Nepal – the country of the Buddha and the Mt. Everest

Peace comes from within. Do not seek it without – Buddha

चर्चित नायिका स्वेता खड्काले माघ २६ मा बच्चा जन्माउने

Posted by Ram Kumar Shrestha on November 4, 2017


eअत्यन्तै दु:खद घटनाका कारण फिल्म “कोहिनूर” पछि लामो समय फिल्मी दुनियाँबाट हराएकी चर्चित नायिका स्वेता खड्काले करिव ३३ बर्ष अगाडि मुख्य कलाकारका रुपमा शिव श्रेष्ठ र शर्मिला मल्लद्धारा अभिनित ‘कान्छी’ फिल्मपछि फरक परिबेशमा स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठप्रति समर्पित अर्कै “कान्छी” फिल्मलाई आगामी माघ २६ मा जन्म दिने तयारीका साथ लामो समय फिल्मी दुनियाँँमा दर्शकहरुका बीच आफ्नो रिक्ततालाई तोड्दै छिन् । यस्कै तयारीको क्रममा दयाहाङ र स्वेताको मुख्य भुमिका रहेको कान्छीमा समाबेश ‘चरी चट्ट परि’ बोलको गीतलाई बिहीवार राजधानीमा एक कार्यक्रम गरी सार्बजनिक गरिएको छ ।

गीतमा राजनराज सिवाकोटीको शब्द, संगीत तथा उनको स्वरमा अन्जु पन्तले साथ दिएकी छिन । लोकलयमा सार्बजनिक कान्छिको गीतलाई पुरुषोत्तम प्रधानले खिचेका छन भने बसन्त श्रेष्ठले कोरियोग्राफी गरेका छन । फिल्ममा दयाहाङ राई र स्वेता खड्काको अलवा अशान्त शर्मा, अनु शाह, कामेस्वर चौरासिया, प्रज्वल सुजल गिरी, बिनोद न्यौपाने लगायतका कलाकारले अभिनय गरेका छन् ।

sweta

यो गीतको मूलत: दुई बिशेषता छन: बरिष्ठ कलाकार निर शाहका अनुसार परंपरागत अभिनयलाई सफलतापूर्बक नयाँँ मोड दिने अभिनय क्षेत्रमा ५० बर्षमा एक पटक जन्मने संभावनालाई सार्थक रुप दिने अहिलेका चर्चित कलाकार दयाहाङ राईले पहिलो पटक नाचेका छन पहिलो र दोश्रो, नाचको पृस्ठभूमि प्रायश: प्राकृतिक हुने गरेकोमा छायांकन मुस्ताङमा गरिएकोले ठाउँँ अनुसार नाचको पृष्ठभूमि सांस्कृतिक बनाइएको छ र यो अबधारणा स्वेताको आफ्नै हो ।

c

श्रीकृष्णको पदचाप पछ्याउँदै र आफू भित्रका जीवित श्रीसंगको मौन संवादले जगाएको प्रेरणा बोकेर स्वेता पुन: चलचित्र क्षेत्रमा नायिका र निमात्रीका रूपमा फर्कनु नेपाली चलचित्र क्षेत्रको लागि अत्यन्तै खुशीको कुरा हो । आफ्ना बिभिन्न ब्यबसाय र श्रीकृष्ण श्रेष्ठको जन्म जिल्लाको भूकम्प पीडित एउटा सीमांकृत जाती माझी समुदायका ६२ परिवारका ३७५ जनाको लागि एकीकृत बस्ती बनाउने चुनौतिपूर्ण कार्यमा जुटेकी स्वेताले झन्डै दुई महिना फोन नै अफ गरेर फिल्म बनाउने काम संपन्न गरिन । नेपाली समाजमा ‘कान्छी’ शब्द जसरी प्यारो हुन्छ त्यसरी सबैको प्यारो होस यो फिल्म – स-प्रेम शुभाशिर्बाद एबं शुभेच्छा!!!

a

c

sweta 5

4

8 जानकारी र फोटो श्रोत: स्वेता खड्का

 

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

 
%d bloggers like this: