Nepal – the country of the Buddha and the Mt. Everest

Peace comes from within. Do not seek it without – Buddha

अभियानको प्रतिबेदनको आधारमा नेपाल सरकार मन्त्रिपरिषद्को महत्वपूर्ण निर्णय

Posted by Ram Kumar Shrestha on August 9, 2016


7 countriesगत डिसेम्बर ३० मा नेपालमा सातौं लुम्बिनी-कपिलवस्तु दिवस मनाउने क्रममा बुद्ध जन्मस्थलबारे संयुक्त राज्य अमेरिका, चीन, जापान, श्रीलङ्का, थाइल्यान्ड, भारत र नेदरल्यान्डका पाठ्य पुस्तकमा भएका गलत जानकारी सच्याउन अभियानका तर्फबाट मैले अमेरिकी रास्ट्रपति बाराक ओबामा, चिनिया रास्ट्रपति सी जिनपिङ, भारती प्रधानमन्त्री नरेन्द्र मोदी, जापानी प्रधानमन्त्री शिन्जो अबे, श्री लंकाका रास्ट्रपति मैथ्रिपाला सिरिसेना, थाइ प्रधानमन्त्री प्रायुत चान–ओ–चा र नेदरल्याण्डका प्रधानमन्त्री मार्क रुटलाई सम्बोधन गरी केही प्राबिधिक कारणले गर्दा ती देशका पाठ्य पुस्तकमा बुद्धको जन्मस्थल बिषयमा भएको गलत जानकारी ती देशको प्रजातन्त्रको सबलिकरणका खातिर सच्याइनु पर्ने आग्रह गरी छुट्टाछुट्टै तयार पारेको छ: पेज लामो अनुसन्धनात्मक प्रतिबेदन अभियानका तर्फबाट विस्व संयोजकको हैसियतमा मैले कार्यक्रमका प्रमुख अतिथि पूर्व प्रधानमन्त्री एबं बृहत्तर लुम्बिनी क्षेत्र विकास निर्देशक समितिका अध्यक्ष पुष्पकमल दाहाल प्रचन्डलाई हस्तान्तरण गरेपस्चात प्रमुख अतिथिले नेपाल सरकारका प्रतिनिधिका पररास्ट्र मन्त्रालयका सह-सचिब डा दुर्गा बहादुर सुबेदीलाई आबस्यक कार्यार्थ हस्तान्तरण गर्नु भएको थियो । अभियानको प्रतिबेदनलाई आधार मानेर नेपाल सरकार मन्त्रिपरिषद्को हालैको बैठकले सम्बन्धित देशलाइ पत्राचार गर्न गरेको निर्णयलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत ती सात देशमा पत्राचार गरेको छ । यस्को लागि अभियान नेपाल सरकारप्रति आभार प्रकट गर्दछ ।

यस अघि अभियानका तर्फबाट मैले अमेरिकी रास्ट्रपति बाराक ओबामालाई सोही प्रतिबेदन पठाइसकेको भए तापनि सरकार मार्फत जाँदा छिटो र प्रभाबकारी हुने हुँदा गत ३० डिसेम्बरमा नेपालमा आयोजना गरिने कार्यक्रम मार्फत अमेरिका लगायत सात देशको पाठ्य पुस्तकमा भएको वुद्ध जन्मस्थल बिषयमा भएको गलत जानकारी सच्याउन अभियानको सरकार मार्फत जाने कुराको जानकारी अभियानको तर्फबाट उपरास्ट्रपति नन्दकिशोर पुन ‘पासांग’, पूर्व प्रधानमन्त्रीद्धय पुष्पकमल दाहाल प्रचन्ड र माधव कुमार नेपाल, पूर्व उपप्रधानमन्त्रीद्धय प्रकाशमान सिंह र नारायणकाजी श्रेष्ठ र माओबादी नेता मोहन बैध्य (किरण) संग छूट्टाछुट्टै भेटघाटको क्रममा सबैलाई जानकारी दिइएको थियो ।

तात्कालिन प्रधानमन्त्री माधव कुमार नेपाललाई अभियानक तर्फबाट तयार गरिएको ज्ञापनपत्र पूर्व मन्त्रीद्धय दीपकुमार उपाध्याय र राजेन्द्र श्रेष्ठ, डा आरजु देउवा राणा, डा कबिताराम श्रेष्ठ समेत सहभागी भएको टिमले अगस्ट २०१० मा बुझाएपछि अभियानले आधिकारिक रुपमा वुद्ध जन्मस्थल बिषयमा भएको बिस्वब्यापी दिग्भ्रमको जरोको रुपमा बिभिन्न देशको पाठ्य पुस्तकमा भएको गलत जानकारीलाई लिएको छ र यो समस्या निस्तेज पार्न मूल रुपमा नेपाल सरकारलाई आफ्ना कुटनीतिक नियोगहरुलाई यस उद्धेस्य प्राप्ती कार्यमा परिचालन गर्न सुझाब दिएको थियो । अभियानको सुझाब कार्यान्वयन नहुँदै कोरियाको पाठ्य पुस्तकमा वुद्ध जन्मस्थल बिषयमा भएको गलत जानकारी सच्याउने काम कोरियाका लागि नेपालका तात्कालिन राजदूत कमल प्रशाद कोइरालाले त्यहाँको राष्ट्रपतिलाई अनुरोध गर्नु भएपछी सच्याउने काम भएकोले अभियानले उहाँलाई सम्मान गरिसकेको छ । स्वीडेनमा भएको यस्तै समस्या समाधानको लागि अभियानले बेल्जियमस्थित नेपाली दूताबास मार्फत प्रकृया अगाडि बढाएपछी त्यहाँ पनि समस्या समाधान भएको छ ।

उपर्युक्त सात देशको पाठ्य पुस्तकमा भएका गल्ती सच्याउन अभियानले बेल्जियममा आयोजना गरेको अन्तराष्ट्रिय कन्फेरेन्समा सम्बन्धित देशका राजदूत मार्फत ती देशका रास्ट्रपति एबं प्रधानमत्रीलाई पठाउने योजना रहे तापनि उक्त कन्फेरेन्स पहिलो पटक नेपालमा गएको बिनाशकारी भूकम्प र दोश्रो पटक पेरिस आक्रमणका कारण रद्ध गर्नु परेकोले यो काम नेपालमा आयोजना गरिएको कार्यक्रममा नेपाल सरकार मार्फत गर्ने गरी गरिएको हो । यो बिषय कार्यान्वयन गर्ने कार्यमा ढिलासुस्ती नहोस भन्नाका खातिर उपप्रधान एबं पररास्ट्र मन्त्री कमल थापा, पूर्व प्रधानमन्त्री एबं बृहत्तर लुम्बिनी क्षेत्र विकास निर्देशक समितिका अध्यक्ष पुष्पकमल दाहाल प्रचन्ड, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्दप्रसाद पोखरेल, पररास्ट्र सचिब शंकर बैराज्ञी, पररास्ट्रका सह-सचिब डा दुर्गा बहादुर सुबेदीलाई समेत जानकारी गराँदै २४ जनवरीमा सम्माननीय प्रधानमन्त्री के पी ओलीलाई अभियानका तर्फबाट लेखिएको पत्रमा यो बिषय समेत प्राथमिकताका साथ उठान गरिएको थियो ।

नेपाल ३ हप्ता रहँदा जति ब्यस्त भएँ, त्यस्तै ब्यस्त अस्ट्रेलिया आएपछि हुन पुगें र यो बीचमा देशको लागि महत्वपूर्ण हुन सक्ने अर्को महत्वपूर्ण काम अगाडि बढाइएको छ जस्लाई एउटा निस्चित अवस्थामा नपुगुन्जेल गोप्य राखिनेछ । आफू पनि केही नगर्ने र अरुले गर्न खोजेको काम पनि बिभिन्न तवरबाट बिगार्न र बिगार्न लगाउनमा आनन्द मान्ने र गर्वानुभूति गर्ने बिभिन्न स्तरका नेपाली भेटिन्छन् यत्रतत्र । केही बर्ष अघि नेपालको लागि महत्वपूर्ण हुन सक्ने काम नेपालीद्धारा नै बिगारिएको नजिर हामीसंग छ जस्को बिरोधमा सामाजिक सन्जाल तातिएको थियो । केही प्राबिधिक समस्या समाधान गर्न सकिएको खण्डमा मन्त्रीपरिषदबाट निर्णय गराइने अर्को महत्वपूर्ण कामको लागि आबस्यक प्रतिबेदन तयार गर्नु पर्नेछ ।

पुनस्च: मैले तयार गरेको प्रतिबेदनका आधारमा नेपाल सरकार मन्त्रिपरिषद्ले निर्णय गरेको यो दोश्रो महत्वपूर्ण बिषय हो । यसपूर्ब करीब २० बर्ष अघि कीर्तिपुरको चम्पादेबीमा नेपाल राष्ट्रिय जातीय संग्रहालय स्थापनार्थ त्यसबेला भएको ६३ जनजातीका लागि मैले तयार गरेको प्रारंभिक गुरु योजना मुताबिक आबस्यक पर्ने २०० रोपनी जग्गा सरकारसंग माग गर्ने क्रममा तात्कालिन सम्बन्धित मन्त्री बल बहादुर केसीले मन्त्री परिषदमा पेश गरेपछी सो परियोजनाका लागि आबस्यक जगा उपलब्ध गराउने निर्णय भएको थियो । अहिले जनजातीको संख्या त्यो बेलाभन्दा झन्डै दोब्बर भैसकेकोले सो परियोजनाको लागि माग गरिए बमोजिम जगा उपलब्ध गराएको भए अहिलेको अवस्थामा जग्गा अपुग हुन जान्थ्यो, तर त्यो मन्त्रीपरिषदले २०० रोपनी नभएर सीमाना तोकिदिएको थियो जस्मा माग गरिएको भन्दा धेरै गुणा बढी जग्गा भएकोले सो परियोजना कार्यन्वयनको लागि समस्या हुनेछैन ।

Facebook

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: