Nepal – the country of the Buddha and the Mt. Everest

Peace comes from within. Do not seek it without – Buddha

सगरमाथाको गहिराइ

Posted by Ram Kumar Shrestha on July 20, 2014


By नवराज पराजुली

आजको एउटा अत्यन्तै सशक्त कविता

ए देशnawaraj-parajuli-poest
सगरमाथाको शिखरमा ऊभिएको संसारको सबैभन्दा अग्लो मान्छे म
आज खाडीमा गाडीएको छु
कसैले बाहिर निकाल मलाई

मर्नुभन्दा अगाडी म
मेरो बुढा बुबाका हातका नंग नदुखाइकन काट्न चाहन्छु
मर्नुभन्दा अगाडी म
मेरी आमाले पकाएको माली गाइको बिगौती चाख्न चाहन्छु
मर्नुभन्दा अगाडी म
मेरी श्रीमतीको ओठमा मेरै लागि मात्र फक्रिएको गुराँस हेर्न चाहन्छु
मर्नुभन्दा अगाडी म
मेरी छोरीले उसकी हजुरआमाले तिखारिदिएको पेन्सिलले
पहिलोपल्ट लेखेको क हेर्न चाहन्छु

ए देश
मेरी आमाले बनाएको सानो काठको बाकस भरिने पैसा बोकेर
म अरबबाट घर फर्कें भने त ठिकै हो
तर
त्यो भन्दा ठूलो रातो काठको बाकसमा
म नै भरिएर फर्कें भने ???

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: