Nepal – the country of the Buddha and the Mt. Everest

Peace comes from within. Do not seek it without – Buddha

कृष्ण पाण्डेयलाई ‘गिनिज वर्ल्ड रेकर्ड्स’ सर्टिफिकेट प्रदान !

Posted by Ram Kumar Shrestha on April 10, 2014


”गिनिज वर्ल्ड रेकर्ड्स”मा हालै नाम लेखाउन सफल नेपाली कृष्ण पाण्डेयलाई  न्युयोर्कमा एक समारोहका बीच ”गिनिज वर्ल्ड रेकर्ड्स” बाट प्रेषित सर्टिफिकेट प्रदान गरियो। उक्त सर्टिफिकेट संयुक्त राष्ट्र संघका स्थायी प्रतिनिधि दुर्गा प्रसाद भट्टराईले प्रदान गर्नु भएको हो। रिजउड नेपाली समाज द्वारा अप्रिल ५, २०१४ मा आयोजित कार्यक्रममा उक्त सर्टिफिकेट प्रदान गरिएको हो। कार्यक्रममा बोल्दै समाजका अध्यक्ष मोहन ज्ञवालीले यस कार्यक्रम आयोजना गर्न पाएकोमा खुशी ब्यक्त गर्नु भयो। ‘गिनिज वर्ल्ड रेकर्ड्स’ मा नाम लेखाउन सफल भएका पाण्डेय नेपाल देवदह- ५ शितलनगर, रुपन्देही घर भै हाल अमेरिकाको  क्यान्सास सिटिमा बसोबास गरिरहेका छन्। पाण्डेय अङ्ग्रेजी शब्दको स्पेलिङ उल्टोउच्चारण गरी ”गिनिज वर्ल्ड रेकर्ड्स” मा नाम लेखाउन सफल भएका हुन्।

krishna4

गत जुलाई ४, २०१३ ‘एसोसिएसन अफ नेपलिज इन अमेरिका (एएनए)’ को ३१ औ न्युयोर्क सम्मेलनमा ‘गिनिज वर्ल्ड रेकर्ड्स’को प्रदर्शन हजारौका बीच प्रस्तुत गरेका थिए, उनलाई प्रश्न अर्का गिनिज वर्ल्ड रेकर्ड्समा नाम लेखाउने संचार कर्मी रवि लामिछानेले सोधेका थिए। पाण्डेयलाई गिनिस वर्ल्ड् रेकर्ड्सको हेडक्वार्टर लण्डनले हालै आएर औपचारिक रूपमा सफल भएको घोषणा गरेको थियो। उनले एक मिनेट भित्रमा ३६ वटा बिपरित शब्द हिज्जे उच्चारण गरि गिनिज बिश्व पुस्तकमा नाम लेखाएका छन्। उनीलाई १ मिनेटमा ४० वटा प्रश्न सोधिएको थियो भने जसमा ४ वटा मात्र गलत भएका थिए।

KP
यो भन्दा अगाडी यो किर्तिमान भारतीय नागरिक शिशिर हथवारले २०१२ मा ओमानमा एक मिनेटमा ३० वटा बिपरित शब्द हिज्जे उच्चारण गरेका थिए भने पाण्डेयले ३६ वटा ठिक भन्न सकी नया किर्तिमान कायम गर्ने नेपाली भएका छन। उनले औसतमा एउटा शब्दलाई १. ६७ सेकेन्डमा उच्चारण गरेका थिए। हाल उनी विश्वका सबै भन्दा चाँडो कुनै पनि शब्दलाई उल्टो उच्चारण गर्न सक्ने ब्यक्ति भएका छन् ।
पाण्डेयले ‘गिनिज वर्ल्ड रेकर्ड्स’मा नाम लेखाउने सपना पुरा भएको साथै अर्को नया ‘टायटल’मा पनि गिनिज वर्ल्ड रेकर्ड्सका लागि आफु तयारी गर्दै रहेको जानकारी नमस्ते यु.एस लाई बताए भने आफ्नो यस यात्रामा बिभिन्न रूपमा सहयोग गर्ने सबै जना प्रती आभार ब्यक्त गरे ।
सर्टिफिकेट प्रदान गर्ने कार्यक्रममा बरिस्ठ गायक शम्भुजित बास्कोटा, प्रेमराजा महत, अनी शान्ति भण्डारीले गीत गाउनु भएको थियो भने स्थानिय कलाकारले पनि आफ्नो कला प्रदर्शन गरेका थिए ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: