Nepal – the country of the Buddha and the Mt. Everest

Peace comes from within. Do not seek it without – Buddha

नेपाली भूमिमा तारबार गर्न भारतीय एसएसबीको अवरोध

Posted by Ram Kumar Shrestha on June 20, 2015


indian_ssb_on_nepali_border_466084939
काम अघि बढाए जे पनि हुने धम्की
कपिलवस्तु : कपिलवस्तुस्थित नेपाली भू–भागमा पर्ने गुगौली गाविस-३ वीरनगर भाठामा वन कार्यालयले थालेको तारबार गर्ने काममा भारतीय एसएसबीले जबर्जस्ती रोकेको छ ।

Indian female paramilitary soldiers stand guard near the border with Nepal ahead of third phase polls, at Panitanki village, about 40 km (25 miles) north of the eastern Indian city of Siliguri April 28, 2009. The India-Nepal and India-Bangladesh border will remain sealed from 28 April evening to 30 April, Siliguri's sub-divisional officer said on Tuesday. REUTERS/Rupak De Chowdhuri (INDIA MILITARY POLITICS ELECTIONS)

अतिक्रमित जग्गा खाली गराई गत जेठ २६ गतेदेखि सुरु गरिएको तारबार भारतीय एसएसबीको अवरोधका कारण शनिबारदेखि रोकिएको हो । गौतमबुद्ध साझेदारी वनको अगुवाइमा ९ दशमलव ८ हेक्टर अतिक्रमित वन क्षेत्र खाली गराइएको थियो । त्यहाँ वृक्षरोपण गर्ने योजना छ ।

नेपाल र भारतको सीमा अर्रा नदीलाई मानिँदै आएको कपिलवस्तु वन कार्यालयले जनाएको छ । अर्रा नदीको पूर्व नेपाली भू–भाग र पश्चिम भारतीय क्षेत्र निर्धारण गरिएको छ तर एसएसबीले सो क्षेत्र विवादित भन्दै तत्कालै काम रोक्न निर्देशन दिएको रेन्जर रवीन्द्रनाथ खनालले बताए ।भारतको बलरामपुर जिल्ला छोटकी भुकुरुवाबाट आएका एसएसबीले काम अघि बढाइए उचित नहुने भन्दै धम्की दिएपछि बाध्य भएर आफूहरुले काम रोक्नुपरेको खनालले गुनासो गरे ।

‘हामीले तारबारका लागि खम्बा गाड्ने काम गरिरहेका थियौँ,’ उनले भने, ‘त्यही बेला एक्कासी भारतीय एसएसबी आएर तत्कालै काम रोक नत्र ठीक हुने छैन भने ।’वन कार्यालयको स्वीकृत कार्यक्रम र कार्यादेशअनुसार नै गौतमबुद्ध साझेदारीको अगुवाइमा काम थालिएको थियो । ‘दुई सय २४ वटा खम्बासमेत गाडिइसकेका थियौँ, काम अघि बढाइरहेको बेला जबर्जस्ती भारतीय एसएसबीले रोकिदिए,’ गौतमबुद्ध साझेदारीका अध्यक्ष जानकारी यादवले भने, ‘नेपाली भू–भागमा काम रोक्ने उनीहरुलाई कुनै अधिकार छैन, तर उनीहरुको दादागिरीले काम गर्ने स्थिति नै छैन ।’

यो विवादित जमिन हो, संयुक्त सर्भे नगरी काम अघि नबढाउनू भनेर धम्की दिएकाले यस्तोमा आफ्नो ज्यानै जोखिममा हालेर काम गर्न नसकिने उनले दुःखेसो पोखे ।

यसअघि पनि अतिक्रमण हटाउँदासमेत एसएसबीले आफूहरुलाई काममा अवरोध गरेको उनले बताए । यता वन कार्यालयका प्रमुख राकेश कर्णले रेन्जर खनालले भारतीय एसएसबीले काममा अवरोध गरेको भन्दै कार्यालयमा लिखित जानकारी गराएको बताए ।

आफूले सो क्षेत्रको पटक–पटक अनुगमन गरेको र सो क्षेत्र स्पष्टरुपमा नेपालमै परे पनि भारतीय पक्षद्वारा कामका अवरोध आउनु दुःखद् कुरा भएको उनले बताए । आफूले घटनाबारे स्थानीय प्रशासन, वन विभाग र मन्त्रालयमा समेत जानकारी गराएको बताए ।

सो क्षेत्रको स्थलगत अनुगमन गरेका इलाका प्रशासन कार्यालय चन्द्रौटाका प्रमुख मेघनाथ उपाध्यायले सो क्षेत्र नेपालमै पर्ने स्पष्ट रहेको बताए । ‘अर्रा नदीको पूर्व नेपाल र पश्चिमतर्फको क्षेत्र भारतीय हो’, उनले भने, ‘यस्तोमा भारतीय पक्षले काम रोक्नु कुनै तुक छैन ।’

प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले भारतीय पक्षले काम रोकेको आफूलाई वन कार्यालयमार्फत जानकारी आएको बताए ।

त्यस विषयमा आफूले समेत माथिल्लो निकायमा जानकारी गराएको भन्दै भारतको बलरमवापुरका डिएमसँग सम्पर्क गर्ने उनले बताए । रोकिएको काम अघि बढाउन आफू प्रयासरत रहेको उनको भनाइ छ ।

रासस

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: