Nepal – the country of the Buddha and the Mt. Everest

Peace comes from within. Do not seek it without – Buddha

पाँचौं लुम्बिनी-कपिलवस्तु दिवस नेपालमा भब्यताका साथ सम्पन्न (Video)

Posted by Ram Kumar Shrestha on December 3, 2013


Banner3

अनिता भट्टराई, १७ मंसिर, काठमाडौ । गौतम बुद्ध जन्मस्थलसंम्बन्धि विश्वब्यापी भ्रम चिर्नका लागि सकृय भएर लागेको लुम्बिनी-कपिलबस्तु दिवश अभियान नेपाल च्याप्टरले आइतबार (१ डिसेम्बर २०१३) का दिन हजारौंको सहभागितामा बाजागाजा सहित र्याली तथा ऐक्यबद्धता सभा कार्यक्रम सम्पन्न गरेको छ ।

बुद्धको महापरिनिर्माण (देहान्त) भएको २०० वर्षपछि तत्कालीन भारतीय सम्राट अशोकले गौतम बुद्ध नेपालको लुम्बिीनीमा जन्मेका प्रमाण फेला पारेपछि लुम्बिनीमा स्थापना गरेको सो अभिलेखसहितको स्तम्भ(अशोका पिलर) केहि समय जंगलमा हराएको थियो । खडग सम्शेरले पुन: पत्ता लगाएको बुद्ध लुम्बिनीमा जन्मनु भएको भन्ने सबैभन्दा राम्रो प्रमाण उक्त अशोक स्तम्भलाई सन् १८९६ डिसेम्बर १ का दिन जर्मनीका पूरातत्वविद डा. एन्टोनफुररले बिस्वका सामू ल्याउने काम गर्नु भएकोले सो दिन (डिसेम्बर १) लाई उपयुक्त महत्व दिनु सान्दर्भिक हुने ठहर गरी सन २००९ देखि प्रत्येक वर्ष डिसेम्बर १ मनाउदैं आएको छ । यस दिवसको अवसरमा यो बर्ष नेपाल लगायत अष्ट्रेलिया, अमेरिका, नर्बे, बेल्जियम आदि देशहरुमा विभिन्न कार्यक्रमहरुका साथ मनाइने कुरा जनाइएको छ ।

Bishal rally2

आइतबार आयोजित र्याली ललितपुरको जावलाखेलबाट शुरु भै पुल्चोक, गावहाल, मंगलबजार हुँदै कृष्ण मन्दिर डवलीमा पुगी ऐक्यबद्धता सभामा परिणत गरिएको थियो । लुम्बिनी-कपिलवस्तु दिवस अभियानको व्यानरमा ‘Buddha was born in }Nepal” लेखिएको ब्यानरका साथमा योङम्यान बुदिष्ट एशोसीयसन पाटन, बौद्धविहार संघ पाटन, ज्यापु महागुठी, अष्ट ज अभियान नेपाल, ऐक्यबद्धता प्रकाशन नेपाल, स्वर्ण शिक्षा अंग्रेजी मा.वि., नव सुन्ताखान एकेडेमी, उत्तरवाहिनी बोर्डिङ स्कुल, सहयोगी उच्च मा.वि, गोकर्णेश्वर मा.वि., श्वेत बाराही स्कूल नयाँपाटी लगायत अन्य संघसंस्थाको पनि आ-आफ्न ब्यानर सहित र्यालीमा सहभाभागी भएका थिए ।

Bishal ryally

कार्यक्रममा प्रमुख अतिथि भन्ते भिच्छु भद्दिय महास्थवीरले बुद्ध दर्शन र विश्व प्रभाव, विजय कुमार ढकालले कार्यक्रमको झलक, निलकण्ठ तिवारीले नेपाल र विश्व अभियानको संक्षिप्त गतिबिधि, गोर्खापत्रका पूर्व संपादक एबं लुम्बिनी विस्वबिद्यालयका पूर्व रजिस्टार एबं अभियानअका सार्क सल्लाहकार केदार शाक्यले लुम्बिनी-कपिलवस्तुको ऐतिहासिक महत्व र जानकारी, लोककृष्ण भट्टराईले बुद्ध सभ्यता र वर्तमान नेपालको आबस्यकता एवं बौद्ध युवा संघकी अध्यक्ष शोभा शाक्य, ललितपुर उपमहानगरपालिकाका पुर्व मेयर बेखारत्न शाक्य, डा कुशुम शाक्य, ऐकयबद्धता प्रकाशनकी मिना शर्मा, समाजसेवि ओमकाजी शाक्य, जगतमुनी शाक्य र विकेश श्रेष्ठले अभियानको विविध पक्षमा प्रकाश पार्नु भएको थियो ।

Dhime

अभियन्ता चन्दा थापाको संचालन र श्री कुमार श्रेष्ठको स्वागत मन्तव्य रहेको र्याली समापन तथा ऐक्यबद्धता कार्यक्रममा संयोजक डा. हरिकुमार श्रेष्ठले अभियानको उपलब्धि, चुनौती र संभावना विषयमा धारणा राख्दै सभा विर्सजन गर्नु भएको थियो ।

Old man

अभियानको नेपाल च्याप्टरद्धारा मंसीर १४ का दिन काठमाडौंका ८ वटा मावि र उच्च माविमा लुम्बिनी–कपिलबस्तु बुद्ध विषयक चित्रकला, निबन्ध कविता प्रतियोगिता सम्पन्न गरिएको तथा आगामी दिनमा बुद्ध जन्मस्थलसंबन्धि भ्रम चिर्नका लागि अन्तरक्रियात्मक कार्यक्रमहरु आयोजना गरिने नेपाल संयोजक डा. हरिकुमार श्रेष्ठले बताउनुभयो ।

बिस्व कार्य समिति गठनपस्चात अठार देशमा राष्ट्रिय समिति, तीन देशमा स्टेट स्तरीय समिति, स्कटल्याण्ड र मेलबर्नमा बिस्वबिध्यालयहरुमा, नेपालमा पत्रकार र पर्यटन ब्यबसायीको र लुम्बिनीमा स्थानीय समितिहरु गठन भएका छन भने एनआरएनसंग संयुक्त रुपमा लुम्बिनी प्रबर्द्धन अन्तरास्ट्रिय समिति पनि गठन गरिसकेको यस अभियानका अभियन्ताहरुले राष्ट्रको गौरब र सान गौतम बुद्धबारे विभिन्न देशका पाठ्यक्रममा उल्लेख गरिएका भ्रमपूर्ण कुराहरुको निवारण गर्नका लागि सरकारी तरवरबाट आवश्यक पहल गर्न प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाईंदा समेत सरकारी पक्षबाट केही नगरिएकोमा दुःख ब्यक्त गर्दै यस अभियानले जबसम्म यस भ्रमलाई हटाउन सकिदैन तबसम्म देशबिदेशबाट आफूहरु निरन्तर आवाज उठाइरहने बताए ।

One Response to “पाँचौं लुम्बिनी-कपिलवस्तु दिवस नेपालमा भब्यताका साथ सम्पन्न (Video)”

  1. KDM Dharmapala said

    Dear friend
    Here in Sri Lanka. I am a sakya clan royal family leader with 2600 year old
    official recorded written history.The sacred tooth relic is not with in
    Kandy palace. We are away from town 1815 AD due to British invaders. Now
    America president is trying to give our palace and resolution 2013 is on
    the table at United nations.l

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: