Nepal – the country of the Buddha and the Mt. Everest

Peace comes from within. Do not seek it without – Buddha

डेनमार्कमा नेपालीका बच्चाले मच्चाए तहल्का

Posted by Ram Kumar Shrestha on March 19, 2015


shashot

डेनमार्कमा जन्मेहुर्केका नेपाली नयाँ पुस्ताले अवसर पाए अरुभन्दा कम छैनौँ भन्ने देखाउन थालेका छन् | यस्तो उदाहरण बनेका छन बाबु विवेक श्रीस राना र आमा सुशीला हमालका जेष्ठ सुपुत्र- शाश्वत राना | राना डेनमार्कको हेल्लेरूप इद्रेत क्लवमा आवद्ध छन् | मार्च ७ र ८ मा डेनमार्कको सोरोमा १५ टिम बीच भएको खेलमा उनको टिमले डेनिस नेशनल लिग २०१५ च्याम्पियन अन्डर ८ को उपाधी जितेको थियो |

कोपेनहेगन बस्ने ७ बर्षीय शाश्वत रानाले सन् २०१४ को अप्रिलदेखि हेल्लेरूप इद्रेत क्लवबाट आफ्नो फुटबल खेलको शुरुवात गरेका थिए| खेल्न शुरु गरेको १ महिनामा नै उनी उमेर समुहका ६४ जनालाई पछि पार्दै ११ मा पर्न सफल भएका थिए| उनी जुनसुकै पोजिसनमा रहेर पनि खेल्न सक्ने खेलाडी हुन् | उनको टिम यहि अप्रिल ६ मा स्विडेनको होलभिकानमा हुने नासेत कप र १६ मे मा स्विडेनकै क्लाग्शममा हुन गैरहेको आसहोज्देन कप २०१५ का लागी छनोट भएको छ | यसै गरी उनी यहि मे २३ र २५ मा जर्मनीको ग्रेवेन्ब्रोइचमा हुन गैरहेको पीफिंगसत कपको लागि डेनिस टिममा रहेर खेल्दैछन् |
डेनमार्कमा रहेको नेपालीहरुको सँस्था हिमालयन क्लवमा साथिहरु सँगसँगै जाने गरेका शाश्वतको रुची फूटवलमा रहेको नेपालीहरुका साथै स्कुलका शिक्षकले पनि थाहा पाएपछी किम हिक क्लवमा पठाएको पिता विवेक राना बताउँछन । अहिले शाश्वत हप्तामा तिन दिन सोमवार,बुधवार र शुक्रवार दैनिक एक घण्टा ट्रेनिङ लिने गर्छन भने शनिवार र आईतवार विभिन्न डेनिस क्लव बीच हुने प्रतिस्पर्धामा सहभागी हुन्छ । उनले स्थानीय स्तरमा थुप्रै अवार्ड जितिसकेका छन । शाश्वतको फुटबल बाहेक बास्केटबल र ह्याण्डबलका साथै चित्रकला र संगीतमा पनि रुची छ । उनी कोपेनहेगन स्थित रादमान्दसगाडे स्कुलमा कक्षा १ मा अध्यानरत छन् ।

हुनत त पिता विवेक पनि नेपालका राष्ट्रिय खेलाडी हुन् । उनी नेपाल रहदा करातेका राष्ट्रिय खेलाडी एंव प्रशिक्षक समेत थिए । त्यसैले शास्वतको भित्रि चाहना सजिलै बुझे । बाग्लुंगदेखि पोखरामा बसाई सरेका राना १२ बर्ष अगाडी डेनमार्क आएका थिए । २००७ मा डेनमार्कमै शास्वतको जन्म भएको थियो । शास्वत झैँ उनको कान्छो छोरा बिशेष रानाको पनि फुटबलमा रुची रहेको पाएर दाज्यूकै क्लवमा ट्रेनिङको लागि पठाउन शुरु गरेको विवेक राना बताउछन् । उनी हाल ३ बर्षका छन् ।

बाबु विवेक श्रीस राना र आमा सुशीला हमाल तृष्ण बुद्वी भएका छोरा पढाईमा पनि चम्कोस भन्ने चाहन्छन । उसको रुची फुटबलमा रहेकोले रुची पूरा गर्नको लागी तालिम,प्रतिस्पर्धामा लैजाने ल्याउने तथा आवश्यक सामाग्री खरिद गरीदिएको छन । छोराको निम्ति कुनै कसुर बाकि नराख्ने पिता माता बताउछन् । भविष्यमा छोराको राष्ट्रिय परिचय फुटबल खेलाडीकै माध्यमबाट बन्नेमा उनीहरु ढुक्क छन् ।

– इन्फो मालाबाट

One Response to “डेनमार्कमा नेपालीका बच्चाले मच्चाए तहल्का”

  1. Aaido leendo said

    मेरो लाखौं सलाम छ गोर्खालीका सुसन्तान भबिश्यको उज्यालो कर्णधार लाई ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: