Nepal – the country of the Buddha and the Mt. Everest

Peace comes from within. Do not seek it without – Buddha

श्रीकृष्णकै जन्म जिल्लामा माझी समुदायका लागि नमुना बस्ति बनाउदै स्वेता खडका

Posted by Ram Kumar Shrestha on April 27, 2017


पहिला आफ्नै जीवनमा आएको प्रलयकारी भूकम्प र त्यसपछि देशमा आएको महाप्रलयकारी भूकम्प ब्यबस्थापन कार्यमा लागेकी नायिका स्वेता श्रीकृष्ण श्रेष्ठको जन्म जिल्लाको एउटा सीमांकृत जाती माझी समुदाय भूकम्पपस्चात अझै पनि त्रिपालमा नै बस्न वाध्य भएकाले सो समुदायका ६२ परिवारका ३७५ जनाको लागि एकीकृत बस्ती बनाउने कार्यमा जुटेकी छिन् सो समुदायकी एउटी बुहारीको रुपमा ।

1

भूकम्प गएको २१ महिनापछि पनि टहरामा कष्टमय जीवन यापन गर्न वाध्य दिबंगत नायक श्रीकृष्णकै जन्म जिल्लाको इन्द्राबती नदी किनारमा अबस्थित ठूलो सिरुबारीको माझी गाउँमा ६२ माझी परिवारको लागि “स्वेता-श्री फाउण्डेशन” मार्फत अभिनेत्री स्वेता खड्का एकीकृत बस्ती बसाउने अभियानमा लागि परेकी छिन् । यो त्यही नदी हो जस्को नामबाट नै चर्चित फिल्म “अबिरल बग्दछ ईन्द्रबती” निर्माण भएको थियो । यो परियोजनाका लागि आबस्यक पर्ने करीब १७ रोपनी जग्गा प्राप्ती, डिजाइन, कानूनी प्रकृया जस्ता कार्यहरु पुरा भैसकेका छन । यो परियोजनाको शिलान्यास कार्य आगामी बैशाख २२ गते गरिनेछ । अभिनेत्री स्वेता गाउँमै आएर सामूहिक आवास बनाइदिने प्रतिबद्धता जनाएपछि माझी गाउँमा खुशी छाएको छ ।

3

स्वेता खडका र श्रीकृष्ण श्रेष्ठको नाममा खोलिएको र अभिनेत्री स्वेता खड्काको अध्यक्षतामा सञ्चालन भएको “स्वेता-श्री फाउण्डेशन” लाई सो अभियानको उद्धेस्य प्राप्तीका खातिर सहयोग प्राप्त हुन थालेको छ । स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठको गृहजिल्ला सिन्धुपाल्चोकको “एकीकृत माझी बस्ती” निर्माणको लागि विभिन्न व्यक्तिहरुबाट फाउण्डेशनलाई सहयोग प्राप्त हुन थालेको छ । भूकम्पले भत्काएको ‘माझी बस्ती’ निर्माण गर्नु यस फाउण्डेशनको पहिलो उदेश्य हो ।

2

स्वेता खडकाको नाम लिने बित्तिक्कै धेरै नेपालीको मन भारी भएर आउँछ । चर्चित नायक श्रीकृष्ण श्रेष्ठको ४७ वर्षको उमेरमा भएको असामयिक् निधनका कारण लामो समय स्वेताको जीवन असामान्य बन्न पुग्यो र त्यस्लाई सामान्य अवस्थामा फर्काउन उन्का परिवारका सदस्यहरुले निकै प्रयास गर्नु पर्‍यो । आफ्नै जीवनमा आएको कहालीलाग्दो महाप्रलयकारी भूकम्पपस्चात सामान्य जीवनमा फर्कंदा नफर्कंदै देशै हल्लाउने बिनासकारी अत्यन्तै कहालीलाग्दो महाप्रलयकारी भूकम्प गयो । देशमा आएको महाप्रलयकारी भूकम्प करीब दुई बर्ष ब्यतित हुँदासम्म पनि आ-आफ्नै स्वार्थको राजनीतिको क्यालकुलेटर थिचेरै नथाक्ने राजनीतिज्ञहरुका कारण राहत बितरण कार्य ब्यबस्थित हुन नसक्नाले भूकम्प पीडितहरु त्रिपालमा नै बस्न वाध्य भएका कारण पहिला आफ्नै जीवनमा आएको प्रलयकारी भूकम्प र त्यसपछि देशमा आएको महाप्रलयकारी भूकम्प ब्यबस्थापन कार्यमा लागेकी नायिका स्वेता श्रीकृष्ण श्रेष्ठको जन्म जिल्लाको एउटा सीमांकृत जाती माझी समुदाय भूकम्पपस्चात अझै पनि त्रिपालमा नै बस्न वाध्य भएकाले सो समुदायका ६२ परिवारका ३७५ जनाको लागि एकीकृत बस्ती बनाउने कार्यमा जुटेकी छिन् सो समुदायकी एउटी बुहारीको रुपमा । सो समुदायमा १८४ महिला छन भने सो समुदायका १५% मात्रै साक्षर छन । स्वेताको यो अभियानको सफलताको लागि हार्दिक शुभ-कामना!!!

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: