Nepal – the country of the Buddha and the Mt. Everest

Peace comes from within. Do not seek it without – Buddha

गोरखा दलभन्ज्याङमा रहेको “द ओसन क्लब”ले पच्चिस लाखको अक्षयकोष स्थापना गर्ने

Posted by Ram Kumar Shrestha on January 28, 2015


25 lakh

गोरखा नगरपालिका वडा नम्वर ८ दलभन्ज्याङमा रहेको “द ओसन क्लब”ले पच्चिस लाखको अक्षयकोष स्थापना गर्ने तयारी गरेको छ । संस्थालाई व्यवस्थित र दिगो रुपमा अगाडी बढाउन आर्थिक पाटो पनि सबल हुनुपर्ने महशुस गर्दै अक्षयकोषको स्थापना गर्न लागीएको क्लबका अध्यक्ष अमित खत्रीले बताउनुभयो ।

पत्रकार सम्मेलन गर्दै क्लबले स्थापना गरिने अक्षयकोषको व्याजबाट क्लबको नियमिति गतिबिधिलाई अगाडी लैजाने पनि क्लबले जनाएको छ । अक्षयकोष स्थापनाको लागी क्लबका आजिवन सस्थापक सदस्यबाट प्रति व्यक्ति पाँच हजार, र संस्थागत रुपमा प्रति संस्था दश हजार संकलन गर्ने उदेश्य रहेको क्लबका सचिव सबिन केसीले बताउनुभयो ।

त्यस्तै आज पत्रकार सम्मेलन गर्दै क्लबले यहि मिति २०७१ असोज २५ देखि ३१ गते सम्मको भएको आमन्त्रित “सेभेन ए साइड” खुल्ला फुटवल प्रतियोगीताको आयव्यय बिवरण सार्वजनिक गरेको छ । क्लबले सार्वजनिक गरेका बिवरण अनुसार प्रतियोगीता सन्चालन गर्दा क्लबलाइ ३४ हजार एक सय ४० रुपैया घाटा भएको जनाइएको छ ।

प्रतियोगीताका लागि दुइ लाख ५७ हजार दश रुपैया संकलन भएको थियो भने दुइ लाख ९१ हजार एक सय ५० कुल खर्च रहेको क्लबले जनाएको छ । आर्थिक सहयोगको प्रतिवद्धता जनाएकाहरुले रकम उपलब्ध नगराइदिदा ऋण सापटी लिएर प्रतियोगीता सम्पन्न गरेको भन्दै प्रतिवद्धता जनाएकाहरुलाई सहयोग गर्न क्लबले आग्रह पनि गरेको छ ।

The Ocean Club

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: