Nepal – the country of the Buddha and the Mt. Everest

Peace comes from within. Do not seek it without – Buddha

जादुमय नृत्यका धनी ११ बर्षीया तेरिया मगर छायांकनका लागि जन्मभूमि नेपाल आउँदै

Posted by Ram Kumar Shrestha on June 5, 2014


TeriyaNewकमल चौधरी, बुटवल: भारतको जी टिभीमा प्रशारण हुने डान्स इण्डिया डान्स (डीआईडी) लिटिल मास्टर्सको अन्तिम ५ मा छनोट हुन सफल रुपन्देहीकी तेरिया फौजा मगर यही बिहीबार गृहजिल्ला आउने भएकी छिन । प्रतियोगिताका लागि चार महिनादेखि भारतको मुम्बईमा रहेकी तेरिया अन्तिम ५ मा छनोट हुने निश्चित भएपछि गृह जिल्लामा उनको नृत्य छायांकनका लागि जी टीभीको टोली सहित उनी यहाँ आउन लागेकी हुन् । तेरियाले यहाँ रहदा आफ्नो नृत्य प्रस्तुत गर्दै आफूलाई विजयी बनाउन भोट समेत माग्नेछिन् । १४ वर्ष उमेरसम्मका झण्डै ४ लाख बालबालिकाले भाग लिएको प्रतियोगितामा छनोट भएका ४० हजार प्रतिस्पर्धीलाई पछि पार्दै भोटिङ राउण्ड (टप टेन) मा आइपुगेकी हुन् । बेजोड र जादुमय विस्व स्तरीय नृत्य कलाका कारण निर्णायकको मन जितेकी उनले भोटिङ राउण्डमा दर्शकबाट पनि निरन्तर सर्वाधिक भोट प्राप्त गर्दै अन्तिम ५ मा आउन सफल भएकी हुन् ।

डीआईडी लिटिल मास्टर्सको अन्तिम ५ जनामा छनोट हुने तेरिया नै पहिलो र कम उमेरकी नेपाली प्रतियोगी हुन् । मुम्बईबाट काठमाडौं हुँदै जहाजमा भैरहवा आउने टोलीलाई गौतम बुद्ध विमानस्थलमा जिल्लास्थित सरकारी निकाय, विभिन्न संघसंस्था र तेरियाका आफन्त तथा शुभेच्छुकले भब्य स्वागत गर्ने तयारी गरेका छन् ।

भैरहवा हुँदै बुटवल र उनको गाउँ रुद्रपुर पुग्दासम्म उनको स्वागतमा हुने सबै गतिविधिको छायांकन र प्रशारण हुने भएकाले तेरियाको स्वागतका लागि धेरैभन्दा धेरै जनमानस उपस्थित गराउन जी टिभीको टोलीले आग्रह गरेको बागेश्वरी संगीतालयका प्रिन्सिपल सुरेश सेन्चुरीले जानकारी दिए । उनको स्वागतका लागि गर्नुपर्ने व्यवस्थापनमा ठुलै रकम खर्च हुने भएकाले सहयोग गर्न इच्छुक व्यक्ति र संघसंस्थालाई संगीतालयले आग्रह गरेको छ ।

बागेश्वरी संगीतालय बुटवलकी प्रशिक्षार्थी तेरिया रुद्रपुरको एक बोर्डिङमा कक्षा ५ मा अध्ययनरत छिन् । तेरियाले गत वर्ष काठमाडौंमा सम्पन्न ‘स्कुल आयलफिल्ड क्याराभान’ शीर्षकको राष्ट्रव्यापी नृत्य प्रतियोगितामा प्रथम भई एक लाख रुपैयां नगद पुरस्कार जितेकी थिइन् । डीआईडी लिटिल मास्टर्सको उपाधि विVoteजेताले ५० लाख भारु नगद र कार लगायतका थुप्रै उपहार प्राप्त गर्नेछन् । चार महिनादेखि जारी प्रतियोगिताको ग्राण्ड फाइनल जुन १५ तारिख अर्थात असार १ गते हुने छ ।

१० घण्टा अघि तेरियाको पेजमा यस्तो लेखिएको छ:
आदरणीय दाजु दिदीहरु
म लगायत DID Team भोली नेपाल आउदै गरेको जानकारी गराउन चाहन्छु !! करिब तिन महिना पछि आफ्नो मातृभूमि मा जान पाउदा निकै उत्साहित भएको छु !!
तेरिया मगर फेसबुक पेजहरु धेरै नै बनिसकेको मैले थाहा पाए !! धेरै खुशी लाग्यो हजुरहरुले भोटको लागि अपिल गरिदिनु भएकोमा !!! हजुरहरु सबैलाई बिनम्र आग्रह गर्न चाहन्छु कि अपसब्द र कसैको बिरोध गरेर पोस्ट नगरिदिनु होला !!! भोटिंग लाइन सनिबार राती ९ बजे बाट सोमबार बिहान ८ बजे सम्म मात्र खुल्ने भएकोले अरु समएमा अहिले पनि भोटिंग खुल्ला छ भनेर पोस्ट नगरिदिनु होला !! हामीहरु ९० हजार भन्दा बढी यो पेजमा नै जुटिसकेका छौ !!! प्रतेक पल को अपडेटको लागि यो पेज लाइक गर्नको लागि invite गरिदिनु हुन अनुरोध गर्दछु !!! (कृपया यो पोस्ट share गर्दिनु होला ) अन्तमा हजुरहरुको साथ र सहयोगको लागि धन्येबाद दिन चाहन्छु !!!

Please click here to vote her.

For more about her please click here

For all her videos please click here

Her Page link

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: