Nepal – the country of the Buddha and the Mt. Everest

Peace comes from within. Do not seek it without – Buddha

सामाजिक कार्यमा अग्रसर स्वेताद्धारा क्यान्सर पिडित युवतीलाई सहयोग

Posted by Ram Kumar Shrestha on May 9, 2017


भक्तपुरमा मजदूरी गरेर जिबिकोपार्जन गर्ने मीना बलकी १९ बर्षीया छोरी सृजना बलको पेटको आन्द्राको क्यान्सर भएकोले चर्चित नायिका मात्रै नभएर बिभिन्न ब्यवसायमा लागेर पनि “स्वेता-श्री फाउण्डेशन” मार्फत स्वेता खड्का दिबंगत नायक श्रीकृष्ण श्रेष्ठको जन्म जिल्लाको माझी समुदाय भूकम्पपस्चात अझै पनि त्रिपालमा नै बस्न वाध्य भएकाले सो समुदायका ६२ परिवारका ३७५ जनाको लागि एकीकृत बस्ती बनाउने कार्यमा जुटेको थाहा पाएर स्वेतालाई भेटन दरबार मार्गस्थित उन्को हिमालयन जाभा कफी सपमा आइन । एक घण्टा आफ्नो पीडा पोख्दै उनी स्वेताको सामू रोइन । उन्को पीडादायक रोदनले कोमल मनकी स्वेताको मन भित्रभित्रै धेरै रोयो । स्वेताले आँफैलाई सम्झिन किनकि मीनाको पीडासंग स्वेताको पीडाको भावनात्मक सम्बन्ध थियो । त्यसैले उन्ले “स्वेता-श्री फाउण्डेशन” को तर्फबाट सक्दो सहयोग गर्ने बचन दिंदै आइतबार सृजनाकी आमा मीनालाई सृजनाको उपचारार्थ पचास हजार रुपैयाँ हस्तान्तरण गरिन् ।

a

भक्तपुर अस्पतालमा ठुलो आन्द्रामा भएको क्यान्सर उपचार गराइरहेकी सृजनाको सहयोग गर्न स्वेताले सबैलाई अपिल समेत गरिन् । हाल उन्को किमो चलिरहेको छ ।

2

“यस्तो बेलामा पैसाभन्दा साथको जरुरत पर्दछ । मेरो त सानो सहयोग मात्रै हो, सहयोगको लागि म आफ्नो कमाइबाट केही कटाउँछु । सबैले गर्यो भने असंभब केही छैन । मात्र मन चाहिन्छ ।” – स्वेता बताउँछिन । उनी थप्छिन, “कलाकार भए सबैले सहयोग गर्छ, तर बिचरी मजदूरी गर्ने उन्लाई सहयोग कस्ले गर्ने? सहयोग सबैलाई गर्नु पर्दैन, तर सही ठाउँमा गर्दा सहयोग खेर जाँदैन ।”

1

स्व. श्रीकृष्ण श्रेष्ठको जन्मदिनको दिन नायिका स्वेताले चण्डोलस्थित ‘घर-आँगन नेपाल’ आश्रमका अनाथ बालबालिकाहरुलाई आवश्यक जाडोका लुगा, ब्ल्याङ्केट, बेड कभर एवम् अन्य आवश्यक सामग्रीहरु प्रदान गर्दै दिन उनीहरुका साथमा बिताइन् । भूकम्पमा आमाबाबु गुमाएका बालबालिकालाई सहयोग गर्ने उद्धेस्यका साथ उनले ‘कोहिनूर’को च्यारिटी शो पनि गरिन । यसरी नायिका स्वेता खड्का चलचित्र र आफ्ना बिभिन्न ब्यबस्याका कारण व्यस्त जीवनलाई “स्वेता-श्री फाउण्डेशन” मार्फत बिभिन्न सामाजिक कार्यमा लगाएर अरु ब्यस्त बनाउँदैछिन जुन उन्को बर्तमान जीवनको उद्धेस्य हो र यस्मा उनी खुशी छिन् । उनी सुखी रहुन – हाम्रो शुभेच्छा!!!

3

4

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: