Nepal – the country of the Buddha and the Mt. Everest

Peace comes from within. Do not seek it without – Buddha

आशातित चुनाव परिणाम्, प्रचन्ड सफल नेता

Posted by Ram Kumar Shrestha on May 16, 2017


रामकुमार श्रेष्ठ

गोरखा स्थित सहिद लखन गाउंपालिकाको एक मतदान केन्द्रमा आफ्नो मताधिकार प्रयोग गर्दै १०४ वर्षिया

२०१३ को जुन १९ तारिख नेपाली समुदायको तर्फबाट अस्ट्रेलियाकी प्रधानमन्त्री जुलिया गिलार्डलाई उन्कै कार्यकक्षमा भेटेर बाहिर निस्कदा उन्कै मन्त्रीमण्डलका प्रभाबशाली मन्त्री क्रिस बावन भने जुलिया गिलार्डकै कार्यकक्ष बाहिर नेपाली समुदायलाई पर्खेर बसिरहेका थिए । गिलार्डको लागि सरकार प्रमुखबाट बाहिर्याउने खेल उन्कै लेबर पार्टीभित्रै चलिरहेको थियो र अब उन्को कार्यकाललाई करीब एक हप्तामा अन्त्य गराउने खेल चलिरहेको थियो । गिलार्डको कार्यकक्षमा मन्त्री डेभिड ब्राडबरी र सांसद मिशेल रोल्यान्ड साथैमा थिए, तर प्रभाबशाली मन्त्री बावन भने बाहिर बसिराख्नुको कारण थियो उनी गिलार्डलाई हटाएर केभिन रुडलाई ल्याउने खेमामा थिए । लेबरका सकृय कार्यकर्ताले एक हप्तापछी गिलार्डको ठाउँ केभिनले लिने र यस्ले सेप्टेम्बरमा हुने संसदीय चुनावमा लेबर पार्टीलाई स्पस्ट बहुमत दिलाउने जिकिर गरेपछि मैले तीन पटक दोहोर्याएर सोधें कि उनी साँच्चै नै त्यो सरकारले लेबरलाई स्पस्ट बहुमत दिलाउने कुरामा निस्चिन्त छन? उन्को लगातार सकारात्मक जबाफपछि उन्को राजनीतिक दरिद्रताप्रति मनमनै मुस्कुराएँ । मुखैमा आइसकेको चुनावको बेला पार्टीभित्र हुने त्यत्ति ठुलो बिग्रहले पार्टीलाई बलियो बनाउने सोंचले मूर्त रुप लिन सकेन र २७ जुनमा प्रधानमन्त्री भएका केभिन तीन महिना पनि नपुग्दै १८ सेप्टेम्बरमा आँशु खसाल्दै प्रधानमन्त्रीबाट पनि हटे र राजनीतिबाट पनि सन्यास लिए ।

अनेकन अन्यौलता, जटिलता र ब्यबधानका बाबजुद बर्तमान सरकारले छिटफुट घटना बाहेक ७३ प्रतिशत मत खस्ने गरी स्थानीय निकायको पहिलो चरणको चुनाव सम्पन्न गराएको छ नेपाली जनतालाई २० बर्षपछि स्थानीय तहको निर्वाचनको लागि मताधिकार प्रयोग गर्ने अबसर दिलाएर । दुई दशकपछि स्थानीय तहको वैशाख ३१ आइतवार भएको निर्वाचनमा थला परेका विरामीदेखि क्रियापुत्रीसम्मले मतदान गरेका छन । नुवाकोटमा एक सय १५ वर्षीया र गोरखा स्थित सहिद लखन गाउंपालिकामा १०४ वर्षिया वृद्धाले समेत आफ्नो मताधिकार प्रयोग गरे । यस्ले नेपालको इतिहासमा ठुलो महत्व राख्दछ र पहिलो चोटि नेपालको संविधानले नेपालको सार्वभौम अधिकार नेपाली जनतामा निहीत गरेको यो दिन एउटा ऐतिहासिक दिनको रुपमा स्थापित हुनेछ । बर्तमान सरकारले चुनाव नगराउने खेल खेलिरहेको आरोप लागेको बेला यो देशमा चुनाव जसरी पनि गराउनु पर्छ भन्ने कुरामा सबैभन्दा बढी चिन्ता बर्तमान प्रधानमन्त्री पुष्षकमल दाहाल ‘प्रचन्ड’ लाई थियो र उन्का लागि आफ्नो पार्टी कुन स्थानमा आउँछ भन्ने कुरा गौढ र चुनाव कसरी संपन्न गर्ने भन्ने कुरा प्रधान थियो । किनकि संघियता, गणतन्त्र, धर्मनिरपेक्षता, समाबेशिता र समानुपातिकता उन्को पार्टीको मुद्धा हो र त्यो मुद्धा चुनाव नभैकन संस्थागत नहुने भएकोले चुनाव परिणामले उन्को पार्टीलाई दिने साइजभन्दा चुनाव कसरी संपन्न गर्ने भन्ने प्रश्न उन्को लागि प्रधान कुरा हो । संपन्न चुनावले नेपालको प्रगतिको  रथको पाँग्रा केहि अघि बढेको पनि संकेत गर्छ ।

पहिलो चरणको स्थानीय निर्वाचन परिणाम कस्तो आउने भन्ने आधार एक किसिमले तयार भैसकेको थियो । एमालेभित्र पूर्व प्रधानमन्त्रीद्धय माधव कुमार नेपाल र झलनाथ खनाल एक किसिमले निरिह जस्तै देखिए पार्टीभित्र – चुनाब परिणाम पार्टीको पक्षमा पार्नका लागि एक किसिमले यो आबस्यक थियो र भयो पनि । नेपाली कांग्रेसभित्र पहिलो त गिरिजा प्रशाद कोइरालाको राजनीतिक् उचाइसंग तुलना गर्न नमिल्ने उचाइ भएका शेरबहादुर देउवा पार्टी अध्यक्ष हुनु, दोश्रो प्रहरी महानिरिक्षक र महाअभियोग प्रकारणपस्चात नेपाली कांग्रेसभित्र भने आसन्न चुनावलाई बिर्सेंर महाअधिबेशन नै आए जस्तो नेता र कार्यकर्ताले हरकत देखाउनु आसन्न चुनाव परिणामलाई प्रभाब पार्ने प्रमुख कारणका रुपमा देखिए । शिक्षित कार्यकर्ताहरुले समेत अशिक्षितहरुले समेत मण्टो बटारेर फिस्स हास्ने किसिमका समझदारीपूर्ण नभएर चर्का चर्का कुरा गरेर बेमौसमको बाजा बजाउँदै ब्यक्तिगत प्रजातान्त्रिक अधिकारको उपभोग त गरे, तर समग्र पार्टीको लागि भने फायदा पुर्याए वा घाटा भन्ने कुराको लेखाजोखा गर्न सकेनन । यता अनेकन जटिलता र ब्यबधानका बाबजुद चुनाव जसरी पनि गराउनै पर्ने बाध्यताका साथ चुनावमा जानु पर्ने बिबसताका शिकार माओबादी केन्द्र थियो पार्टीका हस्तीद्धय मोहन वैद्य र डा बाबुराम भट्टराई बिना । यसै बीच देखा परेको महाअभियोग प्रकारणको फायदा एक ढिक्काको रुपमा देखिएको एमालेले बढी लियो । यी कारणहरुले गर्दा नेपाली कांग्रेसको चुनाव परिणाम खस्कने, एमालेको मजबूत हुने बातावरण तयार हुन गयो भने माओबादीले यथास्थानमा रहन सक्ने संभाबना प्रबल देखियो ।

बर्तमान सरकारका उल्लेख्य उपलब्धीका रुपमा  बन्द उद्योग खुल्न थाल्नु, लोडशेडिंग लगभग हट्दै जानु, बीसौं वर्षदेखि हुन नसकेको चुनाब हुनु, फास्ट ट्ऱ्याक आफ्नै देशको सेनाले बनाउनु, देशको आर्थिक वृद्धि दर उकालो लाग्नु, कैयौं कठीन रोगको उपचार नि:शुल्क गरिने निर्णय हुनु, नागरिकको स्वास्थ्य वीमाजस्तो महत्त्वपूर्ण योजनाले आकार पाउनु, र चाइनाको ‘वान बेल्ट वान रोड’मा नेपाल सहभागी हुनुलाई मानिन्छ ।

जे होस, छिटफुट घटनाहरुलाई अतिरन्जित नगराइने हो भने निर्वाचन शान्तिपूर्ण सम्पन्न भयो । सुशिल कोइरालाको कार्यकालमा तात्कालिन रास्ट्रपति रामबरण यादबले संबिधान जारी गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले हात मिलाउँदै दुई जनालाई मात्रै बधाई दिए संसद भवनमा । ती थिए पुष्पकमल दाहाल ‘प्रचन्ड’ र डा बाबुराम भट्टराई । उठान गरिएका राष्ट्रिय मुद्धाहरुलाई संस्थागत गर्ने जिम्मेवारी सार्थक बनाइएको यस क्षणमा बधाई पाउने स्थानमा अब बाकी छन केबल ‘प्रचन्ड’ । उन्ले चिची पनि पापा पनि भन्नतिर लागेनन र त्यता लागेका भए यो संभब पनि थिएन । राष्ट्रिय मुद्धाहरु जस्तो बिषयलाई पनि केटाकेटीहरुले गुच्चा खेले जस्तो गरी खेल्न सक्ने खतरानाक पेशेवार खेलाडीहरुबाट जोगिंदै देशलाई यहाँसम्म ल्याउन सफलता प्राप्त गरेकोमा उन्मा अन्तरनिहित बिभिन्न मानबीय कम्जोरीका बाबजूद उन्लाई ‘सफल नेता’ भन्नु अतिशयोक्ति नहोला कि त ?

Published links:

Lokaantar
Youtube
Nepalpana

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: