Nepal – the country of the Buddha and the Mt. Everest

Peace comes from within. Do not seek it without – Buddha

एनआरएनए अस्ट्रेलिया चुनाव २०१५ पर्यबेक्षण प्रतिबेदन

Posted by Ram Kumar Shrestha on July 15, 2015


[अन्य देशमा छिट्टै चुनाव हुने भएकोले यस्मा उल्लिखित केही कुरा ती देशमा शिक्षाको रुपमा लिन सकियोस भन्ने अभिप्रायले यो अत्यन्तै संक्षिप्त प्रतिबेदनलाई यसरी सार्वजनिक रुपमा पेश गरिएको हो । ]

NRNएनआरएनए अस्ट्रेलिया चुनाव २०१५ को पर्यबेक्षकको हैसियतमा निर्वाचनस्थल भिक्टोरियाको ५९ ए रोजबेरी एभेन्यू प्रेस्टनमा म करीब १५:०० देखि १७:३० सम्म रहँदाको समयाबधिमा आफूले देखेका, महसूस गरेका र अन्यबाट प्राप्त सुझाबहरुलाई बुँदागत रुपमा पेश गर्न चाहन्छु । यहाँ प्रस्तुत बुँदाहरु एनआरएनको चुनाबमा मात्रै केन्द्रित नभएर योसंग अन्तर्सम्बन्धित कुराहरुलाई पनि समेटिनेछ ।

१ एनआरएनएको यो बर्षको चुनाव यस्को परिवर्तित बिधानले ‘प्यानल’ बनाई चुनाव लड्न नपाउने आचार संहिता स्पस्ट रुपमा ब्यबस्था गरेका कारण चुनाव के कसरी होला भन्ने कुरा चासो र चुनौतीको बिषय थियो । नयाँँ बिधान अनुरुप एउटा बिल्कुलै फरक परिबेशमा हुन गैरहेको पहिलो चुनाव भएका कारण पनि धेरैको ध्यान अस्ट्रेलियातिर तानिनु स्वभाबिकै थियो र संभाबित समस्या न्यूनिकरणका खातिर चुनाव प्रचार प्रसारको समयदेखि नै निर्वाचन समितिले बिभिन्न किसिमबाट सजगता अपनाएको कारण स्पस्ट रुपमा समूहगत प्रचार प्रसार भएको खासै पाइेएन । समग्रमा निर्वाचन संभाबित चुनौतिलाई सफलतापूर्बक पार गरेको रुपमा लिनु पर्ने देखिन्छ ।

२ अर्कै शहरबाट जानु पर्ने भएकोले म निर्वाचनस्थल पुगेको समय निर्वाचन समयाबधिको उत्तरार्ध भएकोले पनि आफूले अन्य ब्यक्तिहरुसंग बुझे अनुसार तुलनात्मक रुपमा सो समय शान्त थियो । तसर्थ अपेक्षाकृत चुनौति समानुपातिक याने कि कम हुनु स्वाभाबिकै थियो यध्यपि यदाकदा अनुक्रमानुपाति हुनै नसक्ने भन्ने होइन ।

३ कम्पुटरहरु अत्यन्तै ढिला भएका कारण Login गर्न कतिपयलाई समस्या भएको जस्तो पनि पाइयो । एकजनाको लागि एउटा User name र Password हुने भएको र त्यसबाट एकपटक मात्रै भोटिङ गर्न पाइने भएकोले आगामी बर्षमा घरबाटै पनि भोटिङ गर्न मिल्ने ब्यबस्था गरिएको खण्डमा ब्यबस्थापन सहज हुने र खर्चमा ठुलो मितब्ययिता हुने मात्रै नभएर अधिकाधिक भोट खस्ने संभाबना पनि हुने भएकोले यसतर्फ संबेदनशील हुनु उपयुक्त देखिन्छ जस्ले बिदेशको ब्यस्त जीवनका बाबजुद भीटिङको लागि समय ब्यबस्थापन सहज् बनाउन सक्छ ।

४ बिदेशमा बस्ने नेपालीहरुको संख्याको तुलनामा सदस्य संख्या अत्यन्तै न्यून भएको र त्यो संख्या पनि चुनावको समय नजिकिंदै गर्दा ह्वात्तै बढ्ने संस्कारलाई स्वत: स्फूर्त रुपमा सदस्य बन्ने बातावरण सिर्जना गरी बिदेशमा बस्नेहरुको अधिकाधिकलाई समेट्ने रणनीति अख्तियारी गरिनु पर्ने धेरैको आवाजलाई सुझाबको रुपमा समाबेश गरिनु उपयुक्त देखिन्छ आगामी दिनका निर्वाचनमा अधिकाधिकको सहभागिता जुटाउन ।

५ नेपालमा हुने चुनाव अनाबस्यक किसिमको तडक भडकपूर्ण हुने भएकोले यस्ले अस्वस्थ प्रतिस्पर्धा बढाउने मात्रै नभएर अनाबस्यक तवरले बिभिन्न किसिमका तनाब सिर्जना गर्ने, अनाबस्यक तबरबाट गरिएको खर्च उठाउन र भाबी चुनावको खर्च जुटाउनका लागि भ्रस्टाचार बढाउने काम पनि गर्छ । अत: नेपालीहरुकै बीच बिदेशमा गरिने यस किसिमको सौहार्दपूर्ण बातावरणमा हुने चुनावलाई प्रचार प्रसार गरी नेपालमा पनि यस किसिमबाट चुनाबी माहौल सिर्जना गर्न उत्प्रेरित र अभिप्रेरित गरिनु पर्छ । यो भ्रस्टाचार न्यूनिकरणको लागि केही हदसम्म सहायसिद्ध हुन सक्छ ।

अन्तमा, अस्ट्रेलियाको यो बर्षको निर्वाचनमा बिजयी संपूर्ण बिजेताहरुलाई हार्दिक बधाई ज्ञापन गर्दै कार्यकाल उल्लेख्य उपलब्धिका साथ सम्पन्न होस भन्ने शुभ-कामना ब्यक्त गर्न चाहन्छु । आगामी निर्वाचन अझ सौहार्धपूर्ण बनाउन सबैलाई समेटेर मैत्रीपूर्ण बातावरण सिर्जना गर्दै अगाडि बढ्ने पहललाई सफलिभूत बनाउन कार्यतत्परता दर्शाउन सुझाब दिन चाहन्छु ।

रामकुमार श्रेष्ठ

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: