Nepal – the country of the Buddha and the Mt. Everest

Peace comes from within. Do not seek it without – Buddha

बेलायतमा नेपाली विद्यार्थी उषा अर्याल सम्मानित

Posted by Ram Kumar Shrestha on January 9, 2015


Usha-Aryalलन्डनस्थित लाइसेस्टर विश्वविद्यालयमा अध्ययनरत  २१ वर्षे नेपाली छात्रा उषा अर्यालले बायोटेक्नोलोजी युवा उद्यमी स्किम्स प्रतियोगिता (एस) २०१४ मा जित दर्ता गरेकी छन् । गुल्मी सिरसेन–५ कि अर्यालसहितको टिमले एस प्रतियोगितामा जित दर्तासँगै  २ हजार ५ सय पाउन्ड  हात पारेकी छन् ।

उनीसँगै अर्को समूहले पनि अवार्ड हात पारेको छ । जितसँगै अर्यालले सन् २०१५ को अप्रिल महिनामा अमेरिकाको टेक्सासमा हुने इन्सप्रेनरसिप स्किल इन द इन्टरनेशनल आरआईसीई बिजनेस प्लान प्रतियोगितामा समेत आफ्नो क्षमता देखाउने मौका पाउने छिन् । उक्त प्रतियोगितामा अन्य ४० देशका विभिन्न उद्यमीहरु समेत सहभागी हुनेछन् ।

‘यो बेलायतका लागि निकै खुसीको विषय हो, यस्ता क्षमतालाई विश्वभर फैलाउनका लागि हामीले काम गर्नुपर्छ’ बेलायतका विश्वविद्यालय, साइन्स एन्ड सिटिज मन्त्री ग्रेक क्लार्कले भने ‘हामीलाई यस्तै बैज्ञानिकहरुको खाँचो छ जस्ले यस्ता प्रतियोगितामा भाग लिन सकुन ।’ उनले यो प्रतियोगिताले व्यक्तिको बैद्धिक्ता, आत्मविश्वास तथा उद्यमी प्रतिभालाई प्रस्फुटन गराउने बताए । यस्ता व्यक्तिले मुलुकको आर्थिक विकासमा सहयोग पु¥याउनुका साथै नयाँ काम तथा रोजगारीको सम्भावना पनि प्रशस्त खुलाउने बताए ।

Usha Aryal

अर्यालले जेनेटिक्स विषयमा पीएचडी गर्दैछिन् । उनले साउदी अरेबियाको रियादबाट प्रारम्भिक शिक्षा लिएकी थिएन भने त्यसपछि काठमाडौंको रोडोडेन्ड्रन इन्टरनेशनल बोर्डिङ स्कुलमा पढेकी थिएन । त्यस्तै बेल्जियमस्थित ब्रसेल्सस्थित सेन्ट जोन्स इन्टरनेशनल स्कुल समेत अध्ययन गरेकी उनले एसएलसी भने काठमाडौंस्थित लिटिल एञ्जल्स स्कुलबाट विशिष्ठ श्रेणीमा उत्तीर्ण गरेकी थिइन ।

उनले त्यसपछि लन्डनस्थित होल्यान्ड पार्क स्कुलबाट ए लेवल अध्ययन गरेकी थिइन । त्यसपछि बेलायतका प्रमुख तीन विश्वविद्यालय अन्तर्गत पर्ने युनिभर्सिटी अफ लन्डनबाट अध्ययन गरेकी थिइन । उनले त्यहाँ अध्ययनगर्दा बीएससी ह्युमन जेनेटिक्स विषयमा टप टेनमा पर्न सफल भएकी थिइन । उनी अहिले स्नातकोत्तर तह नपढी लाइसेस्टर विश्वविद्यालयमा पूर्ण छात्रवृत्तिमा जेनेटिक्स विषयमा पीएचडी गरिरहेकी छन ।

CachedImage

1009073_10203192050386364_491537393_o

– See more at: http://www.educationnewsnepal.com/?p=378#sthash.hbT4pW1R.dpuf

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: