Nepal – the country of the Buddha and the Mt. Everest

Peace comes from within. Do not seek it without – Buddha

भूकम्पबाट बाचेका दिनेश तामाङद्धारा धादिङमा ५५ घरको नमुना बस्ति

Posted by Ram Kumar Shrestha on April 21, 2017


1

महा-प्रलयकारी भूकम्प गएको झन्डै दुई बर्ष पुग्दा समेत एकातिर सहयोग गर्न चाहने दातृहरु सहयोग गर्न नपाएर फर्केको र अर्कोतिर सरकारले प्रभाबकारी ढंगबाट यथोचित राहत बितरण गर्न नसकेको भन्ने गुनासो र आरोपका बीच बाँस र जस्ताको सामान्य टहरोको मूल्य लाखौंमा देखाइएको सहयोगका बारे उठेका जन गुनासोलाई चिर्दै सुन्तली-धुर्मुसद्धारा २ बर्षमा तीन ठूला बस्ती निर्माण गरी हस्तान्तरण गरिएको जादुमय कामले वहाँवाही पाइरहेकै बेला भूकम्पबाट बाचेका दिनेश तामाङद्धारा धादिङमा सामाजिक संघसस्थासँग सहयोग जुटाएर १६ महिनामा ५५ घरको नमुना बस्ति निर्माण सम्पन्न गरी गाउँको चारैतिर पहिरोले झरेर गाउँमा बस्न नसक्ने भएपछि विस्थापित भएर त्रिपालमा बस्दै आएका भूकम्पपीडितहरुलाई हस्तान्तरण गरिएको अत्यन्तै प्रसंशनीय र उल्लेखनीय खबर आएको छ ।           

2

२०७२ वैशाख १२ को भूकम्पका बेला सिन्धुपाल्चोकको नवलपुर हेल्थपोष्टमा वैशाख १३ गतेको तालिम सञ्चालनार्थ त्यहाँ पुगेका दिनेश तामाङ सहित १९ जना एउटा होटलभित्र तालिमको सामाग्री तयार पार्दै गर्दा एकजना साथीले उनलाई बाहिर बोलाएकाले बाहिर निस्कने बित्तिकै प्रलयकारी भूकपका कारण जमीन हल्लियो र होटल गर्ल्याम गुर्लुम ढल्यो । भूकम्पका कारण होटलमा रहेका २ जनाको मृत्‍यु भयो भने बाँकी सबै गम्भीर घाइते भए । संयोगले सकुशल रहेका दिनेशले घाइते साथी बटुलेर अस्पताल पुर्याउन सफल भए ।

3

साथीहरुको उपचारमा खटिरहेका दिनेशले भूकम्पले आफ्नै जन्म गाउँ सखाप बनेको खबर पाएपछि तत्काल गाउँ पुगे । विभिन्न निकायको सहयोगमा हेलिकप्टरसहित उद्धार टोली लिएर गाउँ पुगेका उनले सिकिस्त घाइतेहरुलाई अस्पतालहरुमा पुर्याए । बाँचेका र सामान्य घाइतेहरुलाई केही समय पहिरो नगएको समथल स्थान खोज्दै गाउँमै राखे, तर दुर्गम गाउँमा न घाइतेले उपचार पाए, न सकुशल हुनेले खान पाए। खुला आकाशमुनि बालबच्चा र वृद्धवद्धाको बिचल्ली हेर्न नसकेपछि विभिन्न निकाय गुहारेर लापाको कपुरगाउँ र नेवेरका भूकम्प पीडितलाई ल्याएर ढोलामा शिविर बनाएर राखेका थिए। अहिले सोही स्थानमा तिनै पीडितका लागि एकीकृत बस्ती निर्माण गरिएको हो ।

हारगुहारकै क्रममा दिनेशले ९६ वर्षीया क्यानडियन नागरिक बोनी क्याप्सिनो भेटे। उनलाई दिनशले गाउँको दर्दनाक अवस्था बताएपस्चात उन्ले  आफ्नो देशमा रकम संकलन अभियान चलाएर २९ लाख रुपैयाँ दिनेशलाई उपलब्ध गराइदिइन् । त्यही रकमले लापाका भूकम्प पीडित बस्दै आएका साविकको ढोला गाविस वडा नं. ७ को भुवालेपानी र आलेगाउँमा ३८ रोपनी जग्गा किनेर ५५ घरको सुन्दर नमुना वस्ती बनाउने काम संपन्न गरे ।

यो बस्ती बनाउन सेतो गुम्बाअन्तर्गतको ‘राङज्युङ् येशे सेनफेन’स्पेनको माउन्टेनियर्स फर हिमालयज् फाउण्डेशन, द स्याल्वेशन आर्मी, चाइल्ड हेवेन इन्टरनेशनल, क्यानडा नेपाललगायतका संस्थाहरुले आर्थिक सहयोग गरेका छन् ।

बस्ती निर्माणमा शिविरमा बस्ने भूकम्प पीडितको पनि योगदान छ । करिब ७ करोड बराबरको श्रमदान नै उनीहरु आफैले गरेका छन्। दिनेश भन्छन्, ‘बुढापाकाहरु शिविरमा बालबच्चा हेर्दै खाना पकाउने, बलिया महिला पुरुषहरु काम गर्ने गरेर ५५ घर नै तयार भयो ।’

अलिअलि सिप भएकाहरुलाई सुरुमा तालिमको व्यवस्था गरिएको थिायो। पुरुषहरुले ढलान र गारोको काम गरे। महिलाहरु इट्टा, बालुवा, सिमेन्टलगायत निर्माण सामाग्री बोक्न खटिए। एकीकृत बस्ती निर्माणले त्यहाँका महिला पुरुषलाई अनुभवी सिकर्मी डकर्मी नै बनाएको छ। उनीहरु भन्छन् ‘हामीले हाम्रो घर निर्माणको काममा पैसा तिर्नु परेन, आफैले गर्यौं ।”

प्रत्येक विस्थापितले घर बनाउन झन्डै ४ लाख रुपैयाँ बराबरको श्रमदान सहित प्रतिघर निमार्णका लागि करिब १४ लाख खर्च भएको छ । ४ आना ३ पैसा जमीनमा ८ कोठाको दुईतले घर बनेको छ। एकापट्टिको चार कोठा एक परिवारलाई र अर्कापट्टिको चार कोठा अर्को परिवारलाई हुने गरी घर जिम्मा लगाइएको छ। घरको मुल ढोकामा आ–आफ्नो घरमुलीको नाम लेखिएका छन्। घरको लालपुर्जा बनाइदिएको भए पनि ती घर बेच्न पाउने छैनन्।

बस्तीमा अधिकांश बौद्ध धर्मावलम्बी भएकाले वस्ती प्रवेश गेटमै एउटा गुम्बा पनि निर्माण गरिएको छ । सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन गरिएको छ भने बालबालिकाको लागि सामुदायिक अध्ययन केन्द्र स्थापना गरिएको छ । बस्ती नजिक पानी नभएकोले वर्षातमा आकाशे पानी संकलन गर्न सकिने व्यवस्था पनि मिलाइएको छ ।

भावी योजना के त?

नमुना बस्तीको घर पाउने अधिकांश न्यून आय भएकाहरु छन् । भूकम्पमा परी श्रीमान गुमाएका महिला केटाकेटीहरु धेरै छन् । एकल महिलाको संख्या पनि यथेस्ट छन् । घर त पाए, तर जिविकोपार्जनको श्रोतको अभाबमा अब कसरी दैनिकी चलाउने भन्ने चिन्ता चुनौति बनेको छ ।

घर पाएकाहरुको दीगो जीवनयापनका लागि बस्तीमा होमस्टे संचालन गरी पर्यटकीय क्षेत्रको विकास गरी घरायसी आय बढाउने योजना बनाइएको छ। बेमौसमी तरकारी खेतीलगयात कार्यक्रम सञ्चालन गर्ने योजना छ। हस्तकला उद्योग, कुखुरा तथा पशुपालन व्यवसाय जस्ता साना उद्योगहरु सञ्चालन गर्ने भावी योजना दिनेश तामाङको छ।

बस्ती आसपासमै रोजगारी सिर्जना गराएर दैनिकी सहज बनाउन सक्नु अबको चुनौती बनेको छ। दिनेश भन्छन्, ‘यो काममा सहयोग गर्न चाहने सस्था संस्था, सरकारी निकाय वा कुनै व्यक्तिलाई स्वागत गर्न चाहन्छौं । सहयोगी हातहरुको साथ पाए पहिरोको जोखिममा रहेका लापा, सेर्तुङ, तिप्लिङ र रि गाविसको एक सय परिवारलाई पुनर्वास गराउने अबको योजना छ ।”

को हुन् दिनेश तामाङ ?

दिनेश तामाङ एक गरिब र विपन्न परिवारका बाबु कर्णबहादुर र आमा सिरिमायाँको हाल ३६ बर्षका जेठो छोरा हुन् । उनको घर उत्तरी धादिङको दुर्गम गाउँ लापाको नेवेर हो । गाउँकै स्कुलबाट ०५४ सालमा बल्लतल्ल एसएलसी पास गरे । गरिबीका कारण तत्काल उच्च मावि पढ्न सकेनन् । १६ वर्षमा एसएलसी पास गरेर उनले ५ वर्षपछि २१ वर्षमा दाताको सहयोगमा हेल्थ असिस्टेनमा भर्ना भए । उनको श्रीमति, एक छोरा र एक छोरी छन् ।

गाउँमा न रोजगारी थियो न अन्य काम । गरिबी, अशिक्षा र बेरोजगारीले उनको मन नराम्ररी कुँडिन्थ्यो । त्यतिकैमा गाउँमा नमस्ते यूवा क्लव गठन गरी शुरु गरे सामाजिक काम । केही वर्षमा नमस्ते यूवा क्लवलाई नमस्ते ग्रामीण विकास समाजको नाममा परिमार्जन गराए र विभिन्न दाता खोजेर स्वाथ्य शिविर चलाए । दिनेशको पहलमा गाउँमा एउटा हेल्थपोष्ट सञ्चालन भयो भने २ वटा स्कुलको भवन निर्माण गरिए । विगत १५ वर्षदेखि दिनेश मानवीय सेवामा छन् । अहिले उनले ‘लापा स्वास्थ्य सेवा बिन्दु’ नामको स्वास्थ्य संस्था सञ्चालन गरिरहेका छन् ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: