Final Decisive Vote to Teriya Phauja Magar (Video)
Posted by Ram Kumar Shrestha on June 14, 2014
बिस्व स्तरीय प्रतिभा भएकी जादुमय नृत्यका धनी एउटा होनहार नेपाली छोरी ११ बर्षीया तेरिया फौजा मगर यतिखेर डिआइडि लिटिल मास्टर्सको जुन २१ अर्थात असार ७ गते टप १ को लागि Grand Finale को संघारमा आइपुगेकी छिन । हिमालकी छोरी तेरियालाई बिजयी गराएर देशको प्रतिस्ठा बढाउने काम हाम्रै हातमा छ । आफ्नै देशमा भएको बिलक्षण प्रतिभाकी धनी भारतकै अत्यन्तै लोकप्रिय कार्यक्रममा लाखौंं प्रतिस्पर्धीलाई पछाडि पार्दै प्रस्फुटित भएर निकै अगाडि आइपुगेपछी बल्ल हामी नेपालीले उनीबारे थाहा पाउने र गर्बानुभूति गर्ने अबसर पाएका छौं । अब उन्लाई बिजयी गराउनका लागि आज शनिबार राती ९:१५ बाट अर्को हप्ताको शनिबार ९:१५ सम्म भोटिंग लाइन खुल्नेछ । एउटै आइडीबाट हप्ताभरि जति चोटी पनि भोट गर्न सकिनेछ । देशको प्रतिस्ठाको लागि पनि यी होनहार हाम्री प्यारी छोरीलाई बिजयी बनाउन ठुलो छात्ती बनाएर लागि परौं । हामी त्यही नेपाली हौं जस्ले प्रशान्त तामाङलाई Indian Idol र पुष्प बस्नेत र अनुराधा कोइरालालाई CNN Hero बनाउन सफल भयौं । अब यतिखेर समय आएको छ तेरियालाई डिआइडि लिटिल मास्टर्स बनाउने ।
Please click here to vote her.
For more about her please click here
For all her videos please click here
Her Page link
Leave a Reply