिसकेपछि गम्भीरता हेर्यौं । कतै ५० मत धेरै
    देखियो, कतै १०० मत बढी देखियो ।
    एमाओवादीको आरोप रहेको छ, निकै मेहेनत गरेर
    ग्राणड डिजाइनिङ गरी धाधली गरिएको छ ।
    चुनाव शान्तीपूर्ण त भयो तर धाधली रहीन
    भएन ।

  3. Raju said

    Dambar Bohora षडयन्त्रपनि गर्न जान्नुपर्छ नी –(काठमाडौं क्षेत्र नं. ४ का स्वतन्त्रउम्मेदवार सुप्रभा घिमिरेले मतदानगरेको बुथमा उनको १ भोट पनि रहेनछ ।अरुले हालेको भोट त परै जाओस् आफ्नो एकभोटपनि मतपेटिकामा नभेटिएपछि उम्मेदवारघिमिरेले आफ्नो भोट खोजिरहेका छन् ।)मतपेटिका साट्दा पनि त ख्यालराख्नुपर्छ नी ।तिमी षडयन्त्रकारी डाँकाहरुलाई अबभोलिबाट नेपाली जनताहरुले स्यालखेदेको झै खेद्छन ।

  4. Sanjib said

    सप्तरी, मंसिर ३– अरुलाई मानवअधिकार, कानूनी राज्य र निर्वाचन अचार संहिताको पाठ पढाउने इनसेकका अध्यक्ष सुवोधराज प्याकुरेल यतिबेला आफै आचारसंहिता उल्लंघन गर्दै हिंडिरहेका छन् । सप्तरी निर्वाचन क्षेत्र नम्बर १ का एमाले उम्मेदवार एवं सुबोधका साख्खै भाई सुमनराज प्याकुरेल निर्वाचन आचारसंहिता उल्लंघन गर्दा गर्दै समातिएपछि यसमा सुवोधको पनि संलग्नता रहेको खुलासा भएको हो । एमाले उम्मेदवार सुमन र उनका दाई सुवोधले आचारसंहिता विपरित बलेरो गाडीमा चढेर गाउँ गाउँमा पैसा बाँडदै हिडेपछि प्रहरीले ६ वटा गाडी नियन्त्रणमा लिएको छ । झोलामा पैसा बोकेर गएका दाई सुवोध भने घटनास्थलबाट भागेको सप्तरीका पत्रकार वैद्यनाथ यादवले जनाएका छन् । प्रहरीले नियन्त्रणमा लिन थालेपछि सुवोध पैसाको पोको बोकेर कुलेलम ठोकेका थिए । सुवोधको संस्था इन्सेकले देशव्यापी रुपमा निर्वाचन पर्यवेक्षण र आचारसंहिता उल्लंघन भए नभएबारे अनुगमन गर्न प्रतिनिधि खटाएको छ । सुवोध आफै ‘स्वतन्त्र निर्वाचन अभियान’को प्रमुख हुन । इनसेकले मतदातालाई सम्बोधन गर्दै ‘कसैको धाक धम्कीमा नपर्न, पैसाको प्रलोभनमा नफँस्न’ आग्रह गरेका जिंगल र विज्ञापन संचार माध्यममा छयाछयाप्ती छन् । ‘यो सुवोधको दोहोरो चरीत्र भयो,’, कुनैबेला सुवोधसँगै काम गरेका एक पुराना मानवअधिकारकर्मी भन्छन्, ‘आफैले पैसा बाँडदै हिडने अनी मानवअधिकार र नागरीक समाजको बर्को ओढ्ने ? यो त घोर पाखन्ड भयो ।’http://www.ratopati.com/2013/11/18/94303.html

  5. bismayadibodhak said

    khate haru sale haru laii janat lay KLDP that means khade land pe dhokha garidiyee..thikka paryoo muji haru 17000 janat mareko aparadh karako ho..timi haru jasto pakhandi laii janata lay sath dinchhan yetro dinchhan..muji timi haru dudh lay dhuyeka hau ra dhahdhali bhayo hndaii hidne ..sala junguli haru 64 ma ta dar dhamki diyera jiteka thiyoo…..k badi kura garchou muji haru…..janata kati timra sath ma chhan dekhiyo mujiii

  6. bismayadibodhak said

    timi haru ko muji neta aafno boli ko thegan chaina muji k halla garchou 1 hafta agdi ek kura bhnchha ahile muji harna thale pachi yeuta kura…sala bcha jastoo ..muji timiharu ko neta sam dam danda bhed prayoog garne bhnera falakdaii hideko haina..janata lay dekhaidiye muji kholera tyesko bau ko…thikka paryoo…yestaii gardaii ja timiharu laii ta sakhap parnu parchha aanii matra desh agaadi badchha natra timi jungule haru ko bato ma hidne ho bhane next 5 years ma 2000 barsha pachadi purauchou….

  7. Ramjee Neupane said

    काठमाडौं, मंसिर ७ – एकीकृत नेकपा (माओवादी) तथा मधेशी दलहरुले संविधानसभाको दोस्रो निर्वाचनमा व्यापक धाँधली भएको आरोप लगाइरहेको बेलामा राजधानीका विभिन्न प्रहरी वृत्तमा शंकास्पदरुपमा धरै मात्रामा खाली मत पेटिकाहरु भेटिएका छन् । प्राप्त जानकारी अनुसार बानेश्वर प्रहरी वृत्त, बालाजु प्रहरी वृत्त लगायत अन्य प्रहरी वृत्तहरुमा पनि यस्ता शंकास्पद रुपमा फेला परेका हुन् ।
    यसरी मतपेटिकाहरु फेलापरेपछि एकीकृत नेकपा–माओवादीका कार्यकर्ताहरुले प्रहरी वृत्त अगाडि प्रदर्शन गरिरहेका छन् । प्रदर्शन गरेपछि त्यसलाई नियन्त्रण लिन लागि प्रहरीले लाठीचार्ज समेत गरेको छ । अहिले स्थितिलाई नियन्त्रणमा लिन त्यहाँ ब्यापक रुपमा प्रहरी परिचालन गरिएको छ । प्रहरीले ती मतपेटिकाहरु निर्वाचनमा अपुग भएमा पु¥याउनका लागि राखेको र समय अभावमा कारण निर्वाचन आयोगमा पु¥याउन नपाएको जनाएको छ । उनीहरुले त्यसलाई फोहोर फाल्नका लागि प्रयोग गरेको पनि बताएको छ । यद्यपि, यस्ता मतपेटिकाहरु निर्वाचन आयोगमा नै राखिनुपर्ने व्यवस्था रहेको छ ।
    यसैगरी लुबुमा पनि खेतमा फालिएको अवस्थामा खाली मतपेटिका भेटिएको र त्यसलाई स्थानीयले प्रहरी चौकीमा बुझाएका छन् । देशका विभिन्न भागमा पनि मतपेटिकाका सिलहरु तोडिएको अवस्थामा भेटिएका छन् ।
    निर्वाचन आयोगको स्पटिकरण
    यसैबीच काठमाडौंका निर्वाचन अधिकृतले पत्रकार सम्मेलन गरी सो मतपेटिकाहरु ब्याकपका लागि राखिएको बताएका छन् । उनका अनुसार प्रहरी वृत्तमा भेटिएका मतपेटिकाहरु २०६४ सालको भएको पनि दाबी गरेका छन् ।
    – See more at: http://www.ratopati.com/2013/11/22/94985.html#sthash.yWGjbp4e.dpuf

  8. Ramjee Neupane said

  9. Ramjee Neupane said

    http://www.dcnepalvideo.com/video/int_video.php?nid=2489

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: