Nepal – the country of the Buddha and the Mt. Everest

Peace comes from within. Do not seek it without – Buddha

गोरखा दरवार क्षेत्रलाई विश्व सम्पदा सुचिमा समावेश गर्न पहल गरिने

Posted by Ram Kumar Shrestha on May 15, 2014


Today status१० वैशाख २०७१ गोरखा: गोरखा दरवार क्षेत्रलाई विश्व सम्पदा सूचीमा समावेश गर्नका लागि सरकारले पहल गर्ने भएको छ । झण्डै ४ सय वर्ष पूरानो संग्रहालय र गोरखा दरवार क्षेत्रलाई विश्व सम्पदा सूचीमा समावेश गर्नका लागि सरकारले पहल थाल्ने प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सचिव कृष्णहरि बास्कोटाले जानकारी दिए । जिल्लाको वस्तुस्थितिबारे अनुगमन गर्न गोरखा आएका बास्कोटाले पत्रकार भेटघाटमा विश्व सम्पदा सूचीमा समावेश भएमात्रै पनि वार्षिक ७५ हजार विदेशी पर्यटक गोरखा आउने दावी गरे ।

बास्कोटाले संग्रहालयलाई विश्व सम्पदा सूचीमा समावेश गर्नका लागि राजधानी फर्केपछि पुरातत्व विभागसँग छलफल गर्ने बताए । उनले हाल हरेक मंगलवार बन्द हुने गरेको संग्रहालया हप्ताको सबै दिन खोल्ने ब्यवस्था गर्नका लागि निर्देशन दिने पनि जानकारी दिए । संग्रहालयलाई थप ब्यवस्थित गर्नका लागि सौर्य उर्जाको ब्यवस्था गर्नुपर्ने र हरेक कक्षबारे अडियो मार्फत जानकारी दिने प्रविधिको विकास गर्नुपर्ने उनले बताए ।

हप्ताको एक दिन जिल्लाको अनुगमन गर्ने क्रममा बास्कोटा सोमबार साँझ गोरखा आइपुगेका हुन् । उनले मंगलबार बिहान जिल्ला प्रशासन, जिल्ला प्रहरी लगायत कार्यालयको अनुगमन गर्दै सबै सरकारी कार्यालयका प्रमुखहरुसँग सामुहिक छलफल गरे । कार्यालय प्रमुखहरुसँगको भेटघाटपछि भएको पत्रकार सम्मेलनमा सचीव बास्कोटाले सुधारका थुप्रै काम गर्नुपर्ने भएपनि गोरखाको प्रशासनिक र विकास निर्माणको अवस्था सन्तोषजनक रहेको बताए । विशेष गरि स्थानीय प्रशासन र प्रहरीले गरेको कामको उनले प्रसंसा गरे ।

बास्कोटाले आँबुखैरेनी गोरखा सडकखण्डको सडकसीमा बारेको अन्यौल अन्त्य गर्नका लागि आफूले पहल गर्ने बताए । मालपोत कार्यालय र सडक कार्यालयमा भिन्नाभिन्नै मापदण्डबारे क्षेत्रीय कार्यालयहरुबाट पत्र आएको भन्दै उहाँले सडक सीमा सम्बन्धी अन्यौल अन्त्यका लागि आफूले सम्बन्धित मन्त्रालयका सचीवको ध्यानाकर्षण गराइसकेको जानकारी दिए । गोरखाको विकासका लागि कृषि र पर्यटनमूलक ब्यवसायमा जोड दिनुपर्ने सचिव बास्कोटाको सुझाव छ ।

मनकामना र गोरखकाली मन्दिरविचको पदयात्रामार्गलाई सञ्चालन गर्न सके आन्तरिक पर्यटकको संख्या बढ्ने उनको विश्वास छ । यस्तै मनासलु संरक्षण क्षेत्रमा हाल कायम रहेको अर्ध प्रतिवन्धलाई खुकुलो बनाउन सके त्यहाँ पनि पर्यटकको संख्या बढ्ने र त्यसले समग्र गोरखाको विकासमा टेवा पुग्ने वास्कोटाले बताए । यस्तै कृषि अन्तर्गत माछा र बाख्रापालन, लिची र अलैंची खेती तथा बेमौसमी तरकारी खेतीको गोरखामा सम्भावना रहेको उनको भनाई छ ।

प्रधानमन्त्री कार्यालयका सचिव बास्कोटाले जिल्ला प्रशासन कार्यालय गोरखाले डिजिटल वडापत्र मार्फत सेवाग्रहीलाई सेवा दिन थालेकोमा प्रशंसा गरे ।

सरकारले राजधानीका ९ वटा विभागमा क्षतिपूर्ति सहितको नागरिक वडापत्र शुरु गर्न लागेको बताउँदै उनले देशभरका सबै सरकारी कार्यालयमा यसप्रकारको वडापत्रको ब्यवस्था गर्न सरकारले तयारी गरिरहेको बताए ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: