Nepal – the country of the Buddha and the Mt. Everest

Peace comes from within. Do not seek it without – Buddha

एनआरएनए अस्ट्रेलिया चुनाव २०१७ पर्यबेक्षण प्रतिबेदन

Posted by Ram Kumar Shrestha on July 22, 2017


NRN[एनआरएनए अस्ट्रेलिया चुनाव २०१७ पछि चुनाबी चहलपहल हालमा अमेरिकातिर सरेका छ भने बिस्तारै अन्य देशतिर सर्दै जानेछ र अस्ट्रेलियामा चुनावका क्रममा देखिएका केही कम्जोरी अमेरिका र अन्य देशमा नदेखियुन नदोहोरियुन भन्नाका खातिर सबैको जानकारीका लागि पर्यबेक्षकका हैसियतमा लेखिएको यो प्रतिबेदन जानकारीको लागि प्रकाशित गरिएको]

एनआरएनए अस्ट्रेलिया चुनाव २०१७ को पर्यबेक्षकको हैसियतमा निर्वाचनस्थल भिक्टोरियाको साइप्रस कम्युनिटी हल ४९५ लाइगन स्ट्रिट ब्रन्सविक इस्टमा बिहान ८:०० बजेदेखि बेलुकी ५:०० बजेसम्म भएको निर्वाचनमा म करीब ११:०० देखि १६:०० सम्म रहँदाको समयाबधिमा आफूले देखेका, महसूस गरेका र अन्यबाट प्राप्त सुझाबहरुलाई बुँदागत रुपमा पेश गर्न चाहन्छु । यहाँ प्रस्तुत बुँदाहरु एनआरएनको चुनाबमा मात्रै केन्द्रित नभएर योसंग अन्तर्सम्बन्धित कुराहरुसंग पनि सम्बन्धित हुनेछ एनआरएनएको छबी अझै राम्रो बनाउने अभिप्रायले ।

१. घरबाटै भोट् गर्ने ब्यबस्था: प्रत्येकको लागि एउटा User name र Password हुने भएको र त्यसबाट एकपटक मात्रै भोटिङ गर्न पाइने भएकोले ईमेलबाट User Name र Password दिएर घरबाटै पनि भोटिङ गर्न मिल्ने ब्यबस्था गरिएको खण्डमा ब्यबस्थापन सहज हुने र खर्चमा ठुलो मितब्ययिता हुने मात्रै नभएर अधिकाधिक भोट खस्ने संभाबना पनि हुने भएकोले यसतर्फ संबेदनशील हुनु उपयुक्त देखिन्छ जस्ले बिदेशको ब्यस्त जीवनका बाबजुद भोटिङको लागि समय ब्यबस्थापन सहज् बनाउन सक्छ । अन्यथा अर्को शहरदेखि आउन पर्नेका लागि पुरै दिन यस्कै लागि छुट्याउनु पर्ने हुन्छ ।

२. समयमा नै स्वत: स्फूर्त रुपमा सदस्य बन्ने संस्कारको बिकास: बिदेशमा बस्ने नेपालीहरुको संख्याको तुलनामा सदस्य संख्या अत्यन्तै न्यून भएको र त्यो संख्या पनि चुनावको समय नजिकिंदै गर्दा ह्वात्तै बढ्ने संस्कारलाई स्वत: स्फूर्त रुपमा सदस्य बन्ने वातावरण सिर्जना गरी बिदेशमा बस्नेहरुको अधिकाधिकलाई समेट्ने रणनीति अख्तियारी गरिनु पर्ने धेरैको आवाजलाई सुझाबको रुपमा समाबेश गरिनु उपयुक्त देखिन्छ आगामी दिनका निर्वाचनमा अधिकाधिकको सहभागिता जुटाउन । अन्तिम समयमा सदस्य संख्या ह्वात्तै बढ्नु आलोचनाको बिषय मात्रै हुने नभएर बिबादको बिषय पनि हुने भएकोले यस्तो नहुने ब्यबस्था ब्यबस्थापन उच्च प्राथमिकतामा पारिनु पर्ने देखिन्छ ।

३. मताधिकार प्रयोग गर्नबाट बन्चित हुन नदिने: भोट हाल्न जाने कतिपयको नाम भोटर लिस्टमा छुटेको पाइएकोले आगामी दिनहरुमा चुनावको दिन अस्ट्रेलियाभरीमा एकजना प्राबिधिक चुनावको दिनभरी राखी नाम छुट भएकाहरुको User name र Password यथाशक्य छिटो तयार पारी उपलब्ध गराएर मताधिकार प्रयोग गर्नबाट बन्चित हुन नदिने ब्यबस्था मिलाइनु पर्छ ।

४. भोट हाल्ने प्रतिशत: यो बर्ष भिक्टोरियामा १२२७ सदस्य भएकोमा ७९३ ले मात्रै भोट हाले जुन ६४.६३% हुन आउँछ । र यो अस्ट्रेलियाभरीको प्रतिशतभन्दा कम छ । अन्तिम समयमा सदस्य बन्ने संख्या ह्वात्तै बढ्नु र यसरी भोट हाल्नेको संख्या थोरै हुनुलाई अन्तरसम्बन्धित बनाएर नकारात्मक धारणा बन्न नदिन भोट हाल्नेको संख्या बढाउने नीति अख्तियारी गरिनु अति आबस्यक छ ।

अन्तमा, अस्ट्रेलियाको यो बर्षको निर्वाचनमा बिजयी संपूर्ण बिजेताहरुलाई हार्दिक बधाई ज्ञापन गर्दै कार्यकाल उल्लेख्य उपलब्धिका साथ सम्पन्न होस भन्ने शुभ-कामना ब्यक्त गर्न चाहन्छु । आगामी निर्वाचन अझ सौहार्धपूर्ण बनाउन सबैलाई समेटेर मैत्रीपूर्ण बातावरण सिर्जना गर्दै अगाडि बढ्ने पहललाई सफलिभूत बनाउन कार्यतत्परता दर्शाउन सुझाब दिन चाहन्छु ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: