Nepal – the country of the Buddha and the Mt. Everest

Peace comes from within. Do not seek it without – Buddha

बिदेशका पुराना तर नेपालका नयाँ नारायणकाजी

Posted by Ram Kumar Shrestha on September 6, 2014


रामकुमार श्रेष्ठ

Profile Pictureवेलायतका प्रधानमन्त्री डेभिड क्यामेरोन मन्त्रीहरुलाई लिमो गाडी बिर्सेंर ट्युब चढन सल्लाह दिंदै आफू पनि ट्युबमा यात्रा गर्दा उभिएर पत्रिका पढ्न सक्छन, स्वीटजरल्याण्डका ९१ प्रतिशत सभासदहरु ट्राममा यात्रा गर्छन्, शिकागोका मेयर राहम इमानुयल ट्रेन चढछन्, फ्रान्सका तात्कालिन प्रधानमन्त्री फ्रान्सिस हलाण्डेले २०१२ मा फ्रान्सभित्रको आफ्नो आधिकारिक भ्रमण ट्रेनबाट गर्ने घोषणा गर्छन, थाइल्याण्डका यातायात मन्त्री चाडचार्टले बैंककमा बस यात्रा अत्यन्तै ढिलो हुने बुझ्दा बुझ्दै पनि झन्डै प्लेन नै छुटने गरी गत जुनमा बसबाटै एयरपोर्ट जान्छन । त्यसैले अनाबस्यक अनगिन्ती पार्टी र नेता भएको गरीब देशका नेताहरु भने महंगा सवारी साधनको सट्टा पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले जस्तै सार्वजनिक यातायातमा चढ्नु नै उपयुक्त र ब्याबहारिक हो, तर पनि त्यसो भने हुन नसकिरहेको कारण श्रेष्ठको नियमित सार्वजनिक यातायात प्रयोग गराइ राष्ट्रिय चर्चाको बिषय बन्न पुगेको छ ।

पूर्व उपप्रधानमन्त्री श्रेष्ठ सार्वजनिक यातायात चढ्न थालेपछि जसरी समाचार बन्यो त्यसरी समाचार त गरीब नेपालका नेताहरु महंगा सवारी साधन चढनुको बन्नु पर्थ्यो । जुन कुरो व्याबहारिक र देश सुहाउँदो हो, त्यही काम गर्दा यत्रो चर्चा परिचर्चा हुन्छ भने हामी कतिसम्म अव्याबहारिक भएका रहेछौं त ? संपन्न मुलुकमा अनगिन्ती नारायणकाजी हुँदा प्रतिब्यक्ति आयका हिसाबले २६२ देशमा जानकारी प्राप्त भएका २२८ देशमध्येमा २०७ औं देशमा पर्ने एउटा तन्नम भगत हामीकहाँ बल्ल बल्ल एउटा नयाँ नारायणकाजी जन्मन्छन भने सीमित ब्यक्तिहरु मोटाएर देश सुकेनास रोगले ग्रस्त हुने रोगबाट उन्मुक्ति पाउने परिकल्पनाले सार्थक रुप लेला भन्ने आधार के त ? गरीब देशका अनगिन्ती नेताहरुद्धारा प्रयोग गरिने महंगा सवारी साधन प्रसंग ठूला ठूला भ्रस्टाचार जस्तै समाचार बन्न छाडिसकेको छ । यस्को स्पस्ट अर्थ हो यी ठूला गम्भीर समस्याहरुलाई समस्या देख्ने मानसिकता र माहौल थकित र बेसहार भैसकेका छन ।

त्यसो त प्रधानमन्त्री भएपछि मुस्ताङ गाडी चढ्ने र प्रधानमन्त्री भएरै बिदेश यात्रामा इकोनोमिकल टिकट प्रयोग गर्ने डा बाबुराम भट्टराई र हनुमानढोकास्थित तलेजु भवानी मन्दिरको माथिल्लो तलाबाट जनताको घरको धुरीबाट धुवाँ निस्किएको हेरेपछि मात्र खाना खाने राजा महिन्द्र मल्ल पनि नभएका होइनन । अत्यन्तै सामान्य घरमा बसी बाणिज्य बैंकबाट ॠण लिएर कुखुरा पालन ब्यवसाय गरी लिएको ॠण तिर्न कठीनाइ भएका कारण आँशु चुहाउने पटक पटक मन्त्री भएर प्रधानमन्त्री भएका मरिचमान सिंह पनि नभएका होइनन । गत चुनावमा चुनाव खर्च जुटाउन १० रुपैयाँमा पर्चा बेच्दै हिंड्ने पूर्व उपप्रधानमन्त्री यिनै नारायणकाजी अहिले लामो समय सार्वजनिक यातायातमा यात्रा गर्न थालेपछि यस्ले ठुलै स्थान पाएको छ संचार जगतमा । हुनु पर्ने र गरिनुपर्ने काम हुँदा र गरिंदा यसरी चर्चा पाउनुको स्पस्ट अर्थ हामी टाउकोले हिंडिरहेका रहेछौं भन्ने हो ।

भनिन्छ ‘देश अनुसारको भेष’ । र पनि धनी देशका नेताहरुका व्याबहारिक सामान्य जीवन शैली देखिंदा समेत गरीब देशका नेताहरुको अस्वाभाबिक तडक भडक जीवनशैली देखिनुले देश र जनता दुबैमा भुङ्रो जस्तो ज्वरो निकाल्नु अस्वाभाविक होइन । गरीब देशका नेताहरुको आलिशन जीवनशैली नै भ्रस्टाचारलाई प्रश्रय दिने मूलाधार हो । चिया, चुरोट खानेहरु समातिने तर करोडौं अरबौं खानेहरु स-सम्मान हिंड्नु र अझ बिदेश शयरको अबसर दिइनु भनेको कानुनी राज्य स्थापित नहुनु हो, स्थापना हुन नदिइनु हो । ज्वरो आउँदा सिटामोल खान नपाउने र सुत्केरी हुने बेलामा सुडेनीको दर्शन दुर्लभ हुने देशमा राजनीति गर्नेहरु पजेरो र प्राडोको मालिक बन्नु सामान्य र काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर भने झैं मुलभुत कुरोलाई छाडी बिदेश शयर पानी पंधेरो हुने अवस्था सामना गरिरहंदा, भ्रस्टाचार प्रमाणित गर्न प्रमाण आबस्यक पर्ने, तर प्रमाण जुटाउन दसी पनि फेला पार्न नसक्ने गरी जादु सूत्रपात गर्ने क्षमता भएका नांगा बादशाहहरुलाई नांगो भन्न नसकिरहेका बेला पूर्व उपप्रधानमन्त्री श्रेष्ठ लामो समय सार्वजनिक सवारी साधन चढने प्रसंगले एउटा तरंग ल्याउनु स्वाभाबिकै हो । ‘पार्टीमा भ्रष्टीकरण बढ्दै गएका कारण यस्तो आन्दोलन थालेको हुँ । एकपटक मन्त्री हुँदैमा जीन्दगीभर पुग्ने गरी पैसा र महंगा गाडी कहाँबाट आउँछन् ? मेरो पार्टीले यो कुराको बोध नगरेसम्म मेरो आन्दोलन जारी रहन्छ ।’ – उनको भनाइ छ । उन्ले आफ्नो पार्टीतिर इंगित गरे तापनि एक पटक सांसद, मन्त्री र प्रधानमन्त्री भएपछि केही नगरिकनै आजीवन त्यही रवाफमा बस्ने परिपाटीप्रति नै लक्षित छ उन्को यो आन्दोलन ।

२०३८ सालतिर गोर्खाबाट काठमाण्डौँ आउने क्रममा यात्रुले खचाखच भरिएको बसमा सानो ठाउँ भए पनि पुग्ने बरिस्ठ नेता राजेस्वर देवकोटालाई अरुसंग संगै बस्न नहुने भनी पुरै सिट कब्जा जमाएर बसी संगैको सिट खाली छाडिएको देखेको केही समयपछि गोर्खाबाट काठमाण्डौँ आउने क्रममा नै यात्रुले खचाखच भरिएको बसमा अर्का बरिस्ठ नेता बिस्वबन्धु थापा एकजना गर्भबति महिलाको लागि सिट छोडन लगाउन एकजना अधिकृत स्तरका ब्यक्तिसंग झगडा गरेको देख्न पुगें । नेता थापा आँफै पनि उभिएका थिए । त्यस्तै सर्बस्व हरण सहित राणाकालमा जेल पर्दा ‘जेलमा बीस बर्ष’ पुस्तक लेखेर चर्चामा आएका र जेल बाहिर आँउदा नेपाली काङ्ग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईले समेत तीन घन्टाको लाइनमा बसेर हातमा पुष्पार्पण गरिएका पूर्व मन्त्री खड्गमान सिंहले आफ्नै स्वकीय सचिबले आफ्नो पछाडि ‘खड्गे आफू पनि नखाने, अरुलाई पनि खान नदिने’ भन्दै गाली गरेको गुनासो पोख्थे हामीसंगको भेटको क्रममा । यी सरलता सांसद र मन्त्री हुने बित्तिक्कै सबै पजेरोपति भएको नदेखिने अवस्थाका थिए । अन्याय, अत्याचार, भ्रस्टाचार, नाताबाद, कृपाबाद, फरियाबाद आदिको बिरोध गर्दै पञ्चायतलाई बहुदलीय प्रजातन्त्रले र बहुदलीय प्रजातन्त्रलाई गणतन्त्रले बिस्थापित गर्दा समेत ठूला देशहरुको भन्दा पनि ठुलो संख्यामा सांसद र बारंबारको जम्बो मन्त्रीमण्डलका मन्त्री हुनेहरुका बीच खड्गमान सिंह, रुपचन्द्र बिष्ट, भिम बहादुर तामाङ्हरुको खडेरी परेको बेलामा पूर्व उपप्रधानमन्त्रीको यो किसिमको आन्दोलनको निरन्तरताले महत्व पाउनु असान्दर्भिक होइन ।

जति थकित भए पनि आफूले खाएका भाँडा माझ्ने बानी नछाडेका पूर्व उपप्रधानमन्त्री श्रेष्ठ आजकाल गाढी चढेको थाहा पाएपछि गाडी स्टाफहरुको सर्वसाधारणलाई गर्ने व्यवहार नै फरक हुन थालेको छ । उनीहरुको यो अस्थायी व्यबहारलाई स्थायी रुपमा परिणत गर्न धेरै नारायणकाजीहरु र स्पस्ट र ठोस नीति र नियमको आवश्यकता पर्छ । आदर्शले मात्रै देश बन्ने भए त देश पहिल्यै सिंगापुर बनिसकेको हुन्थ्यो । सबैतिर अस्तब्यस्त र तहस नहस समाज र देश रुपान्तरण सम्भब त्यसबेला मात्रै सम्भब हुन सक्छ जब नेतृत्वदायी भूमिका निर्बाह गर्नेहरु व्याबहारिक बन्छन । अन्यथा रक्सी पुरानै बोत्तल मात्रै नयाँ भने झैं नव धनाढ्यहरु जन्मने र नव डनका मालिक बन्ने प्रकृया अगाडि बढ्ने र त्यस्ले बिस्तारै देशमा माफियातन्त्रको बिकास हुने खतरालाई नकार्न सकिन्न । देशको दुर्दशाको मूल जरो भनेकै कुर्सी मोह, नाताबाद, कृपाबाद, पार्टीबाद जस्ता स्वार्थपूर्ण सोंच हुन । त्यसैले दक्षिण अमेरिकी मुलुक उरग्वेका बहालवाला राष्ट्रपति जोसे मुजिकाले जस्तै जीवनशैली हाम्रा नेताहरुले पनि अपनाउने भए न त देश भ्रस्टाचारको दलदलमा फस्थ्यो न त देश यसरी अनिर्णयको बन्दी बन्थ्यो । कस्ले कस्लाई केका आधारमा सुन्ने र आदर गर्ने भन्ने जस्तो जटिल समस्या आदर्श पुरुषको अभावमा टडकारो रुपमा देखा परेको देखिएको समस्या हो हाम्रो । अथाह श्रोतको धनी देशको यो हालतको कारक तत्व भनेकै उरग्वेका बहालवाला राष्ट्रपति जोसे मुजिकाको शब्दमा भन्ने हो भने हाम्रा गरीब नेताहरु र गरीब ब्युरोक्र्याटसहरु हुन । उनी भन्छन – ‘मलाई कँगाल राष्ट्रपति भन्छन, तर मलाई त्यस्तो लाग्दैन । गरिव त ती हुन जो आफ्नो रवाफिलो जीवनशैली कामय राख्नका लागि मात्र काम गर्छन, जस्ले धेरैभन्दा धेरै कमाउन चाहन्छन । दक्षिण अमेरिकी मुलुक उरुग्वेका बहालवाला राष्ट्रपति जोसे मुजिका, जो उपचार गर्न आफ्नै देशको अस्पतालमा पालो कुर्छन भने हाम्रा नेताहरु स्वास्थ्य उपचारका खातिर पखालाले ग्रस्त भएको ब्यक्ति शौचालय धाए जस्तै गरेर राज्यको ढिकुटीबाट करोडौं रुपयाँ सकाउँदै बिदेश औषधोपचारको लागि तारन्तार धाउने गर्छन् । लोकलाजले पनि नारायणकाजीको असर उनीहरुमा केही पर्ला कि भन्यो, कहीं कतै त्यस्को छनक समेत पनि देखा पर्नु त परै जाओस उल्टै उनीहरुको आफ्नैपनाको महामारी मच्चाएरै भने पनि नारायणकाजीलाई अत्याउन खोज्ने प्रबृत्तका कारण लाज त लोकलाई पो लागिरहेछ ।

See more at: http://www.ratopati.com/2014/09/06/165107.html#sthash.oBigHU7Q.dpuf

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: