Nepal – the country of the Buddha and the Mt. Everest

Peace comes from within. Do not seek it without – Buddha

Second WNO Convention – USA 2016

Posted by Ram Kumar Shrestha on March 20, 2016


Second WNO Convention – USA 2016

The First WNO Oct 29-31 , 2011 लन्डनमा भएपछि ईमेल मार्फत अनाबस्यक बिबाद सिर्जना गरिएपस्चात यस्ले अनाबस्यक बादबिबादको रुपमा केही दिनसम्म निरन्तरता पाएपस्चात कार्यकरममा सहभागीको हैसियतमा मैले यो मेल पठाएको थिएँ उक्त मास मेलमा । Second WNO Convention – USA 2016 मा हुने सन्दर्भमा मेरो सो मेल नेवार भेलालाई मात्रै नभएर अन्य धेरै क्षेत्रको लागि समेत शिक्षाप्रद हुन सक्ने भएकोले कहीं कतै सार्वजनिक गर्न पाए हुन्थ्यो भन्ने केहीको सुझाबलाई ध्यानमा राखी Second WNO Convention – USA 2016 को सफलताको लागि हार्दिक शुभ-कामना ब्यक्त गर्दै जानकारीको लागि सो ईमेलको पूर्ण विवरण राखिदिएको छु:
मित्रहरु,

नमस्ते!

लण्डनमा भएको नेवारहरुको भेलामा दुबै दिन उपस्थित भएको कारण केही बोल्नु उपयुक्त ठानें यद्यपि नेवार नै भए तापनी नेवारी बोल्न नजान्नुको कारण पुरै समय ब्यतित गर्दा र सबैले नेवारीमा बोल्दा आफूले भने लुम्बिनी-कपिलवस्तु दिवस अभियानको तर्फबाट कार्यपत्र प्रस्तुत नेपालीमा गर्नु पर्दाको पीडाको साथसाथै हीनताबोध ताजै छ ।

नीतिगत कुरामा सान्दर्भिक हुने भएकोले अलिकति आफ्ना बिगतका कुराहरुलाई पनि राख्ने अनुमति चाहन्छु । म कुराहरु बुँदागत रुपमा जान चाहन्छु:

१) केही द्रिस्टान्तहरु: म संधै अनेकतामा एकता खोज्दै हिंडने मान्छे र त्यस्को संभाबनाको प्राचुर्यता देख्ने मान्छे । शायद त्यसैले होला त्यस्मा हरेक ठाउँमा केही न केही सफलता पाएको आभास हुन्छ । नेपाल छाडनु अघि कीर्तिपुरको चम्पादेबीमा नेपाल राष्ट्रिय जातीय संग्रहालय स्थापनार्थ खोलिएको संस्थामा पनि त्यो संभब भयो । त्यस्को लागि आबस्यक पर्ने २०० रोपनी जग्गा सरकारसंग माग गर्ने क्रममा तात्कालिन सम्बन्धित मन्त्री बल बहादुर केसीले मन्त्री परिषदमा पेश गर्नको लागि गुरु योजना माग्नु भयो । बिस्तृत गुरु योजना बनाउन लाखौं लाग्ने भएकोले झन्डै डेढ हप्ता खटेर प्रारंभिक गुरु योजना बनाएँ । मैले तयार गरेको उक्त प्रारंभिक गुरु योजना तात्कालिन सम्बन्धित मन्त्री बल बहादुर केसीले मन्त्री परिषदमा पेश गर्नु भएपछि उक्त परियोजनाको लागि आबस्यक जगा मन्त्री परिषदले दिने निर्णय गर्‍यो । त्यो अत्यन्तै महत्वाकांक्षी र महत्वपूर्ण परियोजना भएको र सबैको सहयोग चाहिने भएकोले त्यस बेला माओबादी भूमिगत भएको कारण कांग्रेस, एमाले र दरबार सम्बन्धित नेताहरुलाई समेत सहभागी गराइयो । वेलायत, नर्बे र नेपालका थुप्रै प्रोफेसरहरु आबद्ध भए । तात्कालिन युवराज दीपेन्द्रलाई संरक्षक राख्ने कुरा अन्तिम अवस्थामा पुगेको बेला दरबार हत्याकाण्ड भयो । नेपाल टुरिज्म बोर्डको पहिल्लो तल्लाको २ हलमा म र एकजना म्युजोलोजिस्ट कन्सल्ट्याण्टको रुपमा काम गरेर तयार पारेको १३ जनजातीको डायोरामाहरु छन (जुन मिनी म्युजियमको रुपमा चिनिन्छ) कीर्तिपुरमा बनाइने संपूर्ण जनजातीको जातीय संग्रहालयको अबधारणा स्पस्ट पार्ने प्रयास अनुरुप । अहिले सरकारले ब्रिहत गुरु योजना तयार गर्न रकम छुट्याएको छ जस्को आधार मैले नै तयार पारेको प्रारंभिक गुरु योजना हुनेछ ।

नेपाली लोक बाजा संग्राहलयको म संस्थापक उपाध्यक्ष हुँ जस्ले २०० भन्दा बढी लोक बाजाहरु संकलन गरिसकेको छ भने लोक बाजा, लोक भाका र पुराना फिल्महरु खोज्ने र संरक्षण गर्ने काम भएको छ । यस्मा पनि कांग्रेस, एमाले, माओबादी सबै पक्षका छन ।

डा उपेन्द्र देवकोटा संस्थापक अध्यक्ष भएर खोलिएको गोरखा समाज सेवा केन्द्रमा समस्या आउन लागेकै बेलामा अर्को संस्थासंग एकीकृत गरेपछिको संस्थामा म २ पटक उपाध्यक्ष भएर काम गरें । त्यस्मा कांग्रेस, एमाले, माओबादी सबै छन र राम्रैसंग चलिरहेकै छ ।

२ बिल्कुलै फरक सिद्धान्त भएको जर्मन एकीकरण भएको यत्तिका बर्ष भयो, तर एकताले निरन्तरता पाएकै छ ।

लुम्बिनी-कपिलवस्तु दिवस अभियान (पहिला कपिलवस्तु दिवस अभियान) को म बिस्व संयोजक छु । बिस्व कार्य समिति गठनले पूर्णता पाएको करीब डेढ बर्षमा ९ देशमा राष्ट्रिय समिती (हाल १९ देशमा) गठन भएको छ । यस्को बिस्व सल्लहकारमा तीन ठूला पार्टीको प्रतिनिधित्व गराइएको छ । यही डिसेम्बर १ तारिखमा नेपालमा गरिएको कार्यक्रममा पूर्व प्रधानमन्त्री प्रचन्ड, ३ जना मन्त्री, कांग्रेस र एमालेका पूर्व मन्त्रीहरु, थुप्रै सांसदहरु, राष्ट्रिय स्तरका बुद्धिजीबिहरुको सहभागिता थियो । प्रचन्डलाई अभिनन्दन गरियो (त्यसपछी पूर्व मन्त्री दीपकुमार उपाध्याय, जो हाल भारतको लागि राजदूत हुनुहुन्छ, र कोरियाका लागि पूर्व राजदूत कमल प्रशाद कोइरालालाई सम्मान गरिसकिएको छ भने केही राजदूत र बिस्वस्तरीय ब्यक्तिहरुलाई सम्मान गर्ने योजना छ) । उन्लाई माओबादीका नेताको हैसियतमा अभिनन्दन गरिएको नभएर वृहत लुम्बिनी विकास निर्देशक समितिका संयोजकको हैसियतमा अभिनन्दन गरिएको हो जस्ले बान्की मूनलाई अनतरास्ट्रिय संयोजक बनाउने भूमिका पनि खेल्यो । यदि त्यो ठाउँमा सुशिल कोइराला, झलनाथ, पूर्व राजा ज्ञानेन्द्र, पशुपति सम्शेर भए उनीहरुलाई अभिनन्दन गरिन्थ्यो । माधव कुमार प्रधानमन्त्री हुँदा अभियानले ज्ञापन पत्र बुझाउने बेलामा डा आरजु देउवा र एमालेका पूर्व मन्त्री राजेन्द्र श्रेष्ठ पनि हाम्रो टिमबाट जानु भएको छ ।

पहिको कपिलवस्तु दिवस मनाउँदा जो जो बढी सकृय भए उनीहरुलाई समाबेश गरेर बिस्व कार्य समिति बनाइएको छ भने क्षेत्रीय सन्तुलन मिलाउन केही थपिएको छ । बिस्व कार्य समितिमा म बारंबार एउटै कुरामा जोड दिन्छु – “सबैको आ-आफ्नो आस्था हुन सक्छ , त्यो आस्था ब्यक्त गर्ने ठाउँ बाहिर हो यहाँ होइन । यहाँ नेपाली भएर सोचौं, पार्टीगत कुरै नउठाऔं । राष्ट्रिय समिति गठन गर्दा कम्तीमा पनि तीन ठूला पार्टीको १-१ जना परोस ।” आखिर संभब भएकै छ । अहिलेसम्म त्यस्तो केही समस्या देखिएको छैन । आफू पनि केही नगर्ने र अरुले गरेको पनि देख्न नसक्ने र अनेक तिकडम गर्नमा नै रमाउने र अरुले के ठानेको छ भनी नबुझी आँफै ठुलो महसूस गर्नेहरु बाहिरबाट भाँडन खोज्ने नदेखिने होइन, देखिन्छन बेला बेलामा । आखिर आजको जमानामा संसार कत्तिको ठुलो छ र?

यहाँ वेलायतमा राष्ट्रिय समिति गठन गर्ने बेलामा मैले सबैभन्दा पहिला ………लाई प्रस्ताब राखें जो यही ग्रुपमा हुनुहुन्छ र मैलेभन्दा पहिला आफ्नो बिचार ब्यक्त गरिसक्नु भएको छ । बेल्जियमको राष्ट्रिय समितिको लागि ………लाई राख्नको लागि ………लाई नै उहाँसंग कुरा गर्न भनें । म के कुरामा बिस्वास गर्दिन्न भने यो अभियानको वेलायतको राष्ट्रिय समितिको राष्ट्रिय संयोजकमा ……..बस्दा यो कांग्रेसको हुने, ……. बस्दा एमालेको हुने र ……. बस्दा माओबादीको हुने अथवा अरु कसैलाई राख्दा दरबारिया हुने । त्यो हामीमा भर पर्छ – हामी कसरी सोच्छौं, हामी कसरी अगाडि बढन खोज्छौं ?

२) देशको बिद्यमान अवस्था: देश कता गैरहेछ, किन यस्तो भैरहेछ? हामी नेताहरु र पार्टीहरुलाई दोष दिन्छौं । सबै पार्टी र नेताहरुको बारेमा सबैलाई थाहा छ । के म यो ग्रुपबाट धेरै होइन ३ जना नेताको नाम पाउन सक्छु जस्लाई आदर साथ नमस्कार गर्न सकियोस र जस्लाई छात्ती फुलाएर आदर गर्न सकियोस । अनि एमाले भएर कांग्रेस र माओबादीलाई अथवा कांग्रेस भएर एमाले र माओबादीलाई अथवा माओबादी भएर एमाले र कांग्रेसलाई गाली गरेर पानीमाथिको ओभानो बन्नुको के अर्थ त? सुट र टाइ लगाएर संधै जन्त जाँदै तिनै नेताहरुलाई बेहुला बेहुली बनाएपछी उनीहरु कहिल्यै ठेगानमा आउँछन? यसैले देशको यो हबिगत हुनुमा सुट टाइ लगाएर संधै जन्त जानमा रमाउने हामी पनि त्यत्तिकै भागीदार छौं ।

३) बुद्धिजीबि र उस्को भूमिका: एउटा भनाइ छ “कस्ले के/कसरी खान्छ, के/कसरी बोल्छ, शब्द चयन कस्तो र कसरी गर्छ त्यसबाट सम्बन्धित ब्यक्तिको बारेमा धेरै कुरा थाहा हुन्छ।” धेरै बोलेर, धेरै लेखेर मात्रै पनि प्रसिद्ध होइने होइन रहेछ । युधिर थापाले १ दर्जनभन्दा बढी पुस्तकहरु लेखे होलान, तर उस्लाई कस्ले चिन्ने? गोपाल प्रशाद रिमालले आमाको सपना, यो प्रेम र मसान जम्मा तीन पुस्तक लेखे र तिनैवट पुस्तक एक से एक छन र पनि सानो “आमाको सपना” उन्लाई नेपाली साहित्याकाशमा अमर बनाउन काफी छ । भूपी शेरचनको “घुम्ने मेचमाथि अन्धो मान्छे” र देवकोटाको “मुना मदन” नै उनीहरुलाई अमर बनाउन काफी छन ।

बुद्धिजीबिको सम्बन्ध गुणात्मक पक्षसंग छ । बुद्धिजिबिले समस्या सिर्जना गर्ने होइन समस्या सिर्जना हुन नदिने अथवा सिर्जित समस्या समाधान गर्न भूमिका निर्बाह गर्नु पर्छ । कसैलाई गाली गरेर कसैको पक्ष लिने अतिबादी बुद्धिजीबि नभएर कार्यकर्ता हुन्छ । कार्यकर्ता संकुचित सोंचका कारण समस्याको कारक तत्व हुन सक्छन समाधानको होइन । जहाँ समस्या हुन्छ त्यहाँ समाधान पनि हुने भएकोले सिर्जित समस्या समाधानको लागि फराकिलो सोंचको आधारमा समन्वयनकारी भूमिका निर्बाह गर्नु बुद्धिजीबिको काम हो ।

घोंडा चढ्ने लडछ । जस्ले काम गर्छ, उस्ले गल्ती पनि गर्छ । कामै नगरी अरुले गरेको काममा गल्ती मात्रै खोज्दै हिंडनु कुनै महान काम हुन सक्तैन, त्यो जस्ले पनि गर्न सक्छ । त्यही डरलाग्दो रोगले ग्रसित छ देश आज । योजना छैन, सोंच छैन सबैमा आफू पनि केही गर्न नसक्ने र अरुको खुट्टै मात्रै तान्ने भ्यागुते प्रब्रितिले प्रब्रित्तहरुबाट के आश गर्ने ? तर पनि घोँडा पनि नचढ्ने तर संधै जानाजान लडेको लड्यै हुनेहरुलाई स्वीकार्नु पर्ने वाध्यता भएकोले लडन त लड तर घोंडा चढेर मात्रै लढ भन्ने बातावरण सिर्जना गर्ने काम हाम्रो हो । यो अत्यन्तै जटील काम भएकोले फराकिलो सोंच बिना यो संभब छैन ।

अब लागौं नेवारी भेलातिर । यस्लाई पनि बुँदागत रुपमा नै जाने अनुमति चाहन्छु ।

१) आफ्नै पीडा: भेलाको बेलामा मैले भोगेको पीडा शुरुमा नै ब्यक्त गरिसकें । नेवारी भाषा नजान्नुको मेरो भित्री पीडा र आत्माग्लानी म आँफैलाई थाहा छ, तर यो अवस्थामा म जस्ता हजारौं नेवारहरु छन । हामी सबै धनी नेवारी कला र संस्कृतिमा गर्वान्वित छौं र यस्को संरक्षण र सम्बर्धनको लागि पनि एउटा साझा मन्चको आवश्यकता छ र पनि यसरी नै पूर्ण रुपमा नेवारी भाषामा नै कार्यक्रमा गरिंदा ती हजारौं नेवारी बोल्न नजान्ने नेवारहरु कसरी समेटिएलान र म आँफै अर्को पटक कसरी जाउँला ? उनीहरु पनि दोषी त होइनन । यो समस्या पनि समाधान नै हुन नसक्ने समस्या भने होइन ।

२) कार्यक्रमको कमी कमजोरी: नेवारी भेलामा कमी कमजोरी प्रसस्त थिए, तर म कमी कमजोरी खोजी खोजी औंला ठड्याउने पक्षमा म छैन । मैले सानैदेखि के बुझेको छु भने घोंडा चढने लडछ र गल्ती त्यस्ले गर्छ जस्ले काम गर्छ । कामै नगर्नेले गल्ती गर्ने भन्ने प्रश्नै उठदैन । जब केही गर्न खोज्दा खोज्दै गल्ती गर्नेहरुलाई गाली गर्ने कुरा सोच्छु कतै कुनै दिन आफ्नै जन्मदाताहरुलाई पनि गाली त गर्दिन्न भन्ने त्रासले त्रसित हुन्छु म । किनकि लागेको बानी कहाँ कसरी खुस्किन्छ भन्ने कुराको के भर ? कामै नगर्ने अनि ठुलो ठुलो स्वर गर्नेहरुलाई अबसर दिंदाको परिणाम हामी सबैको सामू हाम्रै देश छैन र? यसबारे धेरै बोल्नु नपर्ला । एकार्कामा रचनात्मक सोंचका साथ छलफलको माध्यमबाट कमी कमजोरी हटाउन सकिन्छ, तर त्यस्को लागि छात्ती भने ठुलो हुनै पर्छ ।

३) माओबादी प्रश्न: भेलामा प्रमुख अतिथि अत्यन्तै सम्मानित ब्यक्ति सत्य मोहन जोशी हुनुहुन्थ्यो । अन्य प्रमुख अतिथिहरुमा पढ्मरत्न तुलाधर र प्रो माणिक लाल श्रेष्ठ हुनुहुन्थ्यो । जहाँसम्म लाग्छ उहाँहरु कोही पनि माओबादी हुनुहुन्न – मलाई यकीन छैन यसबारे । त्यहाँ मैले माओबादी भाषण पनि सुनिन, माओबादी गीत पनि सुनिन र माओबादी झन्डा पनि देखिन – मलाई जहाँसम्म लाग्छ म अर्ध निन्द्रामा छुइन । सबै संस्कृतिमा अत्यन्तै धनी नेवारी संपदाको संरक्षण र सम्बर्धनकै बिषयमा आ-आफ्नो क्षमतानुसार कार्यतत्परता दर्शाउन लागेको महसूस हुन्थ्यो भलै भाषागत समस्याका कारण शत प्रतिशत बुझ्ने भन्ने संभब भएन । त त्यो भेला माओबादी कसरी भयो ? ती सबै अतिथिहरुलाई माओबादी बिल्ला भिराइदिने बलजफती? होला कोही प्रचन्डको पुच्छर, कोही बाबुरामको पुच्छर, कोही सुशिल कोइरालाको पुच्छर, कोही देउवाको पुच्छर, कोही झलनाथको पुच्छर, कोही नेपाल र कोही वलीको अनि कोही ज्ञानेन्द्रको पुच्छर । के ती सबै पुच्छर बाहिरै छाडेर नेवारको पुच्छर झुण्ड्याएर एकै ठाउँमा बसेर काम गर्न संभब छैन ? किन त्यसो गर्नमा केले बाधा पुर्याउँछ? के उही गाइजात्रे नेताहरुको जस्तो मानसिकताले देश बिकासको संभाबना होला र? म त केही पनि बिग्रिएको देख्दिन्न । कुनै पनि नयाँ काम शुरु गर्न गार्हो हुन्छ, जे जस्तो रुपमा भए पनि जे जती गल्ती भए पनि काम शुरु भयो । अब भएका गल्तीहरुलाई सुधार्दै सबै पुच्छर बाहिरै छाडेर नेवारको पुच्छर झुण्ड्याएर एकजुट भएर काम गरौं – यो कुनै असंभब कुरो होइन । आफ्नो छात्तिलाई कत्रो बनाउने भन्ने कुरा तपाईं हामी आँफैमा भर पर्छ । कृष्ण चंखु भर्खर नयाँ जागीरको सिलसिलामा रसिया जानु भएकोले तत्कालको लागि आफ्नै व्याबहारिक समस्यामा नै हुनु होला । यहाँ खासै त्यस्तो तिक्तता केही देखेको छैन । तीतो औषधी नै हुन्छ जसरी चिराइतो र घ्युकुमारी । यी छलफलले नेवारको पुच्छर झुण्ड्याएर सबै नेवार एक्कै ठाउँमा ठुलो छात्ती लिएर काम गर्ने सकारात्मक बातावरण सिर्जना गर्ने कामका सहयोगी हुने कुरामा आशाबादी छु म ।

रामकुमार श्रेष्ठ

3 Responses to “Second WNO Convention – USA 2016”

  1. Govinda said

    Even though you are a newar but you were not able to speak in Nepal Bhasa it was not crime at all, but enjoying to say” I don’t speak in Nepal Bhasa” for long time like at least 5 years ( First convention in London, now 2nd convention in USA, in 2016) is very strange to us. It is the clear to us how non Nepal Bhasa speaking so called Newahs or Newars are reluctant to learn their own mother language but enjoy or unashamed to say” I don’t know Nepal Bhasa or your way of nicknaming Newari Bhasa”, (aafno Bhasa sikna sinko pani na bhanchne tara Newari Bhasa jandaina bhandi hindne, kasto achamma ? This is the way we Newahs are loosing our language then later on our rich culture. In this way in future we newahs will be end up with few temples only nothing else. this the true sign of fall of Newah culture and rich civilization.. Subhaye!

  2. Govinda said

    Ram Kumar Ju, you found enough time to do lots of things but you have no time to learn your own Nepal bhasa within these 5 years ( First convention in 2011, now 2nd convention in 2016), I simply could n’t understand. Subhaye (thank you).Is it the reluctancy towards own mother language?

  3. DIPANKAR MITRA said

    WANTED NEPALI BEAUTICIANS AT BARA NAGAR, KOLKATA (INDIA)
    LOOKING URGENTLY NEPALISE BEAUTICIANS AT BARANAGAR, NORTH KOLKATA (INDIA) FOR LADIES BEAUTY PARLOUR.
    Beauticians will be provided high salary, free suitable accomodation & food facility nearby. Please contact at 9830919048 and send your bio-data to E-mail: dipmi123@yahoo.co.in
    -Dipankar Mitra
    ++91-9830919048

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: