Nepal – the country of the Buddha and the Mt. Everest

Peace comes from within. Do not seek it without – Buddha

क्लिन काष्ठमान्डप अभियानका अभियन्ता १७ बर्षिय केपी खनाल

Posted by Ram Kumar Shrestha on January 13, 2018


काठमाण्डौं सफा राख्ने काममा सरकार दशकौंसम्म सफल हुन नसकिरहेको बेला “शुरुवात आँफैबाट गर्नुपर्छ”, “म बदलिन्छु, मेरो देश बदलिन्छ”, “मन बदलिए, सोंच बदलिए देश बदलिन्छ”, “बोलेरभन्दा गरेर देखाउने” जस्ता आधारभूत महत्वपूर्ण नाराहरुका साथ अभिभाबकहरुमाथि आश्रित हुने उमेर १७ बर्षको उमेरमा क्लीन काष्ठमान्डप नामक संस्थाका अध्यक्षका रुपमा केपी खनालले पौष २७ गते औपचारिक रुपमा अभियान शुरु गर्नु भएको छ जस्को पछाडि बुद्धिजीबी, पत्रकार, राष्ट्रिय स्तरका नेता स्वत: स्फूर्त रुपमा देखा परेका छन । यस्मा सबैको आ-आफ्नो क्षेत्रबाट सहयोग, सदभाब र ऐक्यबद्धता भएको खण्डमा यो अभियानले काठमाण्डौं र बिस्तारै नेपाल नै सफा राख्ने सपनाले साकार रुप लिनेछ । 

KP Sonika काठमाण्डौं सफा राख्ने काममा सरकार दशकौंसम्म सफल हुन नसकिरहेको बेला “शुरुवात आँफैबाट गर्नुपर्छ”, “म बदलिन्छु, मेरो देश बदलिन्छ”, “मन बदलिए, सोंच बदलिए देश बदलिन्छ”, “बोलेरभन्दा गरेर देखाउने” जस्ता आधारभूत महत्वपूर्ण नाराहरुका साथ अभिभाबकहरुमाथि आश्रित हुने उमेर १७ बर्षको उमेरमा क्लीन काष्ठमान्डप नामक संस्थाका अध्यक्षका रुपमा केपी खनालले पौष २७ गते औपचारिक रुपमा अभियान शुरु गर्नु भएको छ जस्को पछाडि बुद्धिजीबी, पत्रकार, राष्ट्रिय स्तरका नेता स्वत: स्फूर्त रुपमा देखा परेका छन । यस्मा सबैको आ-आफ्नो क्षेत्रबाट सहयोग, सदभाब र ऐक्यबद्धता भएको खण्डमा यो अभियानले काठमाण्डौं र बिस्तारै नेपाल नै सफा राख्ने सपनाले साकार रुप लिनेछ ।

Image result for केपी खनाल

को हुन केपी खनाल?

सुदुपश्चिमको अछाम जिल्लास्थित रामारोशन गाउँपालिका निवासी केपी खनालले कक्षा १२ सम्मको अध्ययन कैलालीबाटै पूरा गरेपस्चात अहिले नेपाल कमर्स क्याम्पस, बानेश्वरमा बीबीएस तहमा अध्ययरत उनी क्लीन काष्ठमान्डप नामक संस्थाका अध्यक्ष बनेका छन ।

 

यिनै खनालकै अगुवाइमा ‘म बदलिन्छु, मेरो देश बदलिन्छ’ भन्ने नाराका साथ शुरु भएको अभियान अन्तर्गत बिहीबार कोटेश्वरदेखि माइतीघर मण्डलासम्म सडक सरसफाइ गरिएको थियो जस्मा बागमती, चक्रपथ र मनहरा सरसफाई अभियानका अभियन्ताहरु समेतको सहयोग र सहभागितामा । एमाले नेता लालबाबु पण्डित, काठमाडौं महानगरकी उपमेयर हरिप्रभा खड्गीका साथै विद्यार्थी, सुरक्षाकर्मी लगायतले सहभागिता जनाए यो कार्यक्रममा ।

सदुरपश्चिमको गरिब परिवारमा हुर्किएका केपी ०६८ सालमा १२ वर्षको हुँदा ‘गरिब विद्यार्थी बाल क्लब’ मा नै आवद्ध थिए । बाल क्बलमा आवद्ध भएकै वेला कैलालीको एक स्थानीय एफएममा उन्ले बाल कार्यक्रमसमेत चलाए ।

स्कूलपछिको ३ महिने छुट्टीमा उनले केही समय भारतमा गएर श्रमसमेत गरे । पछि उनी विभिन्न सामाजिक संघसंस्था एवं एनजीओहरुमा समेत आवद्ध भए ।

यसअघि उनले नेपालगञ्जको बागेश्वरी मन्दिरमा समेत सरसफाइ कार्यक्रम गरिसकेका छन्, जहाँ उनलाई नेपालगञ्जका मेयर र उपमेयरले समेत साथ दिएका थिए । उन्ले टीकापुरको लप्कीचुवा नगरपालिका र धनगढी उपमहानगरपालिकामा समेत सरसफाई अभियान सञ्चालन गरिसकेका छन् ।

गत वर्षको दशैंमा उनले गरिब परिवारका लागि सहयोगस्वरुप सामाजिक सञ्जालबाट ‘दशा लागेकालाई यो दशैं’ शीर्षकमा अभियान चलाएर ४ दिनको अवधिमा २ लाख रुपैयाँ सङ्कलन गरी गरिब परिवारलाई खाद्यान्न तथा अन्य विभिन्न आवश्यक सामाग्री वितरण गरे ।

Image result for केपी खनाल

तिहारको समयमा ‘भोकै छ जुम्ला’ भन्ने अभियान सुरु गरेका खनालले १ लाख ५० हजार रुपैयाँ सङ्कलन गरी त्यहाँका स्थानीयलाई सहयोग गरे । विद्यालय विदा भएको मौका पारेर उनी कैलालीबाट हुम्लातर्फ हिँडे । ९ दिनको यात्रापछि हुम्लाको आदानचुली गाउँपालिकामा पुगेर उनले २५ गरिब घरपरिवारलाई राहत सामग्री वितरण गरेका थिए ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

 
%d bloggers like this: