Nepal – the country of the Buddha and the Mt. Everest

Peace comes from within. Do not seek it without – Buddha

Archive for February, 2018

सुनोद र एन्जी अभिनित गायक दीपेशको “बिर्सन सक्दिन” म्युजिक भिडिओ सार्वजनिक

Posted by Ram Kumar Shrestha on February 1, 2018

पछिल्लो समय बिदेसिएका नेपालीहरुको नयाँँ पुस्ताले नेपाली भाषालाई बेवास्ता गरेको कारण भावी पुस्तामा नेपाली भाषा लोपोन्मुख अवस्थामा जाने हो कि भनेर चिन्ता देखा पर्न थालेको छ । यही चिन्ताका बीच पछिल्लो समय नयाँँ पुस्ताद्धारा नेपाली फिल्म र म्युजिक भिडिओ बनाउने क्रम बढ्दो रुपमा देखा परेको छ मेलबर्नमा । एस इभेन्ट्सका डाइरेक्टर समेत रहेका अस्ट्रेलियाको मेलबर्न निवासी श्रेष्ठले म्युजिक भिडियो लगायत विभिन्न म्युजिकल इभेन्ट्सहरु नेपाली एक्पोहरुको साथै प्रोडक्सनका कामहरु गर्दै आउनु भएका मेलबर्नका नयाँँ पुस्ताका प्रतिनिधि सुनोद श्रेष्ठद्धारा निर्देशित “बिर्सन सक्दिन” फिल्मको “बिर्सन सक्दिन” गीतको भिडिओ सार्वजनिक भएको छ ।

Sunod

यो गीत गायक दीपेश श्रेष्ठको “जापानिज लाइफ” आल्बमबाट लिइएको हो र यस्मा सुनोद श्रेष्ठ र एन्जी मुल्मी श्रेष्ठले मुख्य भूमिका रहेको छ । मुख्यत: मेलवर्नको सुन्दर दृश्यहरु कैद गरिएको यो म्युजिक भिडिओको केही अंश जापानमा पनि सुट गरिएकोछ ।

Read the rest of this entry »

Advertisements

Posted in Article, समाचार | Leave a Comment »

 
%d bloggers like this: