Nepal – the country of the Buddha and the Mt. Everest

Peace comes from within. Do not seek it without – Buddha

माझी बस्तीको रुपरेखा

Posted by Ram Kumar Shrestha on June 6, 2017


1

प्रलयकारी भूकम्प गएको दुई बर्ष ब्यतित हुँदासम्म पनि यथोचित राहतको अभाबमा आहत भैरहेका भूकम्प पीडितहरुको लागि बनाइएका बाँस र जस्ताका आबस्यकताको तुलनामा नगन्य कटेराहरुको मूल्य लाखौंंमा देखाइएको कारण आलोचित भए तापनि त्यस्ता कटेरोहरु पाउने पनि भाग्यमानीमा गनिन्थे । त्यत्तिको भाग्यमानीमा नपर्नेको संख्या झन बढी भएको बेला धुर्मुस-सुन्तली र दिनेश तामाङले बहुसंख्यक नेपालीको सरदर हैसियतकोभन्दा सुबिधायुक्त ब्यबस्थित एकीकृत बस्ती बनाएर हस्तान्तरण गरे । यही बीच पहिला आफ्नै जीवनमा आएको प्रलयकारी भूकम्प संभाल्दा संभाल्दै देशमा आएको महाप्रलयकारी भूकम्प ब्यबस्थापन कार्यमा लाग्ने प्रण नायिका स्वेता खड्काले गरिन श्रीकृष्ण श्रेष्ठको जन्म जिल्लाको एउटा सीमांकृत जाती माझी समुदायकी एउटी बुहारीको रुपमा सो समुदायको ५६ परिवारका ३७५ जनाको लागि एकीकृत बस्ती बनाउने कार्यमा जुटेर ।

2

स्वेता खडका र श्रीकृष्ण श्रेष्ठको नाममा खोलिएको र अभिनेत्री स्वेता खड्काको अध्यक्षतामा सञ्चालन भएको “स्वेता-श्री फाउण्डेशन” को पहिलो उदेश्य हो भूकम्पले भत्काएको ‘माझी बस्ती’ निर्माण गर्नु ।

3

माझी समुदायमा एकिकृत नमुना बस्ती निर्माणको शिलन्यास गर्दै स्वेताले स्थानियबासीहरुसँग बस्ती निर्माण गरेर दशै अगाडि हस्तान्तरण गर्ने प्रतिवद्धता व्यक्त गरिन् । स्वर्गिय पति श्रीकृष्णको चाहना समाजसेवा रहेकाले उनको सपना पुरा गर्न आफू यो कार्यमा होमिएको स्वेताले बारम्बार बताउँदै आएकी छिन् । परियोजना शिलान्यासको क्रममा सिन्धुपाल्चोकको विकट गाउँ माझी बस्तीमा पुगेकी स्वेताले श्रीकृष्णको तस्बिर छुदै भनिन्-‘म उहाँको तस्बिर छुदै भन्छु कि, यो काम सम्पन्न गरेपछि मात्र मेरो अनुहारमा खुशी मिल्नेछ ।’

4

यो परियोजनाका लागि आबस्यक पर्ने करीब १७ रोपनी जग्गा प्राप्ती, डिजाइन, कानूनी प्रकृया जस्ता कार्यहरु पुरा भैसकेका छन ।

5

“स्वेता-श्री फाउण्डेशन” द्धारा निर्माण गरिने एकीकृत नमूना बस्ती पनि बहुसंख्यक नेपालीको सरदर हैसियतभन्दा सुबिधायुक्त ब्यबस्थित बस्ती हुनेछ ।

6

परियोजनाको दिगोपना:
जुन स्तरको नमूना बस्ती बनाएर माझी समुदायलाई हस्तान्तरण गरिनेछ, त्यस्को दिगोपनाको लागि बस्ती निर्माणका बेलादेखि नै जन चेतनामूलक कार्यक्रमलाई समानान्तर रुपमा लैजानु पर्ने हुन्छ । आफूले प्राप्त गरेको घर मात्रै नभएर पुरै समुदायको सरसफाइलाई कायम राख्ने साझा सामुदायिक जिम्मेवारीपूर्ण भावनाको पनि बिकास गरिनु पर्ने हुन्छ । यस्को लागि जनस्तरबाट भैरहेका यस्ता महत्वपूर्ण प्रसंशनीय कार्यको दिगोपनाको लागि टिभी, रेडियो, पत्रपत्रिकाहरुले समेत भूमिका निर्बाह गर्नुलाई स्वत: स्फूर्त रुपमा दायित्वबोध गर्नु पर्ने हुन्छ । यस किसिमका सीमांकृत जातीमा यस किसिमका परियोजनाका कारण पर्ने प्रभाब अध्ययनलाई नेपालस्थित कालेज एबं विस्वबिद्यालयका समाजशास्त्र/मानबशास्त्र संकायले अबसरको रुपमा लिएर अध्ययन गर्ने मौका चुकाउनु हुन्न । भैरहेका यस किसिमका सुकार्यहरु नि:स्वार्थी भावनाले ओतप्रोत भएकाले आ-आफ्नो जिम्मेवारी निर्बाह गर्न कसैको मुख ताकिराख्नुभन्दा त्यस्का लागि आँफैले पहल गर्नु बुद्धिमानी ठहर्छ जुन संस्कार हाम्रो समाजमा खटकिने गर्छ । साथै यस किसिमका बस्तीहरुमा पर्यटनका संभावनालाई बढावा दिन सके यस्ले बस्तीको दिगो विकासमा टेवा पुर्याउन योगदान दिन सक्छ ।

9

10

13

19

For Shweta-Shree Foundation activities please click here

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: